माथिल्लो तामाकोशीको १ कित्ता सेयर किन्दा २ रुपैयाँ घाटा !

लागत बढेर ७० अर्ब पुग्ने, यस्ता छन् आयोजना ढिलो बन्नुका ९ कारण

क्लिकमान्डु २०७५ असार १२ गते ११:२५ मा प्रकाशित

काठमाडौँ । वि.सं. २०६६ मा माथिल्लो तामाकोशी आयोजना सुरु गर्दा धेरैलाई लागेको थियो यो शेयर बजारको ‘ब्लू चिप्स’ बन्न सक्छ । धेरैले आयोजनाका लागि भनेर शेयर हाल्ने पैसा जम्मा पनि गरेका थिए ।

३५ अर्ब लागतमा ४५६ मेगावाटको उक्त आयोजना बन्ने भनिएको थियो । तर, आयोजनाको लागत बढेर ७० अर्ब रुपैयाँ पुग्ने देखिएको छ ।

भूकम्प र भारतको नाकाबन्दीको कारण देखाएर आयोजनाको लागत र समय बढ्दै गयो । निर्धारित मितिमा नै आयोजना सम्पन्न हुन सकेको भए आयोजना २०७२ असारमा नै सकिनु पर्दथ्यो । तर भएन ।

२०७३ असारमा त जसरी भएपनि आयोजना सम्पन्न गर्छौ भनेर नेपाल विद्युत् प्राधिकरणले नयाँ मिति सार्वजनिक गर्यो । तर अहँ त्यो समयमा पनि भएन ।

सरकारले पछिल्लो पटक सो आयोजना सम्पन्न हुने मिति सार्दै सार्दै मंसिर मसान्त पुर्याएको छ । सो समयमा समेत आयोजना सम्पन्न हुने छाँटकाट छैन ।

आजको दिनमा १०० रुपैयाँको एक कित्ता सेयर किन्ने लगानीकर्ताले प्रतिसेयर २ रुपैयाँ घाटा खानुपर्छ । आगामी आर्थिक वर्षमा समेत एक कित्ता सेयर किन्नेल ३० पैसा घाटा खानुपर्ने आयोजनाले प्रकाशित गररेको वित्तीय विवरणमा उल्लेख छ ।

कारण जे जस्तो देखाइए पनि आयोजनाको लागत बढ्दै गएर ७० अर्ब रुपैयाँ पुग्ने देखिएको छ । आयोजनाको व्याज तथा डलरमा दिनुपर्ने भुक्तानीका कारण लागत बढ्दै गएको हो । सुरुमा ३५ अर्बमा सुरु गरिएको आयोजनाको लागत बढेर दोब्बर भएको हो ।

नेपाली लगानीमा नै निर्माण सुरु भएको आयोजना प्रति धेरै मानिसको आर्कषण पनि थियो । धेरैले आयोजनालाई सकारात्मक रुपमा नै हरेका थिए । तर आजको दिनमा आइपुग्दा ४५६ मेगावाट क्षमताको सो आयोजनाको अवस्था अन्य आयोजना भन्दा फरक हुने देखिएको छैन ।

आजको दिनमा १०० रुपैयाँको एक कित्ता सेयर किन्ने लगानीकर्ताले प्रतिसेयर २ रुपैयाँ घाटा खानुपर्छ । यस्तै त्यो घाटा आगामी दिनमा समेत रहने छ । आगामी आर्थिक वर्षमा समेत एक कित्ता सेयर किन्नेल ३० पैसा घाटा खानुपर्ने आयोजनाले प्रकाशित गररेको वित्तीय विवरणमा उल्लेख छ ।

आयोजनालाई ब्लू चिप्स मानेर लगानी गर्ने लगानीकर्ता नराम्ररी घाटामा पर्ने आयोजनाले आज सार्वजनिक गरेको विवरणपत्रमा नै उल्लेख छ ।

आयोजनाको सञ्चालक समितिले पारित गरेको तथ्यांकलाई नै हेर्ने हो भने पनि ४९ अर्ब २९ करोड ५५ लाख लागत पुगिसकेको छ ।

आयोजनाबाट १० पुस ०७२मा ३०९ मेगावाट र ३० असार ०७३मा ४५६ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखिएको थियो ।

तर, भुकम्प र र भुकम्प आउनुभन्दा अघिका विभिन्न कारले निर्माणमा प्रतिकूल असर परेकाले लक्षित मितिमा व्यापारिक उत्पादन गर्न नसकिने अवस्था देखिएको हो ।

सुरुमा सबै ठेक्का सम्झौता भइसकेपछि १८ चैत ०७२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय भएको थियो । तर विभिन्न कारणले म्याद बढ्न गएपछि सम्पूर्ण निर्माण र जडान १६ पुस ०७३ सम्पन्न गर्ने गरि नयाँ कार्यतालिका तय गरिएको थियो ।

सो तालिकामा पनि काम हुन सकेन । भुकम्प र नाकाबन्दीले काममा प्रतिकूल प्रभाव परेपछि अहिले असार आव ०७४/७५ भित्र सम्पन्न गर्ने अर्को लक्ष्य तय गरियो । सो अवधिमा पनि काम सम्पन्न नहुने भएपछि अर्को मिति तय गरियो । त्यो भनेको २०७५ मंसिर मसान्त भनिएको छ । सो समयमा समेत आयोजना सकिने अवस्था छैन ।

निर्माण अवधि बढ्दै गएपछि आयोजनाको लागत पनि बढ्ने भएको छ । स्वदेशी लगानमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैया रहेको थियो ।

निर्माण अवधि लम्बिंदा निर्माण सुपरिवेक्षण परामर्शसेवा (कन्सल्टेन्सी) र प्रशासनिक खर्च बढेर लागत बृद्धि भएको हो ।

मुल्यबृद्धि, मुख्य सुरुङको डिजाइन संसोधन, हेडवक्र्समा केही सिभिल कार्यको परिणामा बृद्धि, करका दायरामा बृद्धि लगायतलेआयोजनाका लागत बढेको हो । भुकम्पले अस्थायी तथा स्थायी संरचना र केही सिभिल संरचनामा समेत क्षति पुरयाएको थियो ।

भूकम्पले सिंगटीदेखि बाँधस्थल लामावगरसम्मको प्रवेशमार्गको २९ कि.मि. सडकखण्ड बढी प्रभावित गरेको थियो ।

यी हुन् आयोजना ढिलो बन्नु र लागत बढ्नुका ९ कारण

१.गत वर्षको १२ वैशाखको भुकम्पपछि आयोजनाका मुख्य संरचनाको निर्माण ठप्प भएको थियो । भुकम्पछि आएको बाढी पहिरोले आयोजना स्थल पुग्ने प्रवेश मार्गमा थप क्षति पुग्दा सवारी साधन बन्द भएको थियो । आयोजनास्थलमा बाढी र पहिरोको जोखिम बढ्न गई ठेकेदारका सबैजसो कर्मचारी र कामदारले निर्माण स्थल छोडेका थिए ।

२. संविधान निर्माण पछि भारतले २०७२ साउनदेखि गरेको नाकाबन्दीले डिलेज/पेट्रोल र निर्माण सामग्रीको आपूर्तिमा समस्या उत्पन्न भयो ।

३. सरकारी निकायले निर्माण उपकरण तथा विश्फोटक पदार्थ आयातको लागि सिभिल ठेकेदारलाई अनमति दिन ढिलाई गरिदिंदा (करिव ९ महिनासम्म) निर्माणमा सुरुवाती ढिलाई भएको ।

४. ०६८ मा सिभिल निर्माणसँगै समन्वयात्मकरुपमा अघि बढाउनु पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका ठेक्का सम्झौतामा गर्न ढिलाई भएको ।

५. आव ०७०/७१मा मुख्य सुरुङको डिजाइन संसोधन गरिएकाले परिवर्तित संरचना निर्माण गर्न थप समय लागेको ।

६. ०७० मा विद्युत गृहमा देखिएको प्राविधिक समस्या समाधान गर्न र ठेकेदारको आन्तरिक व्यवस्थापकीय कारणले विद्युत गृह निर्माणमा ९ महिना ढिलाई भएको ।

७. प्राविधिक कारणले पेनस्टक स्याफ्ट निर्माणमा ठेकेदारको तर्फबाट १० महिना ढिलाई भएको ।

८. मुख्य सरुङको केही खण्डमा कमजोर भौगर्गिक अवस्थाले कार्य प्रगतिमा कमी आएको ।

९. भारतीय ठेकेदार टेलम्याकोले ३७३ मिटर र ३१० मिटर लामो भर्टिकल सार्प टनेलका लागि आवश्यक पर्ने सामान आयात नगरेको तथा निर्माणमा ढिलाई आयोजनाले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स