व्यवसायीहरु स्वार्थी भए, कम्युनिष्ट सरकारले निजी सम्पत्ति खोस्न सक्दैन: सुरज बैद्यको बिचार



नेपालमा प्रसस्तै संभावनाहरु छन् । तर, पनि हामी विकसिद देश बन्न सकेका छैनौं । वितेका १५ वर्ष हामीले गुमायौं । सरकार परिवर्तन भइरहन्थ्यो । राजनीतिक स्थायितव थिएन । कर्मचारीतन्त्र त्यस्तै अस्थिर थियो । तर, अहिले तपाईंहामी नेपाली जनताले जुन आधारले भोट हालेका छौं । यो नेपाली जनताले नेपाललाई राम्रोसँग बुझेका छन् भन्ने प्रमाण पनि हो ।

अहिलेको सरकारले दुईतिहाई बहुमत पाएको छ । तर, समानुपातितर्फ हेर्ने हो भने बाम नेकपा र कांग्रेसको मतबीच त्यति ठूलो भिन्नता छैन । यो मत जनताले बुझेर दिएको हो । दुइतिहाई बहुमत दियौं भने हामीले केही न केही पाउँछौ भन्ने आशले मत दिएका हुन् । त्यसमा म जस्तो राजनीतिमा नलागेको मान्छेले पनि कहीँ भोट त हालेको होला । कांग्रेसका साथीहरुले पनि भोट हालेका होलान् । एमालेका साथीहरुले पनि भोट हाले होलान् ।

विधानले दिएको मेरो अधिकार सरकारले खोस्न सक्दैन । मेरो नाम सुरज बैद्य हो कसैले पनि यसलाई छिन्न सक्दैन । जुन मेरो जग्गा हो त्यो सकैले पनि लान सक्दैन ।

दुईतिहाई भनेको धेरै ठूलो शक्ति हो । जनताले दिएको जुन म्यान्डेट छ, सरकारले पूरा गर्नैपर्छ । अब यो सरकार ५ वर्ष बस्छ । त्यो अवधिमा काम गर्न सकिएन भनेर यो सरकारले माफ पाउँदैन ।

यो सरकारसँग सबै क्षेत्रबाट अत्याधिक आशा छ । सबै आशा सरकारले पूरा गर्न नसक्ला । आजको भोलि नै हामी सबै धनी नहोऔंला । तर, हामी धनी बन्ने आधार त तय गर्न सक्छ नि । यो सरकारले ठूलो मौका पाएको छ ।

जो सरकार भएपनि हरेक व्यक्तिको चाहाना पूरा कसैले पनि गर्न सक्दैनन् । किनभने हरेक व्यक्तिका भिन्नाभिन्नै र महत्वकांक्षी चाहानाहरु हुन्छन् । त्यसैले यो सरकारले गर्नुपर्ने काम के हो भने राजनीतिक मुद्दामा हामीले वर्षौं वितायौं । अब आर्थिक विकास गर्नुपर्छ । त्यसकारण निजी क्षेत्रलाई साथसाथ लगेर साझेदारीमा मुलुक बनाउने हो ।

अहिले पनि हामी अन्यौलमा छौं । कानून र नीतिहरु बनिरहेका छन् । यस्तो अन्यौलतालाई तत्काल टुंग्याएर मुलुकलाई सम्मृद्धिको बाटोमा लैजानै पर्छ ।

अहिले पनि हामी कस्तो खालको निजी क्षेत्र भयौं भने मलाई कसरी छिटो फाइदा हुन्छ भनेर मात्रै कुरा गर्छौं । संस्थाले पनि राष्ट्रिय मुद्दालाई भन्दा आफ्ना व्यक्तिगत मुद्दालाई प्राथमिकतामा राख्छौं ।

अहिले नेपलमा सबैभन्दा ठूलो समस्या भनेको विश्वासको खडेरी छ । न हामीले एकअर्कालाई चिन्छौं । बुझ्छौं । नर, सम्मान गर्छौं । हामी कुरा काट्छौं । अकौले राम्रो गर्यो भनेर कहिल्यै भन्दैनौं ।

त्यसैले सबैभन्दा पहिला हामीले हाम्रो के कमजोरी छ भनेर समीक्षा गर्नुपर्ने जरुरी छ । र, हामीले मेरो जेनेरेशनले मुलुकलाई के दियो भनेर विश्लेषण गर्न जरुरी छ । अहिले हाम्रा सामू भावी सन्ततिलाई केही दिने समय पनि आएको छ ।

व्यवसायी सुरज बैद्यसँगकाे भिडियाे कुराकानी हेर्नुहाेस ।

सरकार र निजी क्षेत्रसँग मिलेर राष्ट्रिय प्राथमिकता के हो भन्ने विषयमा काम गरौं । अहिले स्थानीय जनताको अधिकारी स्थानीयस्तरमै छ । २० वर्षपछि स्थानीय जनताले आफ्नो अधिकार पाएका छन् । भोलि मुलुक हाँक्ने नेतृत्व तलबाट जन्मिँदै छन् । स्थानीय सरकार पनि आर्थिक विकासका मुद्दा लिएर अघि बढेका छन् । अब जनतालाई जवाफ दिने समय आएको छ, जनतालाई रिजल्टले मात्रै जवाफ दिन सकिन्छ ।

निजी क्षेत्रमा पनि एउटा समस्या छ । हामी एकिकृत हुन सकिरहेका छैनौं । अहिले पनि हामी कस्तो खालको निजी क्षेत्र भयौं भने मलाई कसरी छिटो फाइदा हुन्छ भनेर मात्रै कुरा गर्छौं । संस्थाले पनि राष्ट्रिय मुद्दालाई भन्दा आफ्ना व्यक्तिगत मुद्दालाई प्राथमिकतामा राख्छौं ।

हामी निजी क्षेत्र धनी बन्नलाई मात्रै जन्मिएका होइनौं, देशलाई धनी बनाउने जिम्मेवारी पनि छ ।

नेपालको निजी क्षेत्र कस्तो भयो भने एउटा सानो पाइपबाट कसरी मैले धेरै पाउने भन्ने मात्रै खोज्छन् । तर, त्यो पाइप नै कसरी ठूलो बनाउने भनेर सोच्दैनन् । मलाई मात्रै कसरी फाइदा हुन्छ भनेर सोच्नु भएन, देशलाई धनी बनाउने कुरा सोच्नुपर्यो । देश धनी भयो भने म पनि धनी हुन्छु भन्ने सोच्नुपर्छ । निजी क्षेत्रका पनि धेरै कमी कमजोरीहरु छन् । अहिलेको महासंघको नेतृत्वले राम्रो मौका पाएको छ । मैले हिँजो पाएको थिइँन । म अध्यक्ष हुँदा ३ जना प्रधानमन्त्रीसँग काम गनुपर्यो । महासंघको नेतृतवले नेपाल बुझेर नेतृत्व लिन जरुरी छ ।

सरकारले मलाई धनी बनाउने हो भने मैले कि ब्यापार गर्ने ? उद्यमी ब्यवसायी भनेको अफ्ठ्यारो ठाउँमा, अफ्ठ्यारो काम गरेर धनी बन्छ । मिहेनत र पसिनाले अघि बढ्छ । हामीले सरकारसँग गुनासो गर्नुपर्छ ।

तर, गुनासोले मात्रै देश बन्दैन । निजी क्षेत्रको अवधारण के छ भनेर हामीले सरकारलाई देखाउन सक्नुपर्छ । हामी निजी क्षेत्र धनी बन्नलाई मात्रै जन्मिएका होइनौं, देशलाई धनी बनाउने जिम्मेवारी पनि छ ।

सरकारमा बस्नेहरु नेपाल लोककल्याणकारी राज्य हो भन्छन् । म भन्छु नेपाल लोक कल्याणकारी राज्य होइन । कहाँबाट पैसा ल्याएर लोक कल्याणमा खर्च गर्ने ? कर बढाएर लोक कल्याणमा खर्च गर्ने हो भने त्यो कतिदिन टिक्न सक्छ । मेरो भनाई के हो भने पहिला देश धनी बनाऔं । अनि बाँडौं । तर, भएको पनि बाँड्न थाल्ने हो भने हामी कहीँ पनि पुग्दैनौं ।

यो सरकारका केही मन्त्रीहरुले जग्गा व्यक्तिको नभई राज्यको हुन्छ भनेको कुरा सुनेँ । कम्युनिजममा व्यक्तिको आफ्नो निजी जग्गाजमिन हुँदैन, राज्यको हुन्छ भनिन्छ । तर, त्यस्तो व्यवस्था बिस्तारै बिस्तारै हट्दै गइरहेको छ । चीनजस्तो संसारको ठूलो कम्यिुनिष्ट पार्टीले शासन गरेको देश लोकतान्त्रिक बन्दै गएको छ । र, संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश अमेरिका संरक्षणको नीति अपनाइरहेको छ । नेपालको कम्युनिष्टले देशलाई कहाँ लान खोजेको भन्नेमा प्रष्ट हुनुपर्छ । हामीले आजको चाइनाको जस्तो शासन गर्ने कि ६० वर्षअघिको चाइनाको जस्तो शासन गर्ने ?

मेरो बिचारमा जग्गाको मूल्यका करण नेपालमा बिजनेश गर्न गाह्रो छ । सडकको नक्सा आउनेवित्तिकै ५ हजारको जग्गा ५० हजार पुग्छ । खन्न सुरु भएपछि ५ लाख पुग्छ । र, पीच भएपछि १५ लाख पुग्छ । यस्तो अवस्थामा उद्योग कसरी स्थापना गर्ने ? मेरो बिचारमा मन्त्रीहरुको भनाई बिजनेश गर्ने वातावरण बनाउनका लागि औद्योगिक क्षेत्र स्थापना गर्न सरकारले सरकारी मूल्यमै निजी व्यक्तिको सम्पत्ति लिन सक्छ भन्ने उद्देश्यले भन्नुभएको हुनसक्छ ।

तर, संविधानले दिएको मेरो अधिकार सरकारले खोस्न सक्दैन । मेरो नाम सुरज बैद्य हो कसैले पनि यसलाई छिन्न सक्दैन । जुन मेरो जग्गा हो त्यो सकैले पनि लान सक्दैन । त्यो संविधानले दिएको अधिकार हो ।

म अहिलेका प्रधानमन्त्री केपी ओलीलाई सम्मान गर्छु । किनभने उहाँको दिगेसी, त्याग र पारिवारिक पृष्ठभूमि हेर्दा उहाँ साँच्चै देश बनाउन लाग्नुभएको छ भन्ने मेरो विश्वास छ ।

हामीसँग दुईतिहाइ छ । संविधान संसोधन गरेरै भएपनि व्यक्तिको सम्पत्तिमाथिको अधिकार खोस्छौं भन्ने कसैलाई लागेको भए, त्यो संभावना छैन । किनभने हरेक जनताको व्यक्तिगत सम्पत्ति छ । आफ्नो सम्पत्ति राज्यले लाने भएपछि सरकारले जनमत गुमाउँछ । जनताहरु आन्दोलनमा उत्रिन्छन् । त्यो ब्यवस्था नै ढल्छ ।

नेपालका सबै राजनीतिक दलका घोषणापत्रहरु उस्तै छन् । कांग्रेस कम्युनिष्ट दुबै समाजबादी पार्टी हुन् । त्यसैले कसलाई भोट दिने भन्नेमा तपाईहामी जनता कन्फ्युजनमा पर्छौं कहिलेकाहीँ ।

सरकारमा बस्नेहरु नेपाल लोककल्याणकारी राज्य हो भन्छन् । म भन्छु नेपाल लोक कल्याणकारी राज्य होइन । कहाँबाट पैसा ल्याएर लोक कल्याणमा खर्च गर्ने ? कर बढाएर लोक कल्याणमा खर्च गर्ने हो भने त्यो कतिदिन टिक्न सक्छ । मेरो भनाई के हो भने पहिला देश धनी बनाऔं । अनि बाँडौं । तर, भएको पनि बाँड्न थाल्ने हो भने हामी कहीँ पनि पुग्दैनौं ।

यो विषयमा मेरो बिपत्ति हुँदाहुँदै पनि म अहिलेका प्रधानमन्त्री केपी ओलीलाई सम्मान गर्छु । र, उहाँलाई विश्वास गर्छु । किनभने उहाँको दिगेसी, त्याग र पारिवारिक पृष्ठभूमि हेर्दा उहाँ साँच्चै देश बनाउन लाग्नुभएको छ भन्ने मेरो विश्वास छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी बैद्यसँग  क्लिकमाण्डूका लागि पुष्प दुलालले गरेको कुराकानीमा आधारित )


क्लिकमान्डु