चीनले रेल्वेको क्षेत्रमा किन बढाउँदै छ लगानी ?




काठमाण्डौं। सन् २०१५ मा चीनले बेइजिङको द्रुत गतिको रेलमा युरोपका १६ जना नेतालाई एकैसाथ यात्रा गराएको थियो । यो यात्रामा चीनले युरोपियन नेतालाई चीनको रेल प्रविधिको बारेमा मात्रै बताएन, आफ्नो रेल राजनीति पनि देखायो ।

युरोपबाट विकसित भएको रेल प्रविधिलाई युरोपले हवाई जहाजमा पुर्यायो । तर, यता चीनले भने त्यही रेल प्रविधिलाई विकसित र आधुनिक बनायो । आज चीन यही रेल प्रबिधिको भरमा विश्वभर आफ्नो प्रभुत्व विस्तार गर्दैछ ।

तीब्र गति र आधुनिक शैलीका रेल निर्माण गरेर चीनले आफ्नो रेल प्रबिधि देखाइसकेको छ । यस बाहेक अग्ला पहाड र समुन्द्रमा पनि रेल सञ्चालन गरेर चीनले रेलको महत्व पनि देखाएको छ ।

रेलमा गरेको लगानीबाट चिनियाँलाई नाफा कति ?
चीनको रेल हेर्ने सरकारी निकाय चीन रेल्वे कर्पोरेसनले (सीआरसी) ले सन् २०१७ मा ९.५ विलियन अमेरिकी डलर नाफा कमाएको थियो । सन् २०१७ मा उसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऋण प्रवाहमा समेत ३० प्रतिशतले बृद्धी भएको थियो ।

सीआरसीले सन् २०१७ मा ८ सय विलियन युआन लगानी गरेर ३ हजार ३८ किलोमिटर नयाँ रेलवे ट्रयाक विस्तार गरेको थियो । अहिले चीनमा १ लाख २७ हजार किलो मिटर लामो रेल्वे सञ्जाल छ । जसमध्ये २५ हजार किलोमिटर लामो रेल्वे ट्रयाक द्रुत गतिको रेल सञ्चालनका लागि हो ।

यस बाहक सन् २०१८ मा चीनले आफ्नो द्रुत गतिको रेल्वे लाईनमा बृद्धी गर्दै ३५ हजार किलो मिटर पुर्याउने बताएको छ ।

चीनले २०२० सम्ममा आफ्नो रेल्वे सञ्जाल १ लाख ५० हजार किलो मिटर लामो बनाईसक्ने छ । द्रुत गतिको रेल्वे लाईन पनि ३० हजार किलो मिटर पुर्याउने छ । द्रुत गतिको रेल्वे लाईनले मात्रै चीनका ८० प्रतिशतभन्दा धेरै सहर जोड्ने छ ।

चीनले सन् २०१८ मा रेल्वे क्षेत्रमा १ सय १३ विलियन डलर लगानी गर्नेछ । यससँगै चीनमा रेलमार्गबाट आउने पर्यटकको संख्या पनि ३.२५ विलियन पुग्ने चीनले अपेक्षा गरेको छ । रेल्वे लाईन विस्तारसँगै उसले रेल कार्गोको मात्रा पनि ३.०२ मेट्रिक टन पुर्याउने छ ।

चीनले २०२० सम्ममा आफ्नो रेल्वे सञ्जाल १ लाख ५० हजार किलो मिटर लामो बनाईसक्ने छ । द्रुत गतिको रेल्वे लाईन पनि ३० हजार किलो मिटर पुर्याउने छ । द्रुत गतिको रेल्वे लाईनले मात्रै चीनका ८० प्रतिशतभन्दा धेरै सहर जोड्ने छ ।

युरो–एसिया रेलमा चिनियाँ चासो
आन्तरिक रेलवे सञ्जाल बिस्तारमा मात्रै होईन अन्तर्राष्ट्रिय रेल्वे सञ्जाल बिस्तारमा पनि चीन उत्तिकै अग्रसर छ । चीन देश बाहिरपनि ‘प्रोरेल पोलिसी’ अपनाईरहेको छ ।

चीनले युरोप, एसिया र अमेरिकाका देशमा पनि रेलवे परियोजना विस्तार गरिसकेको छ । चीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रेलमा ठूलो लगानी गर्ने पहिलो देश हो ।

चीनले आफ्नो रेल सञ्जाल बेलारुस, जर्मन, काजकिस्तान, मंगोलिया, पोल्याण्ड र रुसमा पनि पुर्याईसकेको छ ।

युरो–चाईना कार्गो रेल्वे का लागि चीनले यो क्षेत्रका रेल्वे लाईनमा व्यापक सुधार गरेको छ । कतिपय स्थानमा नयाँ रेल्वे लाईन बिस्तार गरिएको छ । चीनले आफ्नो महत्वकांंक्षी परियोजना वान बेल्ट वान रोड अन्र्तगत यो रेल सञ्जाल विस्तार गरिरहेको छ ।

गत जुन २१ देखि बेलारुस र चीनबीच रेल यातायत सञ्चालन भईसकेको छ । सन् २०१६ मा मात्रै चीनबाट ४० हजार भन्दा धेरै कन्टेनर बोकेर चिनियाँ रेल जर्मन पुगेका थिए । सन् २०२० मा चीनले १ लाखभन्दा धेरै कन्टेनर जर्मन पुर्याउने छ ।

चीनका लागि युरोपियन युनियन, अमेरिका पछिको दोस्रो ठूलो व्यापार साझेदार हो । चिनियाँ निर्यातको लागि ठूलो केन्द्र पनि हो । अहिले अमेरिकासँग देखिएको व्यापार समस्याको विकल्प पनि युरोप हो । सन् २०१६ मा मात्रै चीनले युरोपमा १ सय ७४ विलियन डलर बरारबरको समान निर्यात गरेको थियो ।

वान बेल्ट वान रोडको परियोजनामा कटिबद्ध रहेको चीनले एसिया र युरोपका ६५ भन्दा धेरै देशमा आफ्नो रेल सञ्जाल पुर्याउने लक्ष्य लिएको छ ।

सन् २०२७ सम्ममा चीनले युरोपमा बार्षिक २ मिलियन भन्दा धेरै कन्टेनर सामान निर्यात गर्नेछ ।

वान बेल्ट वान रोडको परियोजनामा कटिबद्ध रहेको चीनले एसिया र युरोपका ६५ भन्दा धेरै देशमा आफ्नो रेल सञ्जाल पुर्याउने लक्ष्य लिएको छ ।

चीनले पहिलो अन्तर महादेशीय रेल्वे लाईन विस्तार गरेसँगै सन् २०११ यता २७ वटा चिनियाँ सहर युरोपका २८ वटा सहरसँग सिधा रेल सम्पर्कमा जोडिएका छन् ।

चीनले यही वर्षको जनवरी १८ तारिखमा पहिलोपटक लण्डनको लागि कार्गो रेल पनि सञ्चालन गरिसकेको छ ।

लण्डनका लागि पूर्वी चीनबाट छुटेको उक्त रेल १८ दिनमा १२ हजार किलो मिटर दुरी छिचोल्दै, आठ वटा देश पार गर्दै लण्डन पुगेको थियो ।

सेन्ट्रल एसियामा चीनले पहिलो चरणमा अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानलाई रेल्वे सञ्जालमा जोड्दै छ ।

अफगानस्तानमा निर्माणाधिन रहेको रेल्वे लाईन इरान र पाकिस्तानको बन्दरगाहसम्म पुग्नेछ । यो परियोजनाका लागि चीनले ५ बिलियन अमेरिकी डलर लगानी गरिसकेको छ । ७ सय किलो मिटर भन्दा लामो हुने यो रेल्वे लाईन चीनको वान बेल्ट वान रोड परियोजनाको महत्वपूर्ण भाग हो ।

चीनले इरानमा २ विलियन युरो रकम बराबरको रेल्वे लाईन निर्माणको लागि सम्झौता गरिसकेको छ । यो परियोजना मध्ये पूर्वलाई बेईजिङसँग जोड्ने मार्गको रुपमा विकास हुनेछ । ५ सय ७० किलो मिटर लामो यो रेल्वे लाईन तेहरान, कोर्सावी हुँदै इराकको सीमासम्म पुग्ने छ ।

मध्य पूर्वको करिडोरको रुपमा यो लाईन इराक इरान हुँदै सिरियासम्म पनि पुग्ने अनुमान गरिएको छ ।

नेपालमा आउँदैछ चिनियाँ रेल
२०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चिनियाँ रेल ल्याउने कुरा गरे । चीनले आफ्नो रेल्वे सञ्जाल बिस्तार गर्दै गरेको समयमा ओलीले नेपालमा चिनियाँ रेल ल्याउने कुरा गरेपछि चिनियाँ पक्ष खुलेर अगाडि आयो ।

त्यसमाथि चीनले ल्हासाबाट तिब्बतसम्म पुर्याईसकेको आफ्नो रेल सञ्जाललाई सन् २०२० सम्म नेपाल चीन सीमा केरुङसम्म ल्याउने बताएपछि नेपाली पक्ष पनि ढोकैमा आईपुगेको चिनियाँ रेल भित्र्याउन आतुर भएको देखिन्छ ।

विश्वभर फैलिरहेको चिनियाँ रेलको नेपालमा पनि चर्चा हुनु स्वभाविक हो । तर, अझै पनि चिनियाँ रेलको लागत कति हुने भन्ने तय भएको छैन । अझ उक्त रेल्वे निर्माणको लागत कसले बेहोर्ने भन्ने पनि टुङ्गो लागेको छैन ।

पछिल्लो समय वर्तमान प्रधानमन्त्री ओली आफ्नो पहिलो पटकको प्रधानमन्त्रित्व कालमा चिनियाँ रेल ल्याउने घोषणा गरेको आफ्नो वाचा पूरा हुनेमा विश्वस्त छन् । भर्खरैको चीन भ्रमणमा उनले केरुङबाट काठमाडौंसम्म चिनियाँ रेल ल्याउने बिस्तृत परियोजना प्रतिवेदमा समेत हस्ताक्षर गरेर आईसकेका छन् ।

विश्वभर फैलिरहेको चिनियाँ रेलको नेपालमा पनि चर्चा हुनु स्वभाविक हो । तर, अझै पनि चिनियाँ रेलको लागत कति हुने भन्ने तय भएको छैन । अझ उक्त रेल्वे निर्माणको लागत कसले बेहोर्ने भन्ने पनि टुङ्गो लागेको छैन ।

यसअघि विभिन्न चरणमा चिनियाँ तथा नेपाली प्राविधिक टोलीले गरेको अध्ययन अनुसार ४ खर्ब रुपैयाँ लागत लाग्ने देखिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गका अधिकांश स्थानमा सुरुङ निर्माण गर्नु पर्ने यस अघिका अध्ययनले देखाएको छ । केरुङ हुँदै काठमाडौं आउने रेलको अन्तिम बिन्दु काठमाडौंको टोखा हुनेछ । सो मार्गमा ६ वटा स्टेशन रहने छन् । रेलमार्गको कूल लम्बाई ७२ देखि ८० किलोमिटरसम्म हुने बताइएको छ ।

केरुङबाट सुरु भएको रेल नेपाल भारत सीमा लुम्बिनीसम्म पुगोस् भन्ने चाहना चीनको रहेको छ । रेल विभागले गत वर्षको मंसिरमा चिनियाँ प्राविधिक टोलीसँग एकसाता लामो छलफल गरेको थियो ।

चिनियाँ टोलीले केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र पोखरा–लुम्बिनी खण्डको स्थलगत निरीक्षण गरेको थियो ।

चीनले आफ्नो महत्वकांक्षी योजना वान बेल्ट वान रोडको माध्यमबाट युरोप र अफ्रिकालाई रेल तथा सडक सञ्जालमा जोड्न चाहेको छ । नेपालले पनि गत वर्ष वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर गरिसकेको छ ।

केरुङ हुँदै काठमाडौं आउने रेलको अन्तिम बिन्दु काठमाडौंको टोखा हुनेछ । सो मार्गमा ६ वटा स्टेशन रहने छन् । रेलमार्गको कूल लम्बाई ७२ देखि ८० किलोमिटरसम्म हुने बताइएको छ ।

चीनले केही वर्ष अगाडि सार्वजनिक गरेको वान बेल्ट वान रोड प्राचिन व्यापारिक मार्ग ‘सिल्क रोड’को नवीनतम रुप हो । सडक तथा रेल र समुद्री मार्गको माध्यमबाट चीनले आफूलाई मध्य एसिया र मध्यपूर्वी एसियाका देश, युरोप र अफ्रिकासम्म जोड्न चाहेको छ ।

चीनको अर्थ राजनीति
आर्थिक रुपान्तरण र तीब्र बृद्धि दरले चीन अहिले विश्व अर्थतन्त्रको केन्द्रमा पुगेको छ । अहिले चीन आफ्नो पैसा र निर्माण सामथ्र्यलाई प्रयोग गरी युरेसिया क्षेत्रमा बन्दरगाह, सडक र रेल निर्माण गर्न खोजिरहेको छ ।

चीनले मध्य एसियाभर बिस्तार गरिरहेको तेल तथा ग्याँस पाइपलाइनहरु र हिन्द महासागर अन्तर्गत पाकिस्तान र श्रीलंकामा रहेका बन्दरगाहहरुले सैन्य तथा व्यापारिक स्वार्थहरु पनि पूर्ति गर्न सक्ने ठानिएको छ ।

वान बेल्ट वान रोडलाई भू–राजनीतिसँग नजोड्न आग्रह गर्दै उसले यो परियोजनालाई ‘सिल्क रोड’ पनि भनिरहेको छ ।

उक्त बाटो हुँदै एक हजार वर्षभन्दा अघि ऊँटहरुको लस्करले चिनियाँ सामाग्रीहरु एसियाको पश्चिमतर्फको बजारमा पुर्याउने गथ्र्याे ।

चीनको मुख्य उद्देश्य आफ्नो गैरसैनिक सामथ्र्य भनिने ‘सफ्ट पावर’ मजबुत बन्दै गएको र शान्तिपूर्ण रुपमा आपसी लाभ लिने गरी काम गर्न आफ्नो देश तयार रहेको सन्देश दिनु रहेको छ ।

तर ‘बेल्ट एण्ड रोड’ अवधारणा प्राचिनकालको ऊँटहरुको लावालस्कर भन्दा निकै महत्वकांक्षी रहेको छ ।

स्थलमार्ग र समुद्री मार्ग दुबैको प्रयोग गरी यातायात सञ्जाल विस्तार गर्ने, दूरसञ्चार, इन्धन पाइपलाइन र औद्योगिक केन्द्रहरुको स्थापना गर्ने लक्ष्य चीनको छ । यो परियोजनामा विश्वको झण्डै ६० प्रतिशत जनसंख्या सामेल हुने बताईएको छ ।

गत वर्ष चीनको सरकारी समाचारपत्र चाइना डेलीले आफ्नो अनलाइन संस्करणमा एक जना अमेरिकी पिताले आफ्नी छोरीलाई सुत्ने बेला सुनाइने कथामा ‘वेल्ट एण्ड रोड’लाई ‘विश्वका लागि चीनले ल्याएको योजना’का रुपमा प्रस्तुत गरिरहेको भिडियो समेत राखेको थियो ।

चीनमा म्युजिक भिडियोमा समेत ‘वान बेल्ट एण्ड रोड’को गुणगान गाउँदै गीत गाइरहेको देखाउन थालिएको छ ।

‘हामी नयाँ सडक बनाउँदैछौँ, धेरै बन्दरगाहहरु निर्माण गर्दैछौँ र सबै प्रकारका मित्रहरुका लागि नयाँ विकल्पहरु खोज्दैछौँ, यो संस्कृतिको आदानप्रदान हो, हामी हाम्रो धनलाई खर्च गरेर हाम्रो मुटुहरु जोड्दैछौँ र हाम्रो स्वास्थ्यलाई बलियो बनाउँदैछौँ,’ भिडियोमा भनिएको छ ।

पछिल्ला केही वर्षमा चिनियाँ घरेलु अर्थतन्त्र सुस्ताउँदै गएको छ र ‘वान बेल्ट एण्ड रोड’ अन्तर्गत चिनियाँ निर्माण क्षमतालाई अन्यत्र निर्यात गर्दा त्यसले घरेलु अर्थतन्त्रलाई तत्कालीन तथा मध्यम अवधिका निम्ति बढावा दिने देखिन्छ ।

चिनियाँ रेल निर्माण गर्दा अनुदान या ऋण भन्ने प्रश्न पनि उठेको छ । चिनियाँ ऋण लिएर पूर्वाधार विकास गरेका पाकिस्तान, श्रीलंका जस्ता देश अहिले चीनको आर्थिक उपनिवेश जस्तै भएका छन् । कतै, हामी चीनको आर्थिक उपनिवेश बन्ने त होइनाैं ?

यस बाहेक पछिल्लो केही समययता अमेरिकासँग चीनको बिंग्रदो सम्बन्धका कारण पनि चीन आफ्नो व्यापार अन्यत्र स्थानान्तरण गर्न चाहन्छ ।

चीन आफ्नो सफ्ट पावर अर्थात व्यापार मार्फत आफ्नो प्रभुत्व विस्तार गर्न चाहन्छ । जसका लागि उसले आफ्नो देशको उत्पादन आफैले बनाएको उच्च प्रविधियुक्त रेल मार्फत बेच्न खोजिरहेको छ ।

तर, महत्वपूर्ण प्रश्न के चीनले हाम्रो भूमी प्रयोग गरेर भारतसँग व्यापार गर्न खोजेको त होईन ? अथवा हामी भारत र चिनियाँ सामाग्री ओसारपसार गर्ने मार्ग वा प्लेट फर्म मात्रै त बन्ने छैनाैं ?

यस बाहेक चिनियाँ रेल निर्माण गर्दा अनुदान या ऋण भन्ने प्रश्न पनि उठेको छ । चिनियाँ ऋण लिएर पूर्वाधार विकास गरेका पाकिस्तान, श्रीलंका जस्ता देश अहिले चीनको आर्थिक उपनिवेश जस्तै भएका छन् । कतै, हामी चीनको आर्थिक उपनिवेश बन्ने त होइनाैं ?

(रेल जर्नल डट कम, रेलवे प्रो डट कम, बीबीसी डट कम, चाईना डेली डट कम, फाईनान्सियल टाईम्स, आईआरएस लगायतका संञ्चारमाध्यमको सहयोगमा ।)


क्लिकमाण्डू