एक महिनामै २ अर्बको फलफूल आयात, चाडपर्वमा आयात अझ बढी



काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा मात्र २ अर्ब २० करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

आर्थिक वर्षको पहिलो महिनासाउन महिनामा १ अर्ब ५९ करोड ३३ लाख ३८ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

दशैँ नजिकिँएसँगै फलफूल आयात बढी हुन गएको विभागका प्रवक्ता रामप्रसाद वाग्लेले जानकारी दिए ।

‘दशैँमा फलफूल बढी खपत हुने गर्दा भदौमा बढी फलफूल आयात बढेको हो,’ वाग्लेले भने ।

भदौँ महिनामा केरा २ करोड ४० लाख १७ हजार १ सय ९८ केजी आयात भएको छ । भदौ महिनामा मात्र २६ करोड ९० लाख रुपैयाँ बराबरको केरा आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

साउन महिनामा केरा १५ करोड ८६ लाख ६ हजार मूल्य बराबरको आयात भएको थियो । साउनमा १ करोड ६४ लाख ८० हजार ८ सय ३० केजी केरा आयात भएको थियो ।

भुईँकटहर २ करोड २९ लाख ५९ हजार रुपैयाँ मूल्य बराबर १२ लाख ५६ हजार ९ सय २२ केजी आयात भएको छ । एभोकाडो ३८ लाख १५ हजार रुपैयाँ बराबरको १७ हजार १ सय ३१ केजी नेपाल आयात भएको छ ।

साउनमा १ करोड ५५ लाख ९७ हजार मूल्य बराबरको भुईँकटहर आयात भएको थियो । नेपालमा ८ लाख ५८ हजार ३ सय ९७ केजी भुईँकटर आयात भएको हो ।

अम्बा तथा आँप १७ करोड ४८ लाख ७३ हजार मूल्य बराबरको आयात भएको छ । भदौ महिनामा मात्र ३९ लाख १ हजार १ सय ६० केजी आँप तथा अम्बा आयात भएको हो ।

साउनमा अम्बा तथा आँप १६ करोड ९८ लाख १८ हजार रुपैयाँ बराबरको आयात भएको थियो । सो अवधिमा ३७ लाख ९२ हजार ७ सय ९२ केजी अम्बा तथा आँप आयात भएको तथ्यांकले देखाएको छ ।

सुन्ताला ३ करोढ्ड ६ लाख ८८ हजार मूलय बराबरको आयात भएको छ । ५ लाख ८४ हजार ६ सय ५७ केजी सुन्तला आयात भएको हो ।

साउन महिनामा १ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको सुन्तला आयात भएको थियो । सो अवधिमा २ लाख ५६ हजार ७ सय ८६ केजी सुन्तला आयात भएको हो ।

अंगुर ६ करोड १ लाख ९८ हजार रुपैयाँ बराबरको १० लाख ६४ हजार ८ सय ५३ केजी आयात भएको छ । साउन महिनामा अंगुर ६ करोड ६९ हजार मूल्य बराबरको आयात भएको छ । सो अवधिमा १० लाख ६३ हजार ९३ केजी अंगुर आयात भएको तथ्यांकले देखाएको छ ।

खरबुजा ५ करोड १४ लाख ११ हजार मूल्य बराबरको आयात भएको छ । एक महिनामा झन्डै २८ लाख ६४ हजार १ सय ९६ केजी खरबुजा आयात भएको हो ।

खरबुजा साउन महिनामा ४ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आयात भएको छ । भन्सारको तथ्यांक अनुसार साउन महिनामा २२ लाख ४६ हजार ९ सय १६ केजी खरबुजा आयात भएको हो ।

मेवा २४ लाख ६३ हजार ४ सय ४५ केजी आयात भएको छ । भदौ महिनामा मात्र मेवा ६ करोड ५२ लाख ७८ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

साउनमा मेवा ५ करोड ६ लाख ७७ हजार रुपैयाँ बराबरको आयात भएको छ । सो अवधिमा १९ लाख २० हजार ६ सय ५० केजी मेवा आयात भएको हो ।

स्याउ ८६ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको आयात भएको छ । भदौ महिनामा स्याउ १ करोड २२ लाख ६७ हजार ५ सय ५४ केजी आयात भएको हो । साउनमा स्याउ ३५ करोड ३९ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा ५० लाख ५३ हजार २ सय ५८ केजी स्याउ आयात भएको हो । नास्पाती २ करोड ५९ लाख २१ हजार रुपैयाँ बराबर आयात भएको छ ।

भदौमा ४ लाख ३१ हजार १ सयको नास्पाती आयात भएको तथ्यांकले देखाएको छ । साउन महिनामा नास्पाती १ करोड ५४ लाख ३१ हजार रुपैयाँ बराबरको आयात भएको थियो । साउन महिनामा मात्र नास्पती २ लाख ५९ हजार ५ सय ८० केजी आयात भएको हो ।

चेरी ३७ लाख रुपैयाँ बराबरको भित्रिएको छ । यो भदौ महिनामा चेरी ३४ हजार ६ सय ७७ केजी आयात भएको हो ।

साउनमा चेरी ८ लाख रुपैयाँ बराबरको आयात भएको थियो । सो अवधिमा ७ हजार ३ सय ६३ केजी चेरी आयात भएको हो ।

आरु नेपालमा १ लाख ९१ हजार रुपैयाँ बराबरको ७ हजार ७ सय ५१ केजी आयात भएको छ । साउन महिनामा १ लाख ९१ हजार मूल्यमा ७ हजार ७ सय ५१ केजी आरु आयात भएको थियो ।

भदौमा स्ट्रोबेरी नेपालमा ९ हजार रुपैयाँ बराबरको २५ केजी आयात भएको छ । साउनमा स्ट्रोबेरी ९ हजार रुपैयाँमा २५ केजी आयात भएको तथ्यांकले देखाएको छ ।

किवी भदौ महिनामा १३ हजार ७ सय १५ केजी आयात भएको छ । यो एक महिनामा ४ हजार ९ सय ३० रुपैयाँ बराबरको किवी आयात भएको हो ।

किवी साउन महिनामा २९ लाख ९५ हजार रुपैयाँ बराबरको आयात भएको छ । साउनमा ८ हजार ४ सय २४ केजी किवी आयात भएको हो ।

भदौ महिनामा एभोकाडो ३८ लाख १५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भदौ महिनामा एभोकाडो १७ हजार १ सय ३१ केजी आयात भएको तथ्यांकले देखाएको छ ।

एभोकाडो साउन महिनामा २६ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएको थियो । साउन महिनमा एभोकाडो १२ हजार १ सय ३१ केजी आयात भएको थियो ।

अमिला निबुवा लगायतका फलफूलहरु भदौ महिनामा ८ करोड ९९ लाख ४९ हजार रुपैयाँ बराबरको १२ लाख ९८ हजार ८ सय ५३ केजी आयात भएको हो ।

साउन महिनामा अमिला निबुवा लगायतका फलफूलहरु ३ करोड ३२ लाख ३३ हजार रुपैयाँ बराबरको आयात भएको थियो । सो अवधिमा अमिला निबुवा प्रकारका फलफूल ५ लाख ५ हजार ५ सय ३६ केजी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु