एभरेष्ट र लक्ष्मीबीच मर्जरको कुराकानी, सेयर बजारमा एभरेष्टका गुमाउने लक्ष्मीका कमाउने



। एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको चर्चा चल्न थालेको एकवर्ष हुन लागिसकेको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुगेपनि ठूलो संस्था बनाउनको लागि एभरेष्ट र लक्ष्मी बैंकले मर्जरमा जाने निर्णय गरेका थिए ।

मर्जरको लागि एभरेष्टले विदेशी कम्पनीबाट सम्पत्ती तथा दायित्वको मूल्यांकन(डिडिए) गराउने प्रस्तावमा केन्द्रीय बैंकले स्वीकृति दियो । डिडिएको रिपोर्ट लक्ष्मीको २ कित्ता बराबर एभरेष्टको १ कित्ता हुने गरेर मर्जरमा जान मिल्ने सुझाव आयो । त्यसपछि गत आर्थिक वर्षको वित्तीय विवरणलाई आधार मानेर पनि डिडिए गर्नुपर्ने प्रस्ताव एभरेष्टबाट आएपछि सो अनुसारको काम भयो ।

मर्जर हुने नहुँने र जाने नजाने विषय सम्बन्धित बैंक हो । तर,सेयर बजारमा एभरेष्ट र लक्ष्मी बैंकको मर्जरको असर भने राम्रोसँग नै देखिएको छ ।

पछिल्लो एकवर्षमा सेयर बजारमा लक्ष्मी बैंकका लगानीकर्ताले कमाएको देखिन्छ भने एभरेष्टका लगानीकर्ताले गुमाएको देखिन्छ ।

सबैभन्दा पहिला एभरेष्ट बैंकको सेयर मूल्यलाई हेरौ । चैत १२ मा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६८५ थियो । बैशाख १० मा ८५७ सम्म एभरेष्टको सेयर मूल्य पुगेको छ । त्यसपछि एभरेष्टको सेयर मूल्य बढ्न सकेन । बुधवार सेयर बजारमा प्रतिकित्ता ६६० मा एभरेष्टको सेयर कारोबार भइरहेको छ ।

पछिल्लो सातादेखि सेयर बजार बढ्न थालेको छ । तर,यसको लाभ एभरेष्टका लगानीकर्तालाई देखिएको छैन । मर्जरपछि हुने फाइदा बेफाइदा भविष्यमा निर्भर हुने भएपनि अहिले भने मर्जरको कुराले एभरेष्टसँग सेयर भएका सेयरधनीलाई दोस्रो बजारबाट फाइदा भने छैन ।

अब लक्ष्मी बैंकको सेयर मूल्य हेरौ । चैत १२ मा लक्ष्मी बैंकको सेयर मूल्य प्रतिकित्ता २१९ थियो । बिचमा बढेर बैशाख ९मा लक्ष्मी बैंकको सेयर मूल्य २६८ पुग्यो । जेठ ८ मा लक्ष्मीको सेयर मूल्य २९१ सम्म पुग्यो । त्यसपछि यसको सेयर मूल्य घटेर भदौ १० सम्ममा प्रतिकित्ता २२६ सम्म पुगेको थियो । बुधवार यसको सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँमा कारोबार भएको छ ।

एभरेष्ट बैंकको सेयर एक हजार कित्ता सेयर चैत १२ मा किन्दा ६ लाख ५८ हजार परेको थियो । यो अवधीमा एभरेष्टको उच्च भएको मूल्यको दिन बैशाख १० बेच्दा ८ लाख ५७ हजार पर्ने थियो । अर्थात करिब २ लाख रुपैयाँ नाफा हुने थियो । तर,त्यसपछि सेयर किन्नेले भने बेच्दा एभरेष्टबाट फाइदा उठाएका छैनन् ।

लक्ष्मी बैंकको सेयर चैत १२ मा एक हजार किन्दा २ लाख १९ हजार पर्ने थियो । त्यही सेयर करिब एक महिनापछि बेच्दा २ लाख ६८ हजार पर्ने थियो । अर्थात एक महिनाको अवधीमा लक्ष्मी बैंकबाट ४९ हजार रुपैयाँ फाइदा ।

त्यसको एक महिनापछि लक्ष्मी बैंकको सेयर बेच्दा २ लाख ९१ हजार पर्ने थियो । अर्थात ७२ हजार फाइदा । चैत १२ मा सेयर किनेर जेठमा किन्नेले लक्ष्मी बैंकबाट ३२ प्रतिशत फाइदा गर्न सक्ने स्थिती थियो । जबकी एभरेष्ट बैंकमा चैतमा किनेको सेयर बैशाखमा बिक्री गर्दा २५ प्रतिशत मात्र फाइदा थियो ।

बैशाखपछि एभरेष्ट बैंकको सेयर मूल्य बियरिस ट्रेण्डमा छ । लक्ष्मी बैंकको भने बढ्ने र घट्ने ट्रेण्ड अत्याधिक छ । जसले गर्दा लक्ष्मी बैंकमा सेयर लगानी गरेका केही लगानीकर्ताले बेच्दा र खरिदकर्तापनि नाफा कमाएको प्रष्ट देखिन्छ ।


क्लिकमान्डु