आज बाघ दिवस, कसरी जोगाउने चुनौती बढ्दै



काठमाडौं । अज बाघ दिवस । बाघको बासस्थानको रुपमा रहेको झाडी मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरूमा मानवीय अतिक्रमण बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल पछिल्लो समय बढ्दो जनसंख्याका कारण विभिन्न नाममा गरिएका वन क्षेत्रको अतिक्रमणका कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउछन् ।

विश्वका १३ वटा देशमा पाटेबाघ पाइन्छ । कूल ९ प्रजातिमध्ये ३ प्रजाति लोप भइसकेका छन् ।

नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइन्छ ।

विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा ३ हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।

नेपालमा बाघको संख्या हाल ४५० को हाराहारीमा रहेको बताइन्छ ।

जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १५० बर्दिया राष्ट्रिय निकुञ्जमा ८० बाघ रहेका छन् । बाँकी भने अन्य निकुञ्जमा रहेका छन् ।

एउटा भाले बाघका लागि १० देखि १२ वर्ग किलोमिटर क्षेत्रफल चाहिन्छ ।

गत आर्थिक वर्षमा मात्रै निकुञ्जमा विभिन्न कारणले छ वटा बाघ मरेका छन् ।

जसमध्ये एउटा बाघ प्रतिशोधका कारण मानिसले विष हालेर मारेको पाइएको छ ।

अन्य बाघ जुधेर मरेको तथ्यांक छ । निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव बस्तीभित्र पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जा थालेको छ ।


क्लिकमान्डु