अञ्जान म्यासेजबाट यसरी हुन सक्छ साइबर क्राइम



काठमाडौं । जुन गतिमा सामाजिक सञ्जालको प्रयोग बढ्दै छ, त्यही गतिमा सामाजिक सञ्जालमा साइबर क्राइमपनि बढ्दो क्रममा रहेको छ ।

पछिल्लो समय कसैलाई ट्रेस गर्न या उसको बारेमा पत्ता लगाउनु कुनै ठूलो कुरा हैन । यस्तो अवस्थामा स्मार्टफोन या इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ ।

यदि तपाई सामाजिक सञ्जालमा कतैपनि हुनुहुन्न र केवल वाट्स्यापमा मात्र हुनुहुन्छ भने तबपनि तपाईँलाई ट्रेस गर्न सकिन्छ । वाट्स्यापमा म्यासेजको रुपमा आएको एउटा फोटोले समेत तपाईँलाई खतरामा पार्न सक्छ ।

प्रायः साइबर क्राइमको सुरुवात कुनै अन्जान नम्बरबाट वाट्स्यापमा आएको म्यासेज हुने गर्छ । म्यासेजमा एउटा छोटो लिङ्क दिएको हुन्छ । प्रायः मानिसहरु यही लिङ्कमा क्लिक गर्ने गर्छन् ।

लिङ्कमा क्लिक गरेपछि त्यहाँ केही हाँसो लाग्दा फोटो वा कुनै अरु क्लिप हुन सक्छन् । त्यसपछि त्यो म्यासेज तपाईँले डिलिट गरेपनि नगरेपनि तपार्इँको लोकेशन म्यासेज गर्नेले पाइसकेको हुन्छ ।

खास कुरा के हो भने म्यासेज पठाउने जो छ उसले मल्टिमीडिया फाइलको एउटा मास्टर लिङ्क बनाउँछ । त्यो लिङ्क एउटा आईपी क्लाइन्ट मार्फत बन्ने गर्छ ।

इन्टरनेटमा धेरै आईपी लकर वेभसाइट हुने गर्छन् । जसमा गुगल गर्न सकिन्छ । यही क्लिकले तपाईँसम्म म्यासेजको रुपमा आउँछन् । र, त्यसमा हामी जानेर होस् या नजानेर क्लिक गर्न पुग्छौँ । त्यस लिङ्मा क्लिक गर्नासाथ तपाईँको आईपी एड्रेश स्टकर यानी ह्याकर्ससम्म पुग्छ । यसपछि आईपी ट्राकरको मद्दतले तपार्इँको लोकेशनको जानकारी लिन सकिन्छ ।

यस्तो ट्राकरबाट ह्याकर्सले तपाईँको जिल्लाको नाम, गाउँको नाम र तपाईँको सबैभन्दा नजिकको मोबाइल टावरको बारेमा पनि पत्ता लगाउन सक्छन् ।

यस्तो जानकारी इन्ट्री गरेर कुनैपनि व्यक्तिले तपाईँमा हानी पुर्याउनपनि सक्छ । त्यसैले नचिनेको नम्बरबाट यस्ता लिङ्क सहित आउने म्यासेजमा क्लिक गर्नुअघि १० पटक सोच्ने गर्नुस् ।

(एजेन्सीहरुबाट)


क्लिकमान्डु