भारतीय सांसदले छलफलका लागि ट्वीटरका सीइओलाई बोलायो



काठमाडौं । नेपालमा फेसबु र ट्वीरटर दर्ता गर्न आउनुपर्ने र नआए प्रतिबन्ध समेत लाग्ने आशयको कानून निर्माणको तयारीमा रहेको बेला छिमेकी भारतमा भने ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीलाई संसदीय समितिमा छलफलका लागि बोलाइएको छ ।

उनी पटक पटक विवादमा परेका प्रमुख कार्यकारी हुन् । संसारभर ट्वीरटरको सदस्यहरु थपिदै गएको र व्यापार समेत अप्रत्यासित रुपमा बढेको बेला धेरै जनसंख्या भएको मुलुक मध्ये एक भारतले ट्वीटरका प्रमुख कार्यकारीलाई सामाजिक सद्भावमा आघात पुर्याएको विषयमा छलफल गर्न संसदीय समितिमा बोलाइएको छ ।

पछिल्लोपटक भारत भ्रमणमा रहँदा गत नोभेम्बरमा ट्वीटरका ती प्रमुख कार्यकारीले सामान्य ठानेर खिचेको एउटा तस्बिरले हिन्दू राष्ट्रवादीहरूलाई भने क्रुद्ध पारिदिएको छ । उक्त तस्बिरमा देखाइएको एउटा प्लेकार्डमा उच्च जातका हिन्दूहरूबाट हुने विभेदलाई संकेत गर्दै ’टुक्रिएको ब्राह्मणवादी पितृसत्ता’ लेखिएको थियो । उनकै सामाजिक सञ्जालमा देखा परेको प्रतिक्रिया उग्र थियो ।

डोर्सीलाई तत्कालै ’घृणाका व्यापारी’ भएको आरोप लगाइयो र लगत्तै अर्को महिना यससँग कुनै सन्दर्भ नजोडिने विवादमा उनले म्यानमारलाई पर्यटकीय गन्तव्य भनेका थिए । उक्त देशमा व्यापक मानवअधिकार उल्लंघन भइरहेका आरोपमाझ उनले चरणवद्ध ट्वीट गरेको बिबिसीले जनाएको छ ।

विश्वभर १२ करोड ६० लाख दैनिक प्रयोगकर्ता रहेको बताउने ट्वीटरको लागि भारत सबैभन्दा द्रूत गतिमा बजार विस्तार भइरहेको एउटा प्रमुख देश हो । त्यहीं अहिले डोर्सीलाई भारतीय सांसदहरूले आफूहरूसामु उपस्थित हुन आदेश दिएको बिबिसीले जनाएको छ । एउटा अनुमान अनुसार ट्वीटरका छ मध्ये एक प्रयोगकर्ता भारतबाटै आउँने गरेको बिबिसीको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी उक्त सञ्जालमा धेरै पछ्याइने मध्येका एक पात्र हुन् । ३१ सदस्यीय संसदीय समितिले डोर्सीलाई २५ फेब्रअरीमा आफूसामु उपस्थित हुन भनेको छ । त्यसको कारण सामाजिक सञ्जाल र अनलाइनमा आउने समाचारमा नागरिक अधिकार सुरक्षित गर्न उनको विचार बुझ्न चाहेको बताएको छ ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सांसद अनुराग ठाकुरले उक्त समितिको नेतृत्व गरेका छन् । यो महिनाको शुरुतिर भारतमा रहेको ट्वीटरको कार्यालयमा सांसदहरूले एक पत्र पठाएसँगै यो बहस शुरु भएको थियो ।

उनीहरूले उक्त सञ्जालका प्रमुख वा कोही वरिष्ठ कार्यकारीलाई ११ फेब्रअरीमा भेट्न चाहेको बताएका थिए । ट्वीटरको स्थानीय कार्यालयले त्यति छोटो समयको जानकारीका भरमा डोर्सी उपस्थित हुन नसक्ने भन्दै त्यसको साटो भारतमै रहेका एकजना शीर्ष नीतिगत मामिलामा प्रभाव राख्ने कर्मचारी पठाउन सकिने भनेको थियो । उक्त जवाफले ठाकुरलाई निकै असन्तुष्ट पारेको थियो । जब ती कर्मचारीहरू सांसदहरूलाई भेट्न पुगे, उनीहरूले भेट्न अस्विकार गरे ।

सरकार पक्षधर टेलिभिजनहरूले जनाए अनुसार सांसदहरूले ट्वीटरका अधिकारीहरूलाई बोलाउनुको कारण निष्पक्ष नदेखिएको आरोपका कारण हो । तर सरकारले ट्वीटरलाई पठाएको पत्रमा भने कहिँकतै त्यसको उल्लेख छैन ।

धेरैलाई आकर्षित गरेको भारतको डिजिटल सहकार्य प्रधानमन्त्री मोदीको महत्वाकांक्षी डिजिटल भारत कार्यक्रमको रुपमा देखिएको थियो जुन अहिले बाँकी विश्वसँग पूरै तितो विन्दूमा पुगेको छ ।


पुष्प दुलाल