अर्थतन्त्रमा ‘क्रोनि क्यापिटल’, त्यसको असर पुँजी बजारमा: नीरव पुडाशैनीको विश्लेषण



वर्तमान आर्थिक परिघटनाहरुको आधारमा मध्यनजर गर्दा हामी वा हाम्रो अर्थ व्यवस्था क्रोनि क्यापिटलको सिकार भईरहेको त छैन भन्ने आभास हुन्छ । कर प्रशासन, पुँजी बजारका र अन्य क्षेत्रका नियामक, सार्वजनिक खरिद, स्वास्थ्य, शिक्षा, ठेक्कापट्टा आदि सबै क्षेत्रमा संशय र विवाद आएको कारण पनि यस्तो सुविधा सबैले पाएका छन् ।

सरकार तथा तिनको मुख्य जिम्मेवार निकायहरुमा रहेका कर्मचारीहरुको गतिविधि र निर्णयहरु विवादित भइरहनु पनि यसको मुख्य कारण हो । चाहे त्यो पुँजीगत लाभकरको विवाद होस् वा अन्य कर सम्बन्धित विवाद होस् । यस्ता विवादहरु सम्बन्धित निकायहरुमा कुरा नमिल्दामात्र छापाहरुको प्रत्यक्ष सहयोगमा बाहिर आउनु पनि क्रोनि क्यापिटलले सिर्जना गरेको एउटा खम्बा हो कि भन्ने भान हुन्छ ।

यस्तो अवस्थामा पुँजी निर्माण पर्याप्त रुपमा हुन नसक्नु र त्यसको पूभाव पुँजी बजारका अंकहरुमा पर्नु स्वभाविक हो ।

कतै त्यही क्रोनि क्यापिटलको हात समातेर नेपाली पुँजी बजारमा त्यस्ता पात्रहरुले खेल्ने प्रयास र गरिरहेका छैनन् । वर्तमान आर्थिक सूचकहरुको आधारमा चाहीँ यो शंकाको सुविधा प्रयोग गरिहाल्नु पर्ने भन्ने चाहीँ पक्कै लाग्दैन । किनभने हाम्रा प्रायजस्तो आर्थिक सूचकांकहरु निकै कमजोर अवस्थामा रहेको आभास केन्द्रीय बैंकले गरिसकेको छ ।

ब्रोकरमार्फत् मार्जिन लेण्डिङको व्यवस्थापन शुरु भएको छ । तरलता संकटको अन्त्यपछि यो सुविधाको फाइदा सेयर परिसूचकमा हामी देख्न सक्छौं । तर, यो सुविधा नजिककाको लागि मात्रै सीमित नहोस् । त्यस्तै, अनलाइन कारोबारको परिस्कृत रुप आएपछि पनि बजारमा धेरै सुधार हुन्छ । तरसर्थ सेयर बजारमा लगानी गर्नु हाम्रो सन्दर्भमा सुरक्षित छ ।

हाम्रो उपभोक्ता आत्मविश्वास सूचकांक निकै कमजोर अवस्थामा रहेको र प्रत्यक्ष प्रभाव सेयर बजारका अंकहरुमा परिरहेको हामी दैनिक देख्न सक्छौं । यही क्रममा बेरोजगारी दर बढ्दै जाने हो र यसलाई उच्च मुद्रास्फितिले पछ्याउँदै जाने हो भने नेपाल कुनै पनि बेला स्ट्यागफ्याक्सनको सिकार नहोला भन्न सकिन्न ।

तर यति भनिरहँदा सुधारका आधारहरु केही छैन भन्ने होइन । सरकारी विकास खर्चहरुले गति लिन सुरु गर्ने हो भने यस्तो स्थितीको चाँडै अन्त्य हुन्छ । यसको लागि क्रोनी क्यापिटलका मतियारहरुले गर्ने खेलको पहिचान गरेर त्यसलाई निरुत्साहित गर्न सरकार तयार हुनुपर्छ । ढिलै भएपनि लाभरकको विषयमा अदालतले निर्णय गरेको छ । तर त्यसको कार्यान्वयन गर्ने जिम्मा सरकारको हो । यसको अक्षरस पालना गरेर त्यसलाई दिशानिर्देश गर्न सकेमा क्रोनि क्यापिटलको संशयात्मक आंशकामा पक्का पनि कमी आउने छ । जसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्छ । फलस्वरुप पुँजी बजारका अंकहरुमा सकारात्मक सुधार हुने कुरा निश्चित छ ।

सबै लगानीकर्ताहरु आआफ्नो जोखिम बहन क्षमताको निर्धारण स्वयंले गरेर सोही अनुरुप लगानी गर्नु उक्तम हुन्छ । अन्यथा सेयर बजार त्यस्तो माछा हो, जसले साना र लाटा माछाहरुलाई खाइदिन्छ ।

बजारमा थप प्रभाव गर्न सीसीडी रेसियो खुकुलो पार्न बैकिङ क्षेत्रबाट पहल भइरहेको छ । तर, त्यो क्षणीक हुन्छ । कुनै बेला प्रत्युत्पादक पनि । ब्यापक रोजगारी सिर्जना गर्ने तथा ब्यापक पुँजी निर्माणको क्षेत्रको पहिचान गरी उक्त क्षेत्रमा मात्र लगानी गर्ने शर्त सहितमात्र सीसीडीको दायरा केही खु्कुलो पार्न सकिन्छ । तर छोटो भन्दा छोटो समयको लागि मात्र, अन्यथा यो बेलगाम हुन्छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैकिङ क्षेत्र पनि अन्य क्षेत्रहरु जस्तै बेलगाम र अनियन्त्रित हुने खतरा हिँजोआज देखिन्छ । भद्र सहमितको नाउँमा बैकिङ सेण्डीकेटको थुप्रै उदाहरणहरुको हिँजोआज बजारमा खुला रुपमा देखिन्छ ।

बजारको माग र आपुर्तिको आधारमा तोकिनु पर्ने ब्याजदर पनि त्यही भद्र सहमतिको आडमा निर्धारण हुन थालेको छ । साथै विदेशी आयोजना र लगानीको विवादले पनि नेपाली बैंकहरुलाई पिरोलिरहेको प्रष्ट देखिन्छ । नियामकले त्यसमा हस्तक्षेप गर्न नसक्नु उसको ठूलो कमजोरी हो । जसको प्रत्यक्ष अप्रत्यक्ष असर पुँजी बजारमा परिरहेको हामी प्रष्ट आंकलन गर्न सक्छौं ।

यी र यस्तै कुराहरुलाई आधार बनाएर सरोकारवालाहरुको राय लिने नामममा कतै सरकार आफै क्रोनि क्यापिटललाई मलजल र गरिराखेको छैन । अर्थतन्त्र सम्बन्धि सरकारको प्रष्ट धारणा पु्ँजी बजारले अझै बुझेको छैन । वाम फोबियाको सन्त्रास पुँजी बजारमा अझै व्याप्त छ । यसलाई हटाउने प्रयास भएको उदाहरण आजसम्म लगानीकर्ताहरुले बुझेका छैनन् ।

विगत केही महिनायता हाम्रो पुँजी बजारका दिर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन कारोबारीहरु निश्चित आम्दानीको उद्देश्यको लागि बजार प्रवेश गरिरहेको देखिन्छ । तिनीहरुले पूर्णरुपले हाबी हुनु भनेको बजार परिसूचक तिनीहरुको हातमा हुनु पनि हो । आम लगानीकर्ताहरुले यो कुराको हेक्का राख्नुपर्छ ।

सामाजिक सञ्जालका हौवाहरुमा लगानीकर्ताहरु आफैंलाई प्रताडित गरिरहेका छन् । लगानीकर्ताहरुको मनोविज्ञानमा परिवर्तन ल्याउन सरकारले भगिरथ प्रयास गरिरहनुको विकल्प छैन ।अन्यथा देशको पुँजी पलायन तीब्र रुपमा शुरु हुनसक्छ । हुन त भारतको ब्याजदर गिरावटले यसलाई साथ तत्कालको लागि नदेला ।

विगत केही महिनायता हाम्रो पुँजी बजारका दिर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन कारोबारीहरु निश्चित आम्दानीको उद्देश्यको लागि बजार प्रवेश गरिरहेको देखिन्छ । तिनीहरुले पूर्णरुपले हाबी हुनु भनेको बजार परिसूचक तिनीहरुको हातमा हुनु पनि हो । आम लगानीकर्ताहरुले यो कुराको हेक्का राख्नुपर्छ । यही कारण बजारले मार्ग प्रशस्त गर्न सकेको छैन । पुँजी बजारका अंकहरुलाई टेवा दिन दिर्घकालीन लगानीकर्ताहरुको प्रतिबद्धतामा सुधार हुनु आवश्यक छ ।

तर यस्ता लगानीकर्ताहरु हालतको स्थितिमा निकै त्रसित छन् । तसर्थ समग्र अर्थतन्त्रको सुधारको आधार वा सुधार बिना ती लगानीकर्ताहरु बजार प्रवेश गर्छन भन्ने आंकलन गर्न सकिन्छ । जसको कारण बजारमा तत्काल सुधार हुने आधार छैन । साथै ब्याजदरको वृद्धि र तरलताको संकटले पनि सेयर बजारलाई बढ्न असहयोग गरिरहेको छ ।

आक्रमकरुपमा बजारमा लगानी गर्ने समय यो होइन । तर, आफ्नो पुँजीलाई बैंकको मुद्दतिमा सुरक्षित राखेर नियामक र सरकारलाई दोष दिने होइन । लगानीकर्ता भएपछि त्यसको जोखिमको बहन पनि गर्न जान्नुपर्छ । यो समय भनेको बजार घटेर भएको नोक्सानीलाई सुरक्षित गर्ने समय हो ।

नेपालको पुँजी बजार कारोबारको एकमात्र नियामक धितोपत्र बोर्ड आफै क्रोनि क्यापीटलको संरक्षण जस्तो देखिन्छ । उसको आँखा अगाडी धेरै अवाछंनीय कामहरु गरिरहेता पनि उ मौन छ । चाहे त्यो टे«डिङ सफ्टवयेरको कुरा होस् वा प्राथमिक तथा अग्राधिकार सेयरको निष्काशनको कुरा होस् सम्बन्धितहरु नियामकलाई पेलेर वा क्रोनि क्यापिटलको भागीदार बनाएर अघि बढिरहेका छन् ।

तर, यस्ता नकरात्मक कुराहरु बीच पनि सेयर बजारका धेरै सुन्दर पक्षहरु छन् । जसमध्ये उत्तारचढाब हुनु र त्यसबाट नाफा ग्रहण गर्न सक्नु । यसको सुन्दर पक्ष हो । २०७२ को शुरुवाती महिनामा सेयर बजार करीब ७ प्रतिशतभ्दा धेरैले बढेको थियो । र, यसबीच धेरै उत्तारचढाबहरु भए । त्यस्तै, त्यही वर्षको बीचदेखि अहिलेसम्म बजार करीब ३५ देखि ४० प्रतिशतले घटेको छ । २०६८ सालतिर बजार परिसूचक करीब २९२ को न्यून बिन्दूमा पुगेको थियो । यी सबै अवस्थाहरुमा देशको अर्थतन्त्र र त्यसका सूचकहरु जति जिम्मेवार थिए ।

त्यतिनै मात्रामा लगानीकर्ताहरुको मनोविज्ञान पनि जिम्मेवार थिए र छन् । आर्थिक सूचकहरु राजनीतिक अवस्थाहरुसँगै लगानीकर्ताहरुको मनोविज्ञान पनि चल्ने गर्छ । तसर्थ, अर्थव्यवस्थामा बिराम आएको अवस्थामा लगानीकर्ताहरुको मनोविज्ञानमा सकरात्मक अपेक्षा गर्नु नै बेकार हो । जुन अहिले सरकारले गरेको देखिन्छ । तर, फेरि पनि बजारलाई सकरात्मक मनोविज्ञानले मात्र उर्जा दिन सक्छ ।

लगानीकर्ताहरुले बैंकको मुद्दतिमा दिइने ब्याजसँग सेयर बजारको लगानीको प्रतिफललाई तुलना गर्न छाड्नुपर्छ । मुद्दतिमा पाउने ब्याजमा रमाउने लगानीकर्ताहरुको हाबी अहिले बजारमा ब्याप्त छ भन्दा गलत नहोला ।

हो, आक्रमकरुपमा बजारमा लगानी गर्ने समय यो होइन । तर, आफ्नो पुँजीलाई बैंकको मुद्दतिमा सुरक्षित राखेर नियामक र सरकारलाई दोष दिने होइन । लगानीकर्ता भएपछि त्यसको जोखिमको बहन पनि गर्न जान्नुपर्छ । यो समय भनेको बजार घटेर भएको नोक्सानीलाई सुरक्षित गर्ने समय हो । तसर्थ थप लगानी गर्नु निकै उपयुक्त समय छ अहिले । तर, स्मरण रहोस् उच्च ब्याजको पैसा लगाउने बेलाचाहीँ पक्कै होइन ।

लगानीकर्ताहरुले बैंकको मुद्दतिमा दिइने ब्याजसँग सेयर बजारको लगानीको प्रतिफललाई तुलना गर्न छाड्नुपर्छ । मुद्दतिमा पाउने ब्याजमा रमाउने लगानीकर्ताहरुको हाबी अहिले बजारमा ब्याप्त छ भन्दा गलत नहोला ।

आफूसँग भएको लगानीयोग्य रकम ६ देखि १८ महिनाको समयसम्मका लागि उक्त रकमको ३५ देखि ५५ प्रतिशत लगानी गरेर बजारमा हेर्नु राम्रो देखिन्छ । विश्व अर्थतन्त्रसँग कुनै प्रत्यक्ष नाता नभएको हाम्रो अर्थतन्त्रलाई बाह्य कुराहरुले सीधा असर गर्दैनन् । त्यसको उदाहारण २००७ को सबप्राइम संकटले निम्त्याएको जोखिम नेपालमा कहीँकतै देखिएन । विश्वभर हाउजिङ बजारमा मन्दीसँगै उच्च गिरावट आयो ।

तर, नेपालमा यसको विपरित घरजग्गा तथा हाउजिङ कारोबारमा उच्च वृद्धि भयो । सायद ऐतिहासिक उच्च वृद्धि । त्यसकारण हाल विश्व अर्थतन्त्रमा देखिएको ब्यापार युद्धले निम्त्याउने आँकलन गरिएको प्रभाव नेपालमा त्यही अनुपातमा नपर्ला । तसर्थ जब पुन सरकारी खर्चहरु वृद्धि हुँदै जानेछन्, तब तरलता संकट पनि कम हुनेछ । त्यसको प्रत्यक्ष फाइदा ब्याजदर घटेर हुन्छ । यो निश्चित छ, सायद फागुनको दोस्रो हप्तासम्म यो सुधारको संकेत हामीले महशुस गर्ने छौं ।

ब्रोकरमार्फत् मार्जिन लेण्डिङको व्यवस्थापन शुरु भएको छ । तरलता संकटको अन्त्यपछि यो सुविधाको फाइदा सेयर परिसूचकमा हामी देख्न सक्छौं । तर, यो सुविधा नजिककाको लागि मात्रै सीमित नहोस् । त्यस्तै, अनलाइन कारोबारको परिस्कृत रुप आएपछि पनि बजारमा धेरै सुधार हुन्छ । तरसर्थ सेयर बजारमा लगानी गर्नु हाम्रो सन्दर्भमा सुरक्षित छ ।

तर, सबै लगानीकर्ताहरु आआफ्नो जोखिम बहन क्षमताको निर्धारण स्वयंले गरेर सोही अनुरुप लगानी गर्नु उक्तम हुन्छ । अन्यथा सेयर बजार त्यस्तो माछा हो, जसले साना र लाटा माछाहरुलाई खाइदिन्छ ।

(लेखक पुडासैनी पुँजीबजार सम्बन्धी जानकार हुन्)


पुष्प दुलाल