असम्भव भन्दै हेला गरिएका क्रोयसिया र फ्रान्स विश्वकप उपाधिका लागि भिड्दै



विश्व कप फुटबलको कुम्भमेला, २०१८ मा धेरैले अपेक्षा गरेका थिए ब्राजिल, अर्जेन्टिना,जर्मनी वा स्पेन वा अरु महाशक्ति राष्ट्रले विजयको झण्डा फहराउनेछन् ।

ती सबै अनुमानहरु फेल भए, आफूलाई महाशक्ति भनिएका र मानिएका फुटबल हस्तीहरु रसियाको मैदानमा पराजित भए । लडाई हारेर फर्किएको सेनापति जस्तै मेस्सी, रोनाल्डो, नेमारहरु घर फर्किए ।

खेल आफैमा टिम वर्क हो । त्यसमा एउटा व्यक्तिको केही लाग्दैन । रिया विश्वकपले धेरैलाई यही सिकायो । एसयाबाट प्रतिनिधित्व गरेको जापान पनि फर्कियो ।

मान्छेहरुले अनुमान गरे भन्दा नितान्त फरक नजिता विश्वकपले निकाल्यो । हस्तीहरु पराजित हुँदा सामान्य र कमजोर ठानिएकाहरु विश्वकप फुटबलको फाइनल खेलमा पुगेको छ ।

यो एकदमै थौरै मानिसले परिकल्पना गरेको विश्वकपको फाइनल खेल हो । ब्राजिल, अर्जेन्टिना, स्पेनलगायतका देश नमिठो हार चाखेर घर फर्किदा आज फ्रान्स र क्रोयसिया विश्व विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रदैछन् ।

आज हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ ।

जुन नसोचेको र अप्रत्यासित नजिता पनि हो । धेरै फुटबवल पण्डितहरुले क्रोयसियालाई कम आँकेका थिए । विश्वका सञ्चारमाध्यमरुह ब्राजिल, अर्जेन्टिना र स्पेनका खेलाडीको पछाडि दौडिरहँदा क्रोयसियाका खेलाडीको समाचार बनाइदिने र प्रसारण गर्नेहरु पाउन समेत मुस्किल थियो ।

नेपालीमा एउटा उखान छ, नसोचेको खोलाले बगाउँछ । आखिर भयो, त्यस्तै । सञ्चारमाध्यमको आँखामा नपरेको, धेरैले हेयको दृष्टि राखेको क्रोयसियाले आज फाइनल खेल जिते पनि नजितेपनि ऊ यस पटकको विश्व विजेता हो ।

जब क्रोयसिया फाइनलमा पुग्यो, तब मात्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सो टिमको खोजी नीति सुरु गर्यो । आज चुपचाप, चर्चा भन्दा बाहिर रहेर क्रोयसिया विश्वकपको फाइनलमा पुगेको छ । यो नै उसको विश्व विजेताको अर्को परिणाम हो ।

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि घरेलु मैदान पेरिसमा नै सफलता हासिल गरेको थियो । जुन यस पटक फेरी पनि आज रसियाको मैदानमा दोहोर्याउन चाहन्छ ।

फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा रहेका छन् ।

आज फाइनल खेल खेल्न लागेकाउनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक रहेका छन् । उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन्।

र, त्यसो भयो भने त्यो विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय जित हुनेछ ।

कूल ४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो भन्ने आम मानिसलाई लाग्न सक्छ । तर त्यो कीर्तिमान उरुग्बेले पनि राखेको छ । सन् १९३० मा विश्वकपको उपाधि जित्दा उरुग्बेको जनसंख्या लगभग १७ लाख थियो ।

फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो। विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया हो । अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता पनि हो ।

२० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए । तर त्यसबेला पनि उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए । २० वर्षपछि फेरी खोला फर्किएको छ, फ्रान्सलाई रसियामा हराइदिने वा फेरी आफू हारेर फ्रान्सलाई उपाधी दिलाइदिने ।

यसपटक उनीहरूको फाइनलसम्मको यात्राले इङल्याण्डको सपना समाप्त पारिदियो । साथै त्यसले जाग्रेब र अन्यन्त्र व्यापक हर्षबढाइँ गरिएको थियो।

हजारौँ समर्थकले चोकमा आएर नाचगान गर्नुका साथै रातो, सेतो र निलो बुट्टा भएको झण्डा र पताका फहराएका थिए ।

“सपना, सपना, सपना! क्रोएसिया अब विश्वकपको फाइनलमा पुगको छ,“ स्पोर्ट्सकी नोभोस्ती समाचारपत्रले लेखेको छ, सन् १९९८ को भन्दा ठूलो उपलब्धितर्फ डोर्याएर डालिकले आफूलाई ’दन्त्यकथाको नायक’ जस्तो स्थानमा आफूलाई स्थापित गरेका छ ।

“हाम्रो तेजिलो टोली फाइनलमा पुगेको छ, हामी सपनामा छौँ र अब एक पाइलामात्रै अघि बढ्यौँ भने पनि उपाधि उचाल्नेछौँ,“ युटार्नयी लिष्टले लेखेको छ।

फ्रान्स स्वदेशमै भएको युरोपेली च्याम्पियनशीपको फाइनलमा पुगेको थियो र उत्कृष्ट टोली भनिएको भए पनि त्यसबेला पोर्चुगलबाट पराजित भएको थियो । त्यसबेलाको पराजयको सम्झनाले अहिले राष्ट्रिय टोलीलाई थप बलियो बनाइरहेको छ ।

फ्रान्सका सञ्चारमाध्यमहरूले विश्वकप फाइनलका लागि टोलीले गरिरहेको थप प्रशिक्षणको पनि चर्चा गरिरहेका छन् ।

उनीहरूले क्रोएसियाभन्दा २४ घण्टा अगावै सेमिफाइनल खेल्न पाए र उनीहरूले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समयमा जिते । तर क्रोएसियालाई समूह चरणपछिका तीनवटै खेल जित्न अतिरिक्त समय आवश्यक प‍र्यो ।

दुईवटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत लागेको थियो । ले फिगरोका अनुसार क्रोएसिया एकदमै शक्तिशाली प्रतिस्पर्धा हो जोसँग क्षमतावान् खेलाडीहरू छन् र उसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ । ले पोइन्टले भने खेलाडीहरूको मनस्थितिलाई जोड दिएको छ।

थप गरिएको समयमा खेल्दा पनि क्रोएसियाका खेलाडीहरूको मानसिक अवस्था ’त्रुटिरहित’ रहेको छ र उक्त टोली अपराजित रहनसक्ने देखिन्छ ।

सम्भवतः फाइनलमा कुनै एक खेलाडीको प्रतिभाले खेलको छिनोफानो गर्नेछ ।

विश्वकप शुरू हुँदा यो प्रतियोगिता पछिल्लो पुस्ताकै दुई महान् खेलाडीहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र आर्जेन्टिनाका लियोनल मेस्सीबीचको प्रतिस्पर्धा बन्ने ठानिएको थियो ।

तर दुवै टोली अन्तिम १६ बाट अघि बढ्न सकेनन् र अन्य खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने र सम्मानित सुनको बलको उपाधि जित्ने अवसर प्रदान गर्यो ।

फाइनलमा एमबाप्पे सँगै फ्रान्सका लागि तीन गोल गरेका आन्टवान ग्रिजम्यानले कस्तो खेल देखाउलान भन्ने चासो रहेको छ ।

दुवै खेलाडीलाई फाइनलमा उनीहरूले हयाट्रिक अर्थात् तीन गोल गरे भने सुनको जुत्ताका लागि उनीहरूले ६ गोल गरेका इङ्ल्याण्डका हेरी केनकै स्थानमा आफू उक्लिनसक्ने थाहा पाएका छन् । हेरौ आजको फाइनल खेलले नजिता कस्तो पोल्टामा पार्नेछ ।

बिबिसिलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


क्लिकमान्डु