सगुनका लगानीकर्ताले बैक खाताबाट वायर ट्रान्सफर गरी अगष्ट १० सम्ममा पैसा पठाउन सक्ने




काठमाडैं । अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसन ९एसइसी० बाट सगुनले मिनी आइपीओ मार्फत स्वामित्व शेयर विक्री गर्न पाउने एक वर्षको समय यहि जुलाई २६, २०१८ मध्यराती (न्यूयोर्क समय) देखि समाप्त भएको छ । बढिमा २० मिलियन डलर बराबरको स्वामित्व शेयर एक वर्षको अवधिमा विक्री गर्न पाउने स्वीकृति प्राप्त भए अनुसार विभिन्न चरणहरु गरी सगुनले ‘मिनी आइपीओ’ खुल्ला गरेको थियो ।

तीन चरण गरि खुल्ला गरिएको मिनी आइपीओ मार्फत विश्वका विभिन्न ८० देशका ८६४६ जना लगानीकर्ताहरुबाट लगानीको प्रतिवद्धता जाहेर भएको सगुनले विज्ञप्ति जारी गर्दै जानकारी दिएके छ । तेश्रो तथा अन्तिम चरणमा विश्वभरिबाट गरि ५८ वटा देशहरुबाट सर्वसाधरणहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । निश्चित प्रकृया पूरा भइसकेपछि वास्तविक संख्या र रकमको बारेमा जानकारी गराउने सगुनके भनाइ छ ।

विशेष गरि तेश्रो चरणमा लगानी गरेका सबै लगानीकर्ताहरुलाई सगुनले आफ्नो ठेगाना खुल्ने कागजपत्र सहित आफ्नो पासपोर्ट र आफू हाल बसिरहेको देशको ठेगाना खुल्ने परिचय पत्र (ड्राइभर लाइसेन्स) वा काम गर्ने कम्पनीले उपलब्ध गराएको परिचय पत्र वा अन्य कुनै पनि कागज पत्र इमेल मार्फत उपलब्ध गराइ दिन पनि भनेके छ ।

सगुनले अाफ्नाे कागजपत्र पठाउनकाे लागि [email protected] अथवा [email protected] इमेल ठेगाना दिएकाे छ ।

यिनै काजगपत्रको आधारमा बैंकले प्रमाणिकरण गरेपछि मात्र लगानीको प्रकृया पुरा हुने कुरा पनि सगुनकाे भनाइ छ ।

त्यसै गरि अगष्ट १४, २०१८ सम्ममा बैंकले प्राप्त गरेको रकमलाई मात्र लगानी रकमको रुपमा स्वीकार गर्ने भएको र वायर ट्रान्सफर गर्न सामान्यतया दुर्इ देखि ४ दिनसम्म लाग्ने भएकोले मिनी आइपीओको तेश्रो तथा अन्तिम चरणमा लगानीको प्रतिवद्धता जनाउनुहुने सबै सर्वसाधारणहरुलाई आफूले प्रतिवद्धता जाहेर गरेको रकम अगष्ट १०, २०१८ सम्म वायर ट्रान्सफर गरी पठाइसक्न समेत सगुनले भनेको छ ।

लगानीको लागि फर्म भर्दा क्रेडिट/डेविट कार्ड मार्फत रकम पठाउने तरिका छनौट गर्नु भएका व्यक्तिहरुले रकम पठाउनका लागि सगुनको वेभसाइटमा उल्लेख इन्भेष्टमेण्ट हटलाइन फोन नम्वरमा सम्पर्क गर्न सक्ने ब्यवस्था सगुनले मिलाएके छ ।

रकम पठाउन कुनै पनि प्रकारको समस्या भएमा वा थप जानकारी लिनु परेमा सगुनको साइटमा उपलब्ध गराइएको हटलाईन टेलिफोन सेवा, लाइभ च्याट वा इमेलबाट सम्पर्क गर्न सकिने सगुनके भनाइ छ । लगानीको रकम पठाउन सहज होस् भन्नाका लागि लगानीको प्रतिवद्धता जाहेर गरेका व्यक्तिहरुलाई सगुन टिमका सदस्यहरुले पनि सम्पर्क गर्न सक्नेछन् ।

स्टार्ट अप कम्पनीमा लगानी गर्नु अन्य कम्पनीहरुमा लगानी गर्नु भन्दा फरक छ । यो फरक प्रकारको अवसर सगुनले सबै सर्वसाधारणहरुलाई उपलब्ध गराएको थियो । विशेष गरी बिदेशमा बस्ने नेपालीहरुको लागि इतिहासमा नै यो पहिलो अवसर थियो । साथै यो हाम्रो र लगानीकर्ता अनि सबै शुभचिन्तकको लागि नयाँ अनुभव पनि हो । तर पनि जब्स एक्ट २०१२, रेगुलेशन ए प्लस अर्थात मिनी आइपीओ मार्फत शेयर विक्री खुल्ला गरेका अमेरिकी कम्पनीहरु मध्ये लगानीकर्ताको संख्या धेरै हुने कम्पनीहरुको सूचिमा सगुनले पनि आफ्नो स्थान सुरक्षित गर्न सकेको छ ।

सगुनको एण्ड्रोइड सिस्टमको लागि एप बजारमा आइसकेको छ भने आइओएस् एप बजारमा चांडै नै ल्याइने छ । साथै सगुनको डेस्कटप भर्सन पनि नयाँ स्वरुपमा प्रयोगमा ल्याइएको छ । त्यसको साथमा सगुनको मुख्य आकर्षण सोसीयल स्मार्ट कार्ड चाँडै बजारमा ल्याउने गरी द्रुतरुपमा काम भइरहेको छ । यसको साथमा पाइपलाइनमा भएका अन्य प्रोडक्टहरु क्रमशः प्रयोगमा ल्याइने सगुनके भनाइ छ ।


क्लिकमान्डु