ग्यारेजबाट सुरु भएको एप्पल जसको बजार पुँजीकरण पुग्यो १ ट्रिलियन डलर



आईफोन बनाउने अमेरिकी कम्पनी एप्पलले नयाँ इतिहास रचेको छ । टेक्नोलोजी कम्पनीको बजार पुँजीकरण १ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यो भनेको नेपालजस्ता साना अर्थतन्त्र भएका देशको तुलनामा अत्याधिक बढी हो । नेपालको अर्थतन्त्रको आकार यो वर्ष बल्ल ३० अर्ब अमेरिकी डलर पुगेको छ ।

विश्वको सेयर बजारमा १ ट्रिलियन डलर बजार पुँजीकरण योभन्दा अगाडि सन् २००७ मा सांघाई स्टक एक्सचेन्जमा पेट्रोचाइनको पुगेको थियो । १ ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरण हुने एप्पल दोस्रो कम्पनी भएको छ ।

एप्पल कम्पनीको सुरुवात स्टीव जब्सले ग्यारेजबाट सुरुवात गरेका थिए । १ ट्रिलियन डलर पुगेको एप्पल कम्पनीको बजार पुँजीकरणको आधारले भारतीय अर्थव्यवस्थाको ३८ प्रतिशत हिस्सा हो । आइफोन बनाउने कम्पनी एप्पलले चाहेमा नेपालजस्ता अर्थतन्त्रलाई खरिद गर्न सक्छ । एप्पलको बजार पुँजीकरणभन्दा कम अर्थतन्त्रको आकार भएका देशमा १७७ वटा देश रहेका छन् ।

१ ट्रिलियन अमेरिकी डलर बजार पुँजीकरण भएको कम्पनी कुनै समय संकटमा परेको थियो । सन् १९९७ मा कम्पनीमा संकट आएको थियो । त्यो बेला यसको सेयर मूल्य १ अमेरिकी डलरबाट कम झरेको थियो ।

स्टीब जब्स कम्पनीका सह संस्थापक हुन् । तर,उनले सन् १९८५ मा कम्पनीबाट बाहिरिएका थिए । फेरी उनी कम्पनीबाट बाहिरिएका थिए । यो मसयमा माइक्रोसफ्टले एप्पल कम्पनीमा १५ करोड डलर लगानी गरेका थियो ।

स्टीभ जब्सले कम्पनीलाई परिवर्तन गरे । उनले आइफोन प्रोडक्ट बजारमा लन्च गरे । त्यसपछि कम्पनीले कहिल्लैपनि पछाडि फर्केर हेर्नु परेन । आज दुनियामा आइफोन चाहनेहरुको संख्या अत्याधिक छ । कमाइको कुरा गर्ने हो भने सन् २०१ठ मा एप्पल स्मार्टफोन कम्पनीमा सबैभन्दा बढी कमाउने कम्पनी हो ।

स्टीव जब्सको मृत्युपछि कम्पनीको प्रगतीमा कमी आएको छैन । कसैले पनि जब्स बिना कम्पनी यसरी चल्छ भनेर सोचेको थिएन । टिम कुकले कम्पनीलाई नयाँ ढंगले संचालन गरे । उनको नेतृत्वमा कम्पनीले आम्दानी दोब्बरले बढाउन सक्यो ।

सन् २००४ मा जब्सलाई क्यान्सर भएको थियो । क्यान्सरको कारण सन् २०११ मा जब्सको निधन भएको थियो ।


क्लिकमान्डु