विकास बैंकको ब्याजः महालक्ष्मी र सांग्रिला सस्तो, ज्योति र गण्डकी सबैभन्दा महंगो



काठमाडौं । तपाईं विकास बैंकबाट ऋण लिन खोज्दै हुनुहुन्छ ? त्यसो भए तपाईंका लागि यो समाचार निकै उपयोगी हुनसक्छ ।

ऋण लिने जो कोहीले सकेसम्म ऋणको ब्याजदर सस्तो परोस् भन्ठान्छ । र, तपाईं पनि ऋण लिँदै हुनुहुन्छ भने पक्कैपनि सस्तो ब्याज लिने बैंकको खोजिमा हुनुहुन्छ ।

आज हामी तपाईलाई विकास बैंकहरुले तपाईंलाई विकास बैंकहरुको ब्याजदरका विषयमा जानकारी दिँदैछौं ।

वाणिज्य बैंकहरुबाट ऋण लिने हो भने सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंक अनि सबैभन्दा महंगोचाहीँ कृषि विकास बैंक हुन् । यी दुबै सरकारी लगानीका बैंक हुन् ।

राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये चाहीँ कुन महंगो र कुन सस्तो होलान् ? यो समाचारमा यसै विषयमा मात्रै केन्द्रि रहेको छ ।

बैंकहरुको प्रकाशित गरेको चालू आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार ज्योति विकास बैंक र गण्डकी विकास बैंकबाट ऋण लिन तपाईंलाई सबैभन्दा महंगो पर्छ ।

तर, महालक्ष्मी विकास बैंकबाट ऋण लिन जानुभयो भने तपाईंले सस्तो ब्याजदरमै ऋण पाउनुहुनेछ ।

बैंकहरुले प्रकाशित गरेको बेस रेट अर्थात् आधार ब्याजदरले कुन बैंकको ब्याज महंगो र कुनको सस्तो भन्ने प्रष्ट पार्छ ।

असोज मसान्तको वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको बेस रेट सबैभन्दा महंगो अर्थात् १२.४६ प्रतिशत छ । त्यस्तै, गण्डकी विकास बैंकको बेस रेट सबैभन्दा १२.४० प्रतिशत छ । बैंकले प्रकाशित गरेको बेस रेटमा १/२ प्रतिशत थपेर ऋणीसँग ब्याज लिन पाउँछ । तसर्थ ज्योति र गण्डकी विकास बैंकबाट ऋण लिँदा तपाईंले १३ प्रतिशतभन्दा माथि नै पर्छ ।

ज्योति र गण्डकी पछि महंगो ब्याज लिन्छ देःव विकास बैंक । देःवको बेस रेट पनि १२.२० प्रतिशत नै छ ।

तर, महालक्ष्मी विकास बैंकबाट ऋण लिनुभयो भने तपाइँलाई १ प्रतिशत सस्तो पर्छ । महालक्ष्मीको बेस रेट ११.३२ प्रतिशत छ ।

स-सानो रकम ऋण काढ्दा एक÷डेढ प्रतिशत ब्याजदरले ठूलो असर नपारे पनि ठूलो रकम लिँदा भने ठूलै असर पार्छ । ऋणको ब्याजदरले तपाईले प्रत्येक महिना तिर्ने किस्तामा समेत असर पार्छ ।

त्यस्तै, महालक्ष्मी पछि सस्तो ब्याज भएको विकास बैंकको सांग्रिला डेभलपमेन्ट बैंक । सांग्रिलाको बेर रेट ११.५० प्रतिशत मात्रै छ । सांग्रिला बाट पनि साढे १२ प्रतिशतमै ऋण पाउन सकिन्छ ।

त्यसैगरी कैलाश विकास बैंकको ११.६५ प्रतिशत, कामना सेवा विकास बैंकको ११.८३ प्रतिशत, गरिमा र लुम्बीनी विकास बैंकको ११.८८ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ११.८९ प्रतिशत र ओम डेभलपमेन्ट बैंकको ११.९८ प्रतिशत बेस रेट छ ।


पुष्प दुलाल