प्रधानमन्त्रीलाई पत्रः ऋणमा रेल चाहिन्न हजुर



सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ।

यतिखेर तपाईं पाँच दिने भ्रमणका लागि बेजिङमा हुनुहुन्छ । बेजिङ पुगेर तपाईंले चीन भरपर्दो छिमेकी भएको बताउनु भएको कुरा सार्वजानिक भएको छ । छिमेकीसँग कुटनैतिक सम्बन्ध अझ सुमधुर बनाउन तपाईंले प्रयोग गरेको यो शब्दले ठूलो भूमिका खेल्छ भन्नेमा म विश्वस्त छु ।

तपाईं सपनाको पोका बोकेर चीन भ्रमणमा जानु भएको छ । तपाईं चाहनहुन्छ नेपालमा धेरैभन्दा धेरै चिनियाँ लगानी भित्रियोस् । त्यसका लागि तपाईं जतिसक्दो सजिलो वातावरण बनाइदिन तयार हुनुहुन्छ । यो झन सकरात्मक र सुखद छ ।

म रेल चढ्न आतुर छु । तर, कतै रेल चढेकै कारण मैले मेरो बारीको ढुंगा पनि चीनलाई दिनुपर्ने त होइन भन्ने चिन्ताले मेरो मन हुँडलिरहेको छ । चिनियाँ लगानी भएका हामीजस्ता गरिब देशहरुको अवस्थाको बारेमा अध्ययन गर्नुस् । अनि मात्रै निर्णय लिनुस् ।

किनभने उच्च अंकको आर्थिक वृद्धि, तीब्र गतिको विकास निर्माण र ब्यापक रोजगारी सिर्जना अहिलेको नेपालको आवश्यकता हो । जुन बैदेशिक लगानीबिना संभव छैन ।

बैदेशिक लगानी आकर्षित गर्नका लागि तपाईंले देखिएका अभिव्यक्तिहरुको मुक्तकण्डले प्रसंसा गर्नैपर्छ । राजनीतिक नेतृत्वले यसरी विकास निर्माणका सपना देख्न थालेपछि नै हो मुलुकको आर्थिक विकास हुने । यसमा अरु नेताहरुभन्दा तपाईं केही अगाडि देखिनुहुन्छ ।

हाीलाई थाहा छ, नेपालको संविधानसको दुइतिहाइले बनाएको संविधानप्रति असन्तुष्टि जनाउँदै दक्षिणी छिमेकी देश भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्यो । त्यसैले तपाईंले बेजिङ पुगेर चीन भरपर्दो छिमेकी हो भनेको सुन्दा निकै खुसी लाग्यो । किनभने भारतले हामी नेपालीहरुको विश्वास गुमाइसकेको छ ।

त्यसो त तपाईंले यसअघि प्रधानमन्त्री हुँदा नै चीन भ्रमणमा गएर ब्यापार बढाउने सम्झौता गर्नुभएको थियो । चीनसँग ६ वटा नाका खोल्ने, रेलमार्गले जोड्ने । लगानी भित्र्याउने ।

त्यसको मुल उद्देश्य हो ब्यापारमा भारतसँगको ब्यापार क्रमश कम गर्दै लाने र चीनसँग बढाउँदै लाने ।

भारतले नाकाबन्दी लगाएपछि तपाईं लगातार भारतविरुद्ध खनिनु भयो । भारतले नेपालमाथि गरेको हर्कतको बिरुद्धमा उत्रिने मजस्ता लाखौं सर्वसाधारणको म जित्नुभयो तपाईंले । मन जितेकै कारण चुनाबमा मत पनि जित्नुभयो । र, इतिहासकै सबैभन्दा शक्तिशाली जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभयो । त्यसैले तपाईंप्रति जनताको ठूलो आशा छ । भरोसा छ ।

भारतले नाकाबन्दी लगाएकै बेला तपाईंले भन्नुभएको थियो कि, ‘अब नेपाल-चीन रेलमार्गले जोडिन्छ । र, रेलबाट सररर सामान ल्याइन्छ ।’

उबेला तपाईंको सरकार ९ महिनामै ढल्यो । जसकारण हामीले चिनियाँ रेल चढ्न पाएनौं ।

मेरो आग्रह छ, चीनले अनुदानमा रेल बनाइदिन्छ भने हस्ताक्षर गरेर ओउनुहोस् । नत्र भने हस्ताक्षर नगरी फर्किनुहोस् । चीनले हामीलाई मायाँ गर्छ भने अनुदानमै भएपनि रेल बनाइदिन्छ । आफ्नो फाइदाका लागि ऋण त जस्ले पनि दिन्छ नि होइन र ?

अब भने ५ वर्ष तपाईंको सरकार तपाईकै पार्टीबाहेक अरु कसैले ढाल्न सक्दैन । त्यसैले हामीलाई विश्वास छ । तपाईंकै कार्यकालमा हामी सररर रेल चढेर यात्रा गर्न पाउँछौं ।

मलाई एउटा कुरा जान्न मन लागेको छ, कुन मोडालिटीमा नेपाल चीन रेल बन्दैछ प्रधानमन्त्रीज्यू ? त्यसले नेपाललाई के कस्तो फाइदा हुन्छ ? यसको कुनै अध्ययन भएको छ कि छैन ?

म रेल चढ्न आतुर छु । तर, कतै रेल चढेकै कारण मैले मेरो बारीको ढुंगा पनि चीनलाई दिनुपर्ने त होइन भन्ने चिन्ताले मेरो मन हुँडलिरहेको छ ।

तपाईंले चीनबाट ल्याउने रेल चीनले ऋण र प्राविधिक सहयोगमा बनाइदिने हो । खर्बौं ऋण काढेर ल्याएको रेल ब्यावसायिक रुपमा सञ्चालन गरेर त्यसको ब्याज तिर्न पुग्छ कि पुग्दैन भन्ने विषयमा केही अध्ययन भएको छ जस्तो मलाई लाग्दैन । यदि अध्ययन भएको छ भने त्यो सार्वजानिक हुन्थ्यो नि होइन र ?

रेल घाटामा चलेपनि नेपालले खनखन साँवाब्याज तिरिरहनु पर्छ । तिर्न सकिएन भने उसले राखेका अरु शर्तहरु मान्दै जानुपर्छ । तपाईंलाई थाहा छँदैछ साहु माहजनहरुले ऋण तिर्न नसक्ने गरिबहरुलाई कस्तो ब्यवहार गर्थे र हजार रुपैयाँ दिएर लाखको फाइदा लिन्थे भन्ने कुरा ।

तपाईलाई थाहा होला, चिनियाँहरु ब्यापारिक साम्राज्यबाद फैलाउन चाहन्छन् । त्यही भएर खर्बौ ऋण दिएर भएपनि चीन काठमाडौंसम्म रेल ल्याइदिन आतुर देखिन्छ  ।

चीनको लगानीमा नेपालसम्म रेल आयो भने नेपालीहरुले अहिलेको भन्दो केही सस्तो मूल्यमा चिनियाँ सामानहरु उपयोग गर्न पाउँछन् । किनभने ट्रान्सपोर्टसन लगात घट्छ । यो नेपालीहरुका लागि फाइदा हो । दोस्रो फाइदा हो नेपालीहरु रेल चढेर चीन जान सक्छन् । यसबाहेक अरु फाइदा देखिँदैन ।

तर, चीनका लागि भने धेरै फाएदा छन् । पहिलो कुरा चीनले नेपालमा रेल बनाइदिएको सन्देशले चीनलाई हेर्ने नेपालीहरुको दृष्टिकोण सकरात्मक हुन्छ । अन्तर्राष्ट्रि राजनीतिक जगत र नेपालसँगको ब्यापारमा त्यसले ठूलो फाइदा गर्छ । अर्को कुरा चीनले रेल बनाइदिँदा जति लगानी गर्छ त्यो सबै लगानीको नेपाल सरकारले साँवा र ब्याज तिर्नुपर्छ ।

रेल बनाउँदा चिनियाँहरुले नै रोजगारी पाउँछन् । र, त्यो नेपाललाई ऋण दिएको पैसा चीनमै फर्किन्छ । त्यसकारण त्यो रेल ब्यावसायिकरुपमा सञ्चालन भएर त्यसकाले लागत उठाउँछ कि उठाउँदैन भन्नेतिर चीनले कहिल्यै हेर्दैन । रेल घाटामा चलेपनि नेपालले खनखन साँवाब्याज तिरिरहनु पर्छ । हामीले कहाँबाट पैसा ल्याएर ऋण तिर्ने हजुर ? तिर्न सकिएन भने उसले राखेका अरु शर्तहरु मान्दै जानुपर्छ । कम्युनिष्ट आन्दोलन गरेर आउनुभएको तपाईंलाई थाहा छँदैछ साहु माहजनहरुले ऋण तिर्न नसक्ने गरिबहरुलाई कस्तो ब्यवहार गर्थे र हजार रुपैयाँ दिएर लाखको फाइदा लिन्थे भन्ने कुरा ।

रेल बनिसकेपछि ९० दुईतिहाई ब्यापार चीनसँग हुन्छ । नेपाले चीनसँग वार्षिक खर्बाैंको सामान किन्छ । त्यसमा पनि चीनलाई नै फाइदा हुन्छ ।

हेर्नुहोस् त प्रधानमन्त्री ज्यू, हामीले ऋण काढेर बनाएको रेलले हामीलाई २ वटाच फाइदा गर्दा चाइनिजलाई २० वटा फाइदा गर्छ । उसको फाइदाका लागि उसैसँग ऋण काढेर हामी किन काम गर्ने ?

त्यसैले मेरो आग्रह छ, चीनले अनुदानमा रेल बनाइदिन्छ भने हस्ताक्षर गरेर ओउनुहोस् । नत्र भने हस्ताक्षर नगरी फर्किनुहोस् । चीनले हामीलाई मायाँ गर्छ भने अनुदानमै भएपनि रेल बनाइदिन्छ । आफ्नो फाइदाका लागि ऋण त जस्ले पनि दिन्छ नि होइन र ?

चिनियाँ लगानी भएका हामीजस्ता गरिब देशहरुको अवस्थाको बारेमा अध्ययन गर्नुस् । अनि मात्रै निर्णय लिनुस् ।

उदाहारणका लागि दक्षिण अफ्रिकी राष्ट्रहरु हेर्नुहोस्, जहाँ बितेका डेढ दशकदेखि चीनले अत्याधिक मात्रामा लगानी गरिरहेको छ । १५ वर्षमै अफ्रिकी देशका प्राकृतिक स्रोतहरु चीनको कब्जामा परिसकेका छन् ।

एकपटक सोच्नुस् त कतै हामी यही बाटोमा त हिँडिरहेका छैनौं ?

उही तपाईंलाई मायाँ गर्ने जनता
रमेश शर्मा


पुष्प दुलाल