५७ लाख मेट्रिक टन धान उत्पादन हुने, जिडिपीमा थप ४ प्रतिशतको योगदान



काठमाडौं । समयमै बर्षा भएको र मनसुनले साथ दिएका कारण यस वर्ष देशभर नै ५७ लाख मेट्रिक टन धान उत्पादन हुने भएको छ ।

यस बर्ष थप ६ लाख मेट्रिक टन धान उत्पादन हुने सरकारले दावी गरेको छ । गत आवमा ५१ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

बर्षातका कारण अघिल्ला बर्षहरुको तुलनामा थप १५ प्रतिशत क्षेत्रमा धान खेती गरिएको छ । त्यसबाट थप धान उत्पादन हुने सरकारको दाबी छ ।

नेपालको कूल ग्रार्हस्थ उत्पादनमा समेत धानको महत्व रहेका कारण पनि आर्थिक वृद्धिमा थप सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै कृषि तथा पुशपंक्षी मन्त्रालयले सुरक्षित तवरले धान काट्ने र भण्डारण गर्ने व्यवस्था गर्नका लागि जिल्लाका कृषि कार्यालयहरुलाईृ समेत निर्देशन दिएको छ ।

धान उत्पादनमा बढावा भएपछि विदेशबाट आयात हुने धान समेत रोकिने र त्यसले अर्थतन्त्रलाई बलियो बनाउने विश्लेषण गरिएको छ । सरकारले देशका विभिन्न स्थानलाई धान सुपर जोन, जोन क्षेत्र घोषणा गरेको छ ।

नेपालमा यस वर्ष २०१८ को जुन ८ मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । मनसुनका कारणपनि देशव्यापी बर्षा हुँदा त्यसले सकारात्मक प्रभाव पारेको कृषि तथा पुूपंक्षी मन्त्रालयको दावी छ ।

गएको मनसुनमा औसतमा ९५ प्रतिशत बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले विगतमा बर्षहरुमा खण्डास्थित बर्षा हुने गरेको भएपनि यस पटक देशभर नै राम्रो बर्षा भएको छ ।

धानको उत्पादन बढेपछि कूल गार्हस्थ्य उत्पादनमा हुने योगदानमा धानको योगदान ३ देखि ४ प्रतिशतले बढ्ने देखिएको छ । त्यसले चामलको आयात घटाउन समेत मद्दत गर्नेछ ।

अघिल्ला बर्षहरुमा थोरै र समयमा वर्षा नहुँदा धानखेती योग्य ७० देखी ७५ प्रतिशत जग्गामा रोपाई हुने गरेको थियो । तर, यो वर्ष झन्डै ९० प्रतिशत क्षेत्रमा धान रोपाइ भएकाले सकारात्मक लक्षण देखिएको छ ।

बाली उठाउने समयमा अनुकूल मौसम भयो भने त्यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने छ । कोदो, वर्षे तरकारी लगायतका अन्य वर्षे बालीको उत्पादन समेत यस वर्षको मनसुनका कारण वृद्धी हुने देखिएको छ ।


क्लिकमान्डु