आर्थिक अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीले साधारण शेयर बेच्दै



काठमाडौं । पछिल्ला दिनमा वित्तीय अवस्था कमजोर रहेका र रेटिङमा समेत असाध्यै पछाडि रहेका जलविद्युत आयोजनाले एक पछि अर्को गर्दै साधारण शेयर बिक्री गरिरहेका छन ।

नेपाल धितोपत्र बोर्डले कमजोर आर्थिक अवस्था भएका जलविद्युत् कम्पनीहरुलाई धमाधम साधारण सेयर जारी गर्ने अनुमति दिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको एफपिओ समेत बिक्री नभएर अन्डर राइट कम्पनीले उठाउनुपरेको अवस्थामा जलविद्युत कम्पनीका सेयरको अवस्था झन खराब हुन पुगको छ ।

बिहीबार मात्रै आँखुखोला जलविद्युत कम्पनीे साधरण सेयर बिक्रीका लागि सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको छ ।

धादिङमा आयोजना स्थल रहेको आँखुखोला जलविद्युत कम्पनीले साधारण शेयर बिक्रीका लागि आह्वानपत्र सार्वजनिक गरेको छ । आगामी साउन १७ गतेबाट धादिङका स्थानीयका लागि छुट्याइएको सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुुट्याइएको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

तर सो कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको छ । यस्तै पेव्याक पिरियड समेत करिब ९ वर्ष रहेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको ८ लाख कित्ता सेयरबिक्री गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित ८ करोड रुपैयाँको सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सो कम्पनीको सेयर छिटोमा साउन ३१ तथा ढिलोमा भदौ १५ गतेसम्म खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

सो कम्पनीको सेयर खरिद गर्न न्युनतम ५० देखि अधिकतम ४ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

स्थानीयका लागि छुट्याइएको सेयर बिक्री भइसकेपछि मात्रै सर्वसाधारणका लागि१२ करोड रुपैयाँ मूल्यको १२ लाख कित्ता सेयर बित्रक्री गर्ने सोचमा कम्पनी रहेको छ ।

सिभिल क्यापिटल मार्केटले सेयर निष्कासन तथा बाँडफाँड गर्नेछ । तर कम्पनीको आर्थिक अवस्था कमजोर रहेको र पेब्याक पिरियड समेत ९ वर्ष भएका कारण फाइदा हुने सम्भावना भने कम रहेको जानकारहरुको भनाइ छ । सो आयोजनाको क्षमता ८.४ मेगावाट रहेको छ ।

यस्तै रेटिङमा असाध्यै कमजोर रहेको अर्को जलविद्युत् कम्पनी युनियन हाइड्रो पावरले पनि यही सायन १४ गतेबाट स्थानीयबासीका लागि साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

लमजुुङमा सञ्चालित ३ मेगावाट क्षमताको मिदिम खोला (करापु) जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर ििबक्री गर्न लागिएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ५० लाख रुपैयाँको सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सो कम्पनीको सेयर खरिद गर्नेले छिटोमा साउन २८ तथा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । न्युनतम ५० देखि अधिकतम ३ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले निर्माण गरेको मिदिम खोलाले गत पुसबाट विद्युत उत्पादन सुरु गरेको हो । सो कम्पानीको समेत वित्तीय अवस्था कमजोर रहेको छ भने पेब्इाक पिरियड ८ वर्षको हाराहारीमा रहेको छ ।

यस्तै केही समय पहिले पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले पनि साधारण सेयर बिक्री गर्यो । सो कम्पनीको सेयरमा १० गुणा बढी आवेदन परयो ।

कम्पनीले गत साउन १ गतेबाट बिक्री गरेको सेयरमा १ अर्ब ५ करोड बराबरको आवेदन परेको छ । कम्पनीले माथिल्लो माई र माथिल्लो माई ‘सी’ जलविद्युत आयोजना सञ्चालन गरेको छ ।

आवेदनकर्ताले न्युनतम ५० देखि अधिकतम साढे ५ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

कम्पनलिे विद्युत उत्पादन सुरु भएको १ वर्षबाट नै कम्पनीले नाफा आर्जन गर्न सुरु गरेको दावी गरेपनि वित्तीय अवस्था भने सन्तोषजनक रहेको छैन ।

यसैगरी, मैलुङ खोला जलविद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर बिक्री गर्ने तयार गरेको छ ।
कालिका पावर कम्पनीले पनि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर बिक्री गर्ने तयारीमा छ । शिवश्री हाइड्रो पावर लिमिटेडले १४ लाख ७६ हजार ४ सय कित्ता सेयर बिक्री गर्ने तयारीमा छ ।

गर्जङ उपत्यका हाइड्रो पावरले २ लाख कित्ता लाफिङ बुद्धको ९ लाख ७८ हजार बराबरको सेयर बिक्रीका लागि तयारी गरेको छ । अधिकाशं कम्पनीको आर्थिक अवस्था कमजोर रहेका कारण नाफा हुने अवधि समेत लामो रहेको छ ।


पुष्प दुलाल