यातायात बिज्ञको विश्लेषणः यसकारण आवश्यक छ नेपालमा रेल, काठमाडौंमा मोनो होइन मेट्रो
अहिले सरकारले पूर्व-पश्चिम जोड्ने गरि विभिन्न सडक परियोजनामा काम गरिरहेको छ । पहिलेदेखि नै रहेको पूर्व-पश्चिम राजमार्ग । भित्रि तराईका जिल्लामा हुलाकी मार्ग, पहाडी जिल्लामा मध्य पहाडी लोकमार्ग निर्माणको काम गरिरहेको छ । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटभाषणमा मदन भण्डारी मार्ग बनाउने पनि घोषणा गरिसकेको छ । यस बाहेक पूर्व-पश्चिम रेलवे निर्माणको काम पनि चलिरहेको छ ।
नेपालको उत्तर-दक्षिण चौडाई १ सय ९३ किलोमिटर छ । पूर्व-पश्चिम लम्बाई ८ सय ८५ किलोमिटर मात्रै रहेको छ । यति दुरीमा ५ वटा ठूला यातायत परियोजनाको प्रभावकारीता कस्तो रहने ? निकै कम दुरीको फरकमा रहने पूर्व-पश्चिम जोड्ने यी सडक तथा रेलवे लाईनका परियोजनाको प्रभावकारिता र लाभका विषयमा क्लिकमाण्डुले यातायात बिज्ञ एवं लगानी बोर्डमा परामर्शदाताको रुपमा कार्यरत आशिष गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश ।
***
विकासको प्राथमिक पूर्वाधार सडक हो । सडक आफैले केही पनि उत्पादन गर्दैन तर सडकले स्थानीय उत्पादनलाई बाहिर पठाउन र बाहिरका उत्पादन भित्र्याउन भने सहयोग गर्छ । यस बाहेक सडक संञ्जाल विस्तार हुँदासाथ मानिसको ट्राभल पनि बढ्छ । मानिसको आवतजावत बढ्न थालेपछि कतै न कतैबाट आर्थिक क्रियाकलपमा पनि बृद्धि हुन्छ ।
पूर्व-पश्चिम राजमार्गलाई विस्थापन गर्नेगरि पूर्व-पश्चिम रेलवे निर्माण हुँदैछ भन्ने धारणा गलत हो । सडक र रेलवे समानान्तर विकास गर्न सकिन्छ । पूर्व-पश्चिम रेलवेलाई काठमाडौंसँग जोड्नुपर्छ । काठमाडौंसँग पूर्व-पश्चिम रेलवे जोडिँदा काठमाडौं र काठमाडौं बाहिरको अर्थतन्त्रमा समान योगदान पुग्छ ।
पूर्व-पश्चिम, काठमाडौं केरुङ, बीवरगञ्ज-काठमाडौं रेलवे हाम्रो आवश्यकता हुन् । यी तीन वटै रेलवे लाईन एक अपासमा जोडिएनन् भने हाम्रो समग्र रेल सञ्जाल फेल हुनसक्छ ।
रेलवे यातायातको सुरक्षित साधन पनि हो । रेलवे छिटो साधन पनि हो । अहिले पूर्वको झापाबाट पश्चिमको कञ्चनपूर पुग्न १८ घण्टा भन्दा धेरै समय लाग्छ । तर, रेलेवे भयो भने यो दुरी बढीमा ६ घण्टामा पार गर्न सकिन्छ । अहिले ट्रक र लरीमा सामान ओसार पसार गर्ने गरिन्छ ।
यसरी सडकबाट सामान ओसार पसार गर्दा ढुवानी समय र खर्च दुवै बढ्छ । रेलबाट छोटो समयमा धेरै सामान ढुवानी गर्न सकिन्छ यसले लागत घटाउँछ । लागत घट्नु भनेको उपभोक्ताले समाना सस्तोमा खरिद गर्न पाउनु हो । तसर्थ पूर्व–पश्चिम रेलवे हाम्रो अर्थतन्त्रलाई थप चलायमान बनाउन पनि चाहिन्छ ।
निश्चय नै रेल बनाउन नेपालले धेरै रकम खर्च गर्नुपर्छ । तर आज धेरै खर्च गरेर भोलीको अर्थतन्त्र र पूर्वाधार विकास बलियो हुन्छ भने नेपालले रेल बनाउनु पर्छ ।
देशभर विकास भईरहेका बृहत सडक सञ्जाल रेलवेमा जोडिएपछि मानिसले रोजगारी पनि पाउँछन् । यस बाहेक अन्यत्र निर्माण भईरहेका सडक सञ्जालले अन्तर गाउँ या अन्तर जिल्लाको अर्थतन्त्र चलायमान बनाउन सक्छ ।
अर्थतन्त्रमा भनिन्छ सप्लाई क्रियट्स डिमाण्ड । तसर्थ रेलवे र सडक सञ्जालले उत्पादन सप्लाई गर्छन् । अहिले हाम्रो सप्लाई नै कम छ । र, डिमाण्ड पनि कम छ । सप्लाई बढेपछि डिमाण्ड पनि स्वतः बढ्छ ।
पूर्व-पश्चिम रेलवे हाम्रो रेलवे सञ्जालको मेरुदण्ड हो । भारत तथा चीनबाट आउने भनिएको रेलवेलाई जसरी पनि हामीले पूर्व-पश्चिम रेलवे संञ्जालमा जोडनुपर्छ । पूर्व-पश्चिम, काठमाडौं केरुङ, बीवरगञ्ज-काठमाडौं रेलवे हाम्रो आवश्यकता हुन् । यी तीन वटै रेलवे लाईन एक अपासमा जोडिएनन् भने हाम्रो समग्र रेल सञ्जाल फेल हुनसक्छ ।
के यी तीन वटै रेलमा यात्रा गर्ने मानिस कति हुने भन्ने पनि चुनौति छ । विदेशतिर यात्रु धेरै हुने समयमा धेरै डब्बा जोडेर रेल सञ्चालन गर्ने गर्छन् । यात्रु कम हुने समयमा थोरै डब्बा राखेर रेल सञ्चालन गरेका उदाहरण पनि छन् ।
यस बाहेक रेल निर्माण र संञ्चालन खर्चिलो छ । सरकारले निर्माण गरिसकेपछि रेलवे संञ्चालको लागि खर्च जुटाउने उपाय पनि आजैबाट अवलम्बन गर्नुपर्छ ।
चीनले बनाउन भनिएको रेलवे वान बेल्ट वान रोड अन्तर्गतको परियोजना हो । यही परियोजना अन्तर्गत पूर्वाधार विकास गरेका पाकिस्तान र श्रीलंका ऋणमा डुबेका छन् । यो चुनौति पनि हामीले हेर्नुपर्छ ।
एकथरी मानिसमा भारत तथा चीनबाट रेल आयो भने हामीले ती देशमा पठाउने उत्पादन हुँदैन भन्ने आवज पनि उठाई रहेका छन् । यो सहि हो हामीसँग ती देशमा पठाउने उत्पादन पर्याप्त मात्रामा छैन । उत्पादन विकासमा सरकार तदारुकताका साथ लाग्नु पर्छ ।
तर, अर्को फाईदा पनि छ । नेपाल चीन र भारतको व्यापरीक बिन्दु बनेर पनि फाईदा लिन सक्छ । चीनले पनि भारतको बजार र जनसंख्या हेरेर नै नेपालमा रेल निर्माण गर्ने प्रयास थालेको छ । चीनले बनाने भनेको रेलवे निर्माण खर्चिलो हुने पनि देखिएको छ ।
यति धेरै लगानी गरेर नेपाललाई के फाईदा ? भन्ने प्रश्न उब्जिएको छ । प्रश्नको जवाफ सजिलो छैन । तर रेलवे निर्माण हुँदासाथ रोजगारी र व्यापारीक कारोबार बढ्ने चैँ पक्का हुन्छ ।
दुई देशबाट रेल आउँदा हाम्रो वैदेशिक व्यापारमा पनि प्रतिस्पर्धा सिर्जना गर्छ ।
प्रदेशहरुलाई आर्थिक रुपमा शशक्त बनाउन पनि रेलवे चाहिन्छ । प्रदेश भित्रको सडक सञ्जाललाई रेलवेमा कनेक्ट गरायो भने हाम्रो आफ्नै उत्पादन पनि एक ठाउँबाट अर्कोठाउँमा पुग्छ ।
अहिले हामीले ऋण लिएर पनि हामी कसरी र कति समयमा तिर्न सक्छौ भन्ने योजना सरकारले बनाउनुपर्छ । पूर्वाधार विकासमा पहिलो चरणमा खर्च देखिए पनि भविष्यमा त्यसले फाईदा नै गर्ने गर्छ ।
अब हामीले ख्याल गर्नुपर्ने कुरा रेलवे सञ्जालसंग प्रत्येक प्रदेशले आफ्नो सडक सञ्जाल जोड्नुपर्छ । यसको तयारी अहिलेदेखि नै गर्नुपर्छ ।
चीनले बनाउन भनिएको रेलवे वान बेल्ट वान रोड अन्र्तगतको परियोजना हो । यही परियोजना अन्र्तगत पूर्वाधार विकास गरेका पाकिस्तान र श्रीलंका ऋणमा डुबेका छन् । यो चुनौति पनि हामीले हेर्नुपर्छ । अहिलेको समय ऋणको समय होइन यो समय ट्रेडको सम हो ।
अहिले हामीले ऋण लिएर पनि हामी कसरी र कति समयमा तिर्न सक्छौ भन्ने योजना सरकारले बनाउनुपर्छ । सरकारले सार्वजनिक गरेको बजेटबाट हामी कहिल्यै पनि रेल बनाउन सक्दैनौ ।
ऋण लिएर भए पनि पूर्वाधार विकास गर्नुपर्छ । पूर्वाधार विकासमा पहिलो चरणमा खर्च देखिए पनि भविष्यमा त्यसले फाईदा नै गर्ने गर्छ ।
काठमाडौँंमा मोनो कि मेट्रो रेल ?
अहिले काठमाडौंमा मेट्रो रेल बनाउने चर्चा चलेको छ । नागढुगांबाट धुलिखेलसम्म सञ्चालन गर्ने भनिएको मेट्रो रेलको डिपिआर तयार गर्ने कार्यमा सरकार लागेको छ ।
नागढुंगा र धुलिखेलमा ठूलो वसपार्क निर्माण गरिने छ । ती बसपार्कमा पूर्व र पश्चिमबाट आएका यात्रुबाहक सवारी साधन रोकिने छन् । काठमाडौं छिर्ने सबै यात्रु मेट्रो रेल चढेर आउने छन् । यसले राजधानीको ट्राफिक व्यवस्थान पनि भयो अर्कोतर्फ मेट्रो रेलले आफ्नो लागि यात्रु पनि पायो ।
यातायातका पूर्वाधार नै विकास गरिएन भने कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ? एक स्थानको उत्पादन अर्को स्थानमा पुर्याउन र मानिसको चहलपहल बढाउन पनि यातायातका पूर्वाधार विकास गर्नै पर्छ ।
यस बाहेक काठमाडौंमा मोनो रेल पनि चर्चा चल्ने गर्छ । मोनोरेल सरकारले प्राथमिकतामा राखेको छैन । मानोरेल नीजी क्षेत्रले प्रस्ताव गरेका विषय हो । मोनो रेल मास ट्रान्सपोटका लागि उपयुक्त यातायातको साधन पनि हैन । काठमाडौंभित्र ठूला सवारी साधन भए पुग्छ ।
नागढुंगा धुलिखेल मेट्रो रेल चलेपछि उपत्यकाभित्र ठूला बस मात्रै सञ्चालन गरेपनि यात्रु चाप धान्न सकिन्छ ।
आजको आवश्यकता र अवस्था हेरेर मात्रै सडक र रेल निर्माण खर्चिलो भयो भन्नु उपयुक्त हुँदैन । आज खर्च गरेपछि मात्रै भोलि नाफा कमाउन सक्ने हो । यातायातका पूर्वाधार नै विकास गरिएन भने कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ? एक स्थानको उत्पादन अर्को स्थानमा पुर्याउन र मानिसको चहलपहल बढाउन पनि यातायातका पूर्वाधार विकास गर्नै पर्छ ।
हाम्रा परियोजनाको चुनौति भनेको समयमा निर्माण कार्य सकिन्छ कि सकिँदैन भन्ने हो । मेलम्ची खानेपानी अयोजना, नारयणघाट मुग्लिन सडक खण्ड यसका उदाहरण हुन् ।
परियोजना समयमा सकिएन भने त्यसको आर्थिक भार पनि धेरे पर्न जान्छ ।
उदाहरणका लागि अहिले नारायणघाट मुग्लिन सडकखण्डमा पहिरोको समस्या देखिएको छ । यसले हाम्रो अध्ययनमा कमजोरी भएको देखाउँछ । सडक या रेलवे निर्माण गर्ने स्थानको भौतिक संरचनाको गहन अध्ययन गर्नुपर्छ ।
प्रस्तुतिः सागर चन्द