आँप खाँदै हुनुहुन्छ ? यी समस्या देखिन सक्छन्



काठमाण्डौ । यो आँपको मौसम हो । धेरैको घरमा यो मौसममा फलफुलको रुपमा आँप खाने गरिन्छ । बजारमा पनि थरिथरिका आँप उपलब्ध छन् । आँपलाई फलको राजा पनि भन्छन् । अझ कतितय मानिस त मौसम अनुसारको फल खानुपर्छ भनेर आँप खाईरहेका हुन्छन् ।

गर्मीको समयमा आँप निकै रुचाईने फल हो । आँपमा प्रशस्तै पोषक तत्वपनि पाईन्छ । आँपमा भिटामिन ए, कपर आईरन र पोटाशियम जस्ता तत्व हुन्छन् ।
आँपका धेरै फाईदा भएपनि यसका बेफाईदापनि छन् ।

चिलाउने समस्या

आँपको भेट्ना(बिन्दु)मा तरल पदार्थ जमेको हुन्छन् । आँप खानुभन्दा अगाडि राम्रोसंग नपखालीकन आँप खाएमा, यो तरल पदार्थले आँपको स्वाद विगार्छ । जिब्रो टर्रो बनाउने गर्छ । आँपमा पाईने यो तरल पदार्थले स्वाद विगार्नुको अलावा दाद, छाला चिलाउने या खटिरा आउन सक्ने समस्या समेत निम्त्याउँछ । यो पदार्थले घाँटीको समस्यापनि सिर्जना गर्न सक्छ ।

पखाला
आँपमा पाईने धेरै पोषक तत्वहरु सबैको शरीरले एकैपटक पचाउन सक्दैन् । त्यसमाथि पाचन प्रणालीमा समस्या भएका मानिसले आँप खाएपछि पखाला लाग्ने संभावना अत्याधिक हुन्छ । सामान्य मानिसले पनि धेरै आँप खाएमा पखाला वा आउँको समस्या देखिन सक्छ ।

डन्डिफोर खटिरा

आँपले शरीरमा गर्मी उत्पन्न गराउँछ । धेरै आँप खानाले अनुहारमा डन्डिफोर र शरीरमा खटिरा देखिन सक्छन् । छालाको एलर्जी भएका मानिसले आँप नखानु नै बेस हुन्छ ।

यस्तो विमारी भएकाले खानु हुँदैन आँप
युरिक एसिडको समस्या भएका मानिसले आँप नखानु नै बेस मानिन्छ । त्यस्तै रुघा लागिरहने समस्या भएका(साईनाईस) मानिसले आँप खाएमा रोग बल्झिने खतरा हुन्छ । आँपमा अत्याधिक पोषण हुने भएकाले तौल घटाईरहेका मानिसले आँप नखानु नै बेस हुन्छ । यसबाहेक मधुमेहका रोगीले पनि आँप खानु हुँदैन् ।
(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु