विद्यार्थीको आकर्षण इन्जिनियरिङतर्फ, यस्तो छ स्कोप



काठमाडौं । इन्जिनियरिङप्रति धेरै विद्यार्थीको आकर्षण देखिएको छ । यही कारण प्ल टुको रिजल्टपछि धेरै विद्यार्थी इन्जिनियरिङतर्फ भर्ना हुन थालेका छन् ।

समाजमा डाक्टर र इन्जिनियर पेशा अहिलेपनि सवैभन्दा वढी इज्जतको पेशा बनिरहेको छ ।

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठ समाजमा प्रतिष्ठित पेशाको रुपमा मात्रै नभई राम्रो स्कोप भएको पेशा भएकाले यसप्रति विद्यार्थीको आकर्षण वढेको अनुभब सुनाउँंछन् ।

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभबमा पछिल्ला वर्षहरुमा पूर्वाधार परियोजनाको बृद्धिसँंगै इन्जिनियर क्षेत्रको राम्रो स्कोप छ ।

‘यी आयोजनामा सिभिल इन्जिनियरहरुमात्रै होइन, अरुपनि सवैथरीका इन्जिनियरको आवश्यकता उत्तिकै रहेको हुन्छ, उनले थपे, ‘यसहिसावमा सजिलै रोजगारी मात्रै होइन, आकर्षक आम्दानी पनि गर्न सकिने पेशा भएकाले यसप्रतिको आकर्षण वढेको हो ।’

प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहमा भर्ना हुने समय छ । साथसाथै इन्जिनियरिङमा भर्ना हुने समय पनि । साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ ।

इन्जिनियरिङमा कुन कुन बिधा हुन्छन् ?
स्नातक तहका इन्जिनियरिङपनि विविध विधामा छन् । स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् ।

बीई कम्प्युटरमा अध्ययनरत रञ्जना दाहाल वीई कप्युटर सकेपछि विदेश जान सजिलो हुने भएकाले आफूले यो विषय पढेको सुनाउँंछिन् । उनी भन्छिन्, ‘यसबाहेक पनि स्वदेशमै रहेर काम गर्ने हो भने पनि छिटो काम पाइने मात्रै नभई राम्रो कमाई पनि गर्न सकिने भएकाले मैले यो विषय रोजेकी हुँं ।’

सिरहाबाट काठमाडौं आएर बीई इलेक्टिकल एण्ड इलेक्टोनिक्स पढिरहेका सोनुकमार यादव यो प्रतिष्ठित पेशा भएकाले यसप्रति आफू आकर्षित रहेको सुनाउँंछन् ।

कुन विश्वविद्यालयका कति कलेजमा हुन्छ पढाई ?
नेपाल इन्जिनियरिङ काउन्सिलले राखेको तथ्याङ्क अनुसार त्रिभुबन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिङ विषयको पठनपाठन गराइरहेका छन् ।

तथ्यांक अनुसार देशभर त्रिभुवन विश्वविद्यालय अन्तरगत १४, पोखरा विश्वविद्यालय अन्तरगत १४, काठमाडौं विश्वविद्यालय अन्तरगत दुई, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिङका पढाईहरु भइरहेका छन् ।


क्लिकमान्डु