नेपालमा अमुल दूधको बिजनेश गर्ने हो ? ३ लाख मै खोल्न सकिन्छ फ्रेञ्चाईज



काठमाडौं । ठूला र स्थापित ब्राण्डसँग प्रतिसपर्धा गर्न कठिन हुन्छ । तर ठूलै ब्राण्डको नाम लिएर भने व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका तर ब्राण्ड नेम नपाएका व्यवसायीले अमूल दुधको फ्रेञ्चाईज सञ्चालन गर्न सक्छन् ।

दुग्धजन्य उत्पादन विक्रि गर्ने अमूल भारतको ठूलो ब्राण्ड हो । डेरी बिजनेस गर्ने सोचमा रहेका व्यवसायीले अमूल कम्पनीलाई फ्रेञ्चाईजका लागि निवेदन दिन सक्छन् ।

अमूलले अहिले ठूलो संख्यामा फ्रेञ्चाईज दिने तयारीमा रहेको छ ।

करिब ३ लाख रुपैयाँमा अमूल दुधको फ्रेञ्चाईज लिन सकिन्छ । अमूल प्रिफेयरड आउटलेट वा अमूल क्युसेकको फ्रेञ्चाईज लिन सकिन्छ । फ्रेञ्चाईज लिदाँ फिर्ता नहुने गरि ४० देखि ८० हजार रुपैयाँसम्म ब्रान्ड सेक्युरेटीको रुपमा तिर्नुपर्ने हुन्छ ।

यस बाहेक रेनोभेसन र इक्युपमेन्टका लागि रकम १ लाख साठी हजार देखि ६ लाख रुपैयाँसम्म खर्च लाग्छ । अमूल आईसक्रिम स्कूपिङ पार्लर लिने भए ९ लाख ५० हजार रुपैँयासम्म लागत लाग्न सक्छ ।

अमूलको आउटलेट लिएपछि अमूलका उत्पादनमा लेखिएको मूल्यमा कमिशन पाईन्छ । एक प्याकेट दुधमा २.५ प्रतिशतसम्म कमिशन पाईन्छ । त्यस्तै अन्य दुग्ध उत्पादनमा १० प्रतिशत र आईसक्रिममा २० प्रतिशत कमिसन उपलब्ध हुन्छ ।

अमूल स्कूपिङ आईसक्रिम पार्लरको फ्रेञ्चाईज लिँदा रेसीपी बेस्ड आईसक्रिम, आइसक्रिम, शेक, पिज्जा, स्याण्डविच, हट चकलेट ड्रिकं जस्ता खाद्य पदार्थमा ५० प्रतिशतसम्म कमिसन पाईन्छ ।

त्यस्तै अमूलको सामान्य आईसक्रिम पार्लरमा आईसक्रिम बेच्दा २० प्रतिशत सम्म कमिशन पाईन्छ । अमूलको फ्रेञ्चाईज लिएर मासिक ८ लाख देखि १५ लाख रुपैयाँ नाफा कमाउन सकिन्छ ।

अमूलको आउटलेट लिनको लागि कम्तीमा १ सय ५० वर्ग फिटदेखि ३ सय वर्गफिट सम्मको क्षेत्रफल आवश्यक हुन्छ ।

एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल