दिनमा २ कप चिया कम गर्नुस्, तपाईंलाई लखपति बनाइदिन्छौंः युनियन लाइफका सिइओको अन्तर्वार्ता




गत असोज २२ गतेदेखि ब्यवसायिक कारोबार सुरु गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको ९ महिनामा करिब ८५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको छ । नेपालका स्थापित ब्यवसायिक घरानाले संचालन गरेको सो कम्पनी ब्यवसाय विस्तारको लागि आक्रामक रुपमा आएको छ । कम्पनीले संचालन भएको छोटो समयमा नै आर्जन गरेको ख्याति, कम्पनीको आगामी योजना तथा अहिलेको नेपाली बीमा बजार बारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लालकर्णसँग गरिएको कुराकानीः

गत आर्थिक बर्षमा कति महिना कारोबार गर्न पाउनु भयो ?
हामीले गत असोज ४ गते लाइसेन्स पाएका थियौं । असोज ६ गते हाम्रो कर्पाेरेट कार्यालयको उद्घाटन भयो । र, असोज २२ गतेदेखि हामीले ब्यवसायिक कारोबार सुरु गरेका थियौं । गत आर्थिक बर्षमा ९ महिना हामीले कारोबार गर्न पायौं ।

९ महिना कारोबार गरेकै आधारमा पनि केही बर्षदेखि संचालनमा रहेका केही बीमा कम्पनीलाई पछाडि छोड्न कसरी सम्भव भयो ?
कतिवटा र कति बर्षदेखि संचालनमा रहेका कम्पनीलाई हामीले पछाडि छोड्यौं भन्ने कुरा दोस्रो हो । हाम्रो यो अवधिको प्रथम बीमा शुल्क संकलन राम्रै छ । मुख्य कुरा त हाम्रो टीम एकदमै बलियो छ । यो टीमवर्कको परिणाम हो । मार्केटिङदेखि लिएर ब्याक अफिसको टीम एकदमै बलियो छ ।

मार्केटिङको कुरा गर्नुभयो, मार्केटिङमा जानुभन्दा पहिला त आफ्नो प्रडक्ट नै राम्रो चाहिन्छ, तपाइहरुको कुन प्रडक्टले यति राम्रो परिणाम दियो ?
हाम्रो प्रडक्ट पनि अलग प्रकारको छ । जस्तो कि हामीले मनि ब्याक होल लाइफ प्रडक्ट ल्यायौं । यो प्रडक्ट नेपालमा मात्रै होइन, छिमेकी देशमा पनि थिएन । तर मैले २०७२ सालमै जुन बेलामा निर्जीबन बीमा कम्पनीमा काम गर्थे, त्यही बेला एउटा लेख लेखेर यसको चर्चा गरेको थिएँ । साधारणता कितावहरुमा हेर्नुभयो भने त्यसमा ३ प्रकारको अाजीबन जीबन बीमाको कुरा गरिएको छ । त्याे लेखमा मैले मनीब्याक हाेल लाइफ चाैथाें प्रकारकाे रूपमा राखेकाे थिएँ । संयोगवश त्यो बेला वा त्यसपछिको समयमा पनि कसैले यो कुरालाई गम्भीरतापूर्वक लिएनन् । सौभाग्यवस यो कुराको सुरुआत गर्ने अवसर हामीलाई नै जुर्यो ।

मनीब्याक होल लाइफ अरु कम्पनीमा नभएको प्रडक्ट होइन । हामीले याे प्रडक्ट संचालन अनुमति पाएदेखि नै ल्याएका हाैं । हामीले ल्याएको यो प्रडक्ट अति लोकप्रिय भयो । याे प्रडक्ट अति लाेकप्रिय भएपछि अरू कम्पनीले पनि ल्याउन थाले ।

सुरुमा यो प्रडक्ट हामीले ल्याएपनि अहिले अधिकांश बीमा कम्पनीहरुले यो ल्याए । त्यस्तै लिमिटेड पेमेन्टका प्रडक्टहरु सिंगल पोलिसीमा पनि हामीले होल लाइफ राखिदिएका छौं । हामीले एयर्ली मनि ब्याक प्रडक्ट पनि ल्याएका छौं । भन्नुको मतलब के हो भने हामीले बजारमा चलेका प्रडक्टहरुमा केही परिवर्तन गरेर बीमितलाई अधिक फाइदा हुने गरी ल्याएका छौं । यस्तै सोचको परिणाम नै अहिले हामीले प्राप्त गरेको सफलता हो भन्न सकिन्छ । प्रडक्ट चेन्ज वा नयाँ प्रडक्ट ल्याएर मात्रै हुँदैन । त्यसलाई कसरी सेल गर्ने भन्ने कुरा पनि आँउछ । हामीले हाम्रा बीमा अभिकर्तादेखि ब्राञ्च इन्चार्जसम्मलाई यो कुरा भनेका हुन्छौं । मनीब्याक होल लाइफ अरु कम्पनीमा नभएको प्रडक्ट होइन । हामीले याे प्रडक्ट संचालन अनुमति पाएदेखि नै ल्याएका हाैं । हामीले ल्याएको यो प्रडक्ट अति लोकप्रिय भयो । याे प्रडक्ट अति लाेकप्रिय भएपछि अरू कम्पनीले पनि ल्याउन थाले । पोर्टफोलियो ब्यवस्थापन उचित ढंगले हुनुपर्छ । जस्तो कि हामीले ल्याएको सिंगल पोलीसी अति नै बिक्री भएपछि चैत मसान्तमा अाएर आफैले बन्द गरिदियौं ।

तपाइहरुले ल्याएको सिंगल पोलिसीले प्रणालीगत समस्या ल्याउन सक्ने भन्दै नियामकले पनि प्रश्न उठायो भन्ने चर्चा पनि भएको थियो, होइन र ?
होइन, बजारमा हल्ला बढी हुन्छ । आजको दिनमा हरेक कम्पनीमा सिंगल पोलिसी प्रडक्ट छ । पहिला पनि थियो । तर, अरु कम्पनीले राम्रोसँग बेच्न सकिरहेका थिएनन् । आफ्ना प्रडक्टको तपाइले कसरी मार्केटिङ गरेर विक्री गर्नुहुन्छ भन्ने कुराले तय गर्छ । तपाइले आफ्ना अभिकर्ता वा ब्रान्च इन्जार्चहरुलाई परिचालन गर्नुहुन्छ भन्ने कुराले यस्ता कुराको तय गर्छ ।  हाम्रा सबै प्रोडक्टको हिस्सा २० प्रतिशतको हाराहारीमा राख्ने हाम्रो नीति अनुसार नै हामीले त्यो प्रडक्ट बन्द गरेका हौं । अन्यथा केही भएको होइन ।

गत आर्थिक बर्षभरी के कस्तो ब्यवसाय गर्नुभयो ?
गत बर्ष ८४ कराेड ९४ लाख रुपैयाँ बराबरको प्रिमियम आएको छ । जसमा २६ करोड ८९ लाख रुपैयाँ बैदेशिक रोजगारीको प्रिमियम हो । र, बाँकी ५८ करोड रुपैयाँ बराबरको कन्भेन्सनल पोलिसी बेचेका छौं । यो राम्रै हो । अघिल्लो आर्थिक बर्षसम्म बीमाको पहुच ७ प्रतिशतमा सिमित थियो । नयाँ कम्पनी आएकै बर्ष यो संख्या बढेर ११ प्रतिशत पुग्यो भने बीमा शुल्क पनि करिब ३० प्रतिशतले बढ्यो । यो संख्याले के देखाउँछ भने नयाँ कम्पनी आएपछि उनीहरुले पनि राम्रो ब्यवसाय गरेका छन् र सबै बीमा कम्पनीले विजनेस पाएका छन् । बीमाको पहुच बढाउने राष्ट्रिय लक्ष्यलाई पनि हामीले सहयोग गर्न सकेका छौं, पाएका छौं । यो राम्रो कुरा हो ।

बीमा कम्पनीहरुको संख्या बढी भयो भन्ने कोणबाट पनि बहस चल्न थालेको छ, तपाइलाई संख्यात्मक उपस्थिति बढी भए जस्तो लाग्छ ?
आजको दिनमा हेर्नुभयो भने बीमाको लागि पूरै नेपाल खाली छ । बजार पूरै खाली छ । हामीले भर्खर ११ प्रतिशत बीमा गराएका छौं । अझै ८९ प्रतिशत नेपालीसम्म हामी पुगेकै छैनौं । सबैलाई बीमा चाहिन्छ । बीमा विना बाच्नै सकिदैन । मान्छेहरुले गाडी, घर, आफ्नो, परिवारको, शिक्षा दिक्षाको जस्ता हरेक कुराको बीमा अनिवार्य जस्तै भइसक्यो । नेपालमा पनि सबैले बीमा गर्नुपर्ने रहेछ भन्ने महसुस भर्खर भर्खर हुन थालेको छ । बीमा आधारभूत आवश्यकता जस्तै भइसकेको छ । अहिले १८ वटा जीबन बीमा कम्पनी छन् । यो संख्यात्मक उपस्थितिकै बारेमा तपाइले प्रश्न गर्नुभएको होला । अहिले हामीले संख्या बढी भयो भने पनि सबै कम्पनीले ब्यवसाय बृद्धि गरेकै छन् । अबको १० बर्षसम्म अहिलेका सबै बीमा कम्पनीले गज्जवले विजनेस पाउँछन् ।

यो संख्यात्मक उपस्थितिकै बारेमा तपाइले प्रश्न गर्नुभएको होला । अहिले हामीले संख्या बढी भयो भने पनि सबै कम्पनीले ब्यवसाय बृद्धि गरेकै छन् । अबको १० बर्षसम्म अहिलेका सबै बीमा कम्पनीले गज्जवले विजनेस पाउँछन् ।

त्यसपछिको बीमाको अबस्था, पहुच, कम्पनीहरुको अबस्था र बजारको परिस्थिति अनुसार मर्जर र एक्विजिसनको कुरा आउँन सक्छ । तर आजकै दिन संख्या बढी भयो भन्ने बेला भएको छैन । जस्तो कि भारतमा सन् १९५६ मा साढे दुई सय जीबन बीमा कम्पनीहरुलाई राष्ट्रियकरण गरेर लाइफ इन्स्योरेन्स कर्पाेरेसन इन्डिया बनाएको हो । ९ वटा नयाँ कम्पनी आउनुभन्दा अगाडि ९ वटा नै जीबन बीमा कम्पनी थिए । तर, नयाँ आएका कम्पनीहरुले एक बर्ष पनि कारोबार नगर्दै करिब ३ अर्बको प्रिमियम ल्याएका छन् । यो राम्रो होइन र ? यो तथ्यांकले जीबन बीमा कम्पनीहरुको संख्या बढी भएको छैन भन्ने पुष्टि गर्दैन र ? त्यसकारण अहिले नै बीमा कम्पनीहरुको संख्या बढी भएको भन्ने मलाई लाग्दैन ।

तपाइले यसो भन्दै गर्दा पनि पुराना मात्रै होइन नयाँ कम्पनीहरु नै पनि मर्जर र एक्विजिसनको लागि तयार भएका भन्ने चर्चा चल्न थालेको छ, तपाइहरु कुनै कम्पनीसँग मर्जरमा जाने वा कुनै कम्पनी अक्वायर गर्ने गृहकार्यमा हुनुहुन्छ ?
यो चर्चा मैले पनि बजारमा सुन्ने गरेको छु । हाम्रो देशै सानो छ । लगानीकर्ता सिमति मात्रामा छन् । एउटै लगानीकर्ताले एकभन्दा बढी कम्पनीमा लगानी गरेका हुन सक्छन् । एउटा कम्पनीको लगानीकर्तालाई अर्काे कम्पनीको लगानीकर्ता पनि राम्रोसँग चिनेको हुन्छ । कुनै लगानीकर्तालाई कतिवटा कम्पनीमा लगानी गर्ने, मर्ज गरेर एउटै बलियो कम्पनी बनाउँ भन्ने लागेको पनि हुन सक्छ । यो अवधारणा गलत पनि होइन । जहाँसम्म तपाइले युनियन लाइफको कुरा गर्नुभयो, त्यसमा हाम्रो कुनै सोच वा योजना नै छैन ।

मर्ज गर्दा विजनेस बढ्छ, सिनर्जी इफेक्ट पर्छ त्यसैले मर्ज गरौं भन्ने हो भने बेग्लै कुरा हो । आजसम्म कुनै गृहकार्य वा चर्चा नसुनिएको भएपनि दुई ठूला ग्रुप मिलेर एउटै कम्पनी बनाएर जाउ भन्ने भयो भने हामी त्यो बाटोमा जादैनौं भन्ने कुरा पनि होइन ।

हामी तत्काल कुनै कम्पनीसँग मर्जरमा जाने वा कुनै कम्पनी अक्वायर गर्ने गृहकार्यमा छैनौं । अहिले बीमा समितिले जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब हुनुपर्छ भनेको छ । हामीले त कम्पनी सुरु गर्दा नै २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी राखेर कम्पनी सुरु गरेको हो । त्यसैले हामीलाई पुँजी बृद्धिको दबाव पनि छैन । तर पनि मर्ज गर्दा विजनेस बढ्छ, सिनर्जी इफेक्ट पर्छ त्यसैले मर्ज गरौं भन्ने हो भने बेग्लै कुरा हो । आजसम्म कुनै गृहकार्य वा चर्चा नसुनिएको भएपनि दुई ठूला ग्रुप मिलेर एउटै कम्पनी बनाएर जाउ भन्ने भयो भने हामी त्यो बाटोमा जादैनौं भन्ने कुरा पनि होइन । तर, अहिलेसम्म त्यस्तो गृहकार्यमा हामी छैनौं ।

बीमा अब सबैको आधारभूत आवश्यकता भइसकेको भन्नुभयो, प्रतिब्यक्ति औषत आय भर्खर हजार डलर पुगेको छ, बीमा शुल्क अलि महंगो छ भनिन्छ, आम नेपालीले ग्रहण गर्न सक्ने गरी बीमालाई सस्तो र सुलभ बनाउन सकिदैन ?
हो र ? म त धेरै सस्तो पो देख्छु त । २० बर्षको कुनै बीमा पोलिसी तपाइले खरिद गर्नुभयो भने बर्षको ५ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । यो प्रिमियम ६/६ महिनामा तिर्नुभयो भने २ हजार ५ सय रुपैयाँ पर्यो । यो पनि ३/३ महिनामा तिर्नुभयो भने १२५० रुपैयाँ भयो । तीन महिनामा १२५० रुपैयाँ तिर्न नसक्ने रकम हो र ? सबैभन्दा सस्तो भनेको ज्यामी काम गर्ने मजदुर खोज्न गयो भने एक दिनको ५ सय रुपैयाँमा पनि पाइदैन । यहाँ त हामी ३ महिनामा १२५० रुपैयाँको कुरा गरिरहेका छौं । पशुपतिमा माग्न बसेको ब्यक्तिले अबको १५ बर्षपछि म एउटा राम्रो पसल खोल्छु भनेर संकल्प गर्यो भने बीमाको माध्यमबाट त्यो सम्भव हुन्छ ।

दिनमा २ वटा चुरोट वा २ कप चिया कम गरेर बीमा गर्दा तपाइले २० बर्षपछि यति धेरै पैसा प्राप्त गर्ने अबसर छ भने तपाइ बीमा महंगो भयो भनेर किन भनिरहनु भएको छ ? अर्थात दिनमा २ वटा चुरोट वा २ कप चिया कम गरेकै भरमा हामी लखपति बन्न सक्छौं । त्यसैले बीमा महंगो छ भन्ने मलाई लाग्दै लाग्दैन ।

पशुपतिमा माग्न बसेको ब्यक्तिले दिनमा ५ रुपैयाँ बचाउन सक्छ । यो रकम एक महिनामा १५० रुपैयाँ भयो । एक बर्षमा १८ सय रुपैयाँ भयो । बर्षमा त्यही १८ सय रुपैयाँ बराबरको बीमा गराउने हो भने उसले अबको २० बर्षपछि भिख मागेर बस्नै पर्दैन । एउटा ठूलो किराना पसल नै चलाउन सक्छ । अर्काे पनि उदाहरण दिन्छु । कुनै ब्यक्ति चुरोट खाने छ भने उसले दिनमा २ वटा चुरोट कम गरोस् । यसो गर्दा उसले दिनमा ३० रुपैयाँ जोगायो । यो रकम एक महिनामा ९ सय रुपैयाँ हुन्छ । तीन महिनामा २७ सय हुन्छ । ६ महिनामा ५४ सय हुन्छ । र, एक बर्षमा १० हजार ८ सय रुपैयाँ हुन्छ । बार्षिक १० हजार ८ सय रुपैयाँको २० बर्षे बीमा गराउनु भयो भने २० बर्षपछि तपाइले कति रकम पाउनु हुन्छ ? त्यसैले बीमा कहाँ महंगो छ ? दिनमा २ वटा चुरोट वा २ कप चिया कम गरेर बीमा गर्दा तपाइले २० बर्षपछि यति धेरै पैसा प्राप्त गर्ने अबसर छ भने तपाइ बीमा महंगो भयो भनेर किन भनिरहनु भएको छ ? अर्थात दिनमा २ वटा चुरोट वा २ कप चिया कम गरेकै भरमा हामी लखपति बन्न सक्छौं । त्यसैले बीमा महंगो छ भन्ने मलाई लाग्दै लाग्दैन ।

बीमा गर्नै पर्ने कारण के हो ?
बीमा गर्नुभन्दा पहिला तपाइले बीमाको फाइदा बुझ्नुपर्छ । तपाइले विवाह गर्नुभएको छ तर बीमा गर्नुभएको छैन भने तपाइले आफ्नो परिवार र बालबच्चप्रति अन्याय गरिरहनु भएको छ । किनभने तपाइलाई कुनै कारणबश केही भइदियो भने तपाइको परिवारको विचल्ली हुन्छ । आफ्ना बालबच्चा वा परिवारको बिचल्ली पार्ने अधिकार तपाइलाई कसले दियो ? मृत्य सत्य हो । कसलाई कहाँ, कतिबेला र कसरी हुन्छ भन्ने कसैलाई थाहा हुदैन । फेरि बीमा भनेको मरेपछि पैसा पाइने विषय मात्रै पनि होइन । बीमा अवधि पूरा भएपछि तपाइ आफैले त्यो पैसा लिन पाउनु हुन्छ । बीमाको पैसाबाट तपाइले आफ्ना सन्ततिलाई उच्च शिक्षा दिन सक्नुहुन्छ । तपाइले कतै घडेरी किन्नुभएको छ भने त्यसमा घर बनाउन सक्नुहुन्छ ।

तपाइले विवाह गर्नुभएको छ तर बीमा गर्नुभएको छैन भने तपाइले आफ्नो परिवार र बालबच्चप्रति अन्याय गरिरहनु भएको छ । किनभने तपाइलाई कुनै कारणबश केही भइदियो भने तपाइको परिवारको विचल्ली हुन्छ । आफ्ना बालबच्चा वा परिवारको बिचल्ली पार्ने अधिकार तपाइलाई कसले दियो ?

अहिले नेपालीको औषत आयु बढेको छ । ५८ बर्षमा मान्छे रिटायर्ड हुन्छ । ८० बर्षसम्म बाँच्न थालिएको छ । रिटायर्ड भएपछिको २२ बर्षसम्म कसरी बाँच्ने ? त्यो बेलाको लागि तपाइले बीमा किन नगर्ने ? आफ्नो आर्थिक सुरक्षाको लागि, परिवारको आर्थिक सुरक्षाको लागि र आफ्नो सन्तति सुरक्षाको लागि बीमा गर्नै पर्छ ।

युनियन लाइफका यो बर्षका योजना र कार्यक्रमहरु के कस्ता छन् ?
युनियन लाइफ आफैमा राम्रो र स्थापित ब्यवसायिक घरनाले खोलेको कम्पनी हो । यसमा जगदम्बा ग्रुप, गोल्छा अर्गनाइजेनस, न्यौपाने ग्रुप, गाडिया ग्रुप, टिवडेवाल, राजेश हार्डवयर जस्ता समुह यो कम्पनीका प्रमोटर हुन् । जुन कम्पनीमा प्रोटर राम्रा छन् त्यस्ता कम्पनीको डिभिडेन्ट र सेयरको भ्यालू नै बेग्लै छ । त्यसैले हाम्रो सोच र ब्यवसायिक योजना नै बेग्लै छ । हामी कुन कम्पनीलाई जित्ने वा कसको भन्दा बढी विजनेस ल्याउने भन्ने तर्फ लागेकै छैनौं । मेरो अर्जुन दृष्टि के हो भने मेरा अभिकर्ताहरु हरेक गाउँगाउँमा पुगेर बीमाको बारेमा बताउँन् ।

कसैले बीमा नगराएको कारण बुढेशकालमा भोकै बस्यो, उसका छोराछोरीलाई राम्रो शिक्षा दिन सकेन, राम्रोसँग औषधोपचार गर्न सकेन, उसको मृत्य भएपछि उसको परिवार अलपत्र परेको छ भने हामीलाई पाप लाग्छ ।

यो बर्ष नै हामी देशका सबै जिल्लामा शाखा पुर्याउछौं । प्रत्येक जिल्लामा हाम्रा अभिकर्ता उत्पादन हुन्छ । हामीले हाम्रा अभिकर्ताहरुलाई के भनेका छौं भने तपाइले हरेक नागरिकलाई बीमाको बारेमा भन्नुपर्छ । यदि उसलाई केही भइदियो र तपाइले उसलाई बीमाको बारेमा बताउँनु भएको छैन भने त्यसको पाप तपाइलाई लाग्छ भन्ने गरेका छौं । कसैले बीमा नगराएको कारण बुढेशकालमा भोकै बस्यो, उसका छोराछोरीलाई राम्रो शिक्षा दिन सकेन, राम्रोसँग औषधोपचार गर्न सकेन, उसको मृत्य भएपछि उसको परिवार अलपत्र परेको छ भने हामीलाई पाप लाग्छ । यस्तो पापबाट जोगिन हामीले हाम्रा अभिकर्ताहरुलाई सबै नागरिकलाई भेटेर बीमाको बारेमा बताउनुस भनेका छौं । यो बर्ष हामी यस्ता कामलाई केन्द्रमा राखेर अगाडि बढ्छौं ।


क्लिकमान्डु