ट्रम्प र किमको भेटका लागि किन छानियो सिगांपुर ?



मंगलबार अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जन उनबिच भएको भेटवार्ता अहिले विश्वभरको लागि ठूलो खबर बनेको छ ।

अमेरिकाबाट ९ हजार ४ सय ९५ माइलको दुरीमा रहेका सिगांपुर पुगेका अमेरिकी राष्ट्रपतीले योे भेटले आफु उत्साहित भएको बताएका छन् । त्यस्तै उत्तर कोरीयाबाट ४ हजार ९ सय ४७ किलोमिटरको दुरी पार गरेर सिगांपुर पुगेका उत्तर कोरियाली शासकले पनि नयाँ युगको लागि यो भेटघाट महत्वपूर्ण रहेको बताए ।

विश्वका दुई शक्तिशाली नेताहरु आफ्नै देशमा भेटघाट गर्नुको साटो किन उनिहरुले भेटका लागि सिगांपुर रोजे भन्ने प्रश्न अहिले सतहमा आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ट्रम्प र किम भेटका लागि सिगांपुरका अलवा स्विजरल्याण्ड, मगोंलिया र दक्षिण कोरिया पनि छानिएका थिए । तर अन्तमा सिगांपुरमा नै ट्रम्प र किमले भेटतय गरे ।

ह्वाईट हाउसका अधिकारीका अनुसार सिगांपुरको अमेरिका र उत्तर कोरियासँग बराबरी सम्बन्ध भएका कारण पनि भेटघाटका लागि सिगांपुर छानिएको हो ।

सुरक्षा

सिगांपुर विश्वभर सुरक्षित देशको सूचिमा छैठौँ स्थानमा पर्छ भने एसियामा पहिलो स्थानमा पर्छ । सिगांपुर आफ्ना ६ मिलियन नागरिकलाई उच्च सुरक्षा प्रदान गर्ने देशको रुपमा परिचित छ । सिगांपुरमा सार्वजनिक स्थलमा कुनै पनि प्रकारको नारा जुलुस लगाउन पाईदैन् । सिगांपुरमा रहेको स्पिकर्स कर्नरमा मात्रै सरकारले नारा जुलुस गर्न छुट दिएको छ ।

प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सक्ने सिगांपुरको पहिचान

सिगांपुर संसारका ख्यातिप्राप्त कार्यक्रम संञ्चालनका लागि पनि परिचित छ । विश्वभरका उच्च स्तरका नेता तथा व्यापारिको भेटघाटका लागि पनि सिगांपुर प्रख्यात छ । यस अघि पनि जि १२ सम्मेलनका साथै चिनियाँ राष्ट्रपती र ताईवाका तत्कालिन राष्ट्रपतीको भेट गराईसकेको छ ।

यसका साथै उच्च स्तरीय कार्यक्रममा उपस्थित पाहुनाको स्वागत सत्कारका लागि पनि सिगांपुर महत्वपूर्ण मानिनछ ।

नजिक

उत्तरकोरियाबाट सिगांपुर नजिक भएकाले पनि सिगांपुरलाई भेट स्थलको रुपमा छनौट गरिएको हुनसक्ने अनुमान गरिएको छ । उत्तर कोरियाको राजधानी प्योगयागंबाट सिगांपुर मात्र ७ घण्टाको हवाई दुरीमा रहेको छ ।

यस अघि किमले बेइजिगं पुग्नका लागि २४ घण्टा भन्दा लामो रेल यात्रा गरेका थिए । उत्तर कोरियासंग रहेका विमान कमजोर भएकाकाले पनि लामो दुरीको उडान गर्न नसक्ने भएपपिछ सजिलोको लागि सिगांपुर छानिएको हो ।

धनि

सिगांपुरमा आयोजना भएको यो सम्मेलनमा १ सय करोड भन्दा धेरे खर्च हुने बताईएको छ । यो सबै खर्च सिगांपुरले नै व्योहोर्ने छ । अन्य देशले सम्मेलनको खर्च व्योहोर्न अनाकानी गरेपछि सिगांपुले आफै सम्मेलनको खर्च व्योहोर्ने बताएको थियो ।

तटस्थ

सिगांपुरको उत्तर कोरियासंग ४ दशक भन्दा लामो कुटनीतिक सम्बन्ध भए पनि राजनीतिक रुपमा तटस्थ देशको रुपमा सिगांपुर परिचित छ ।

सन् २०१६ अगाडी उत्तर कोरियाली नागरिक सिगांपुरमा विना भिसा पनि प्रवेश गर्न सक्थे । तर अहिले केही कडाई गरिएको छ ।

दबाबमा नआउने सिगांपुर

अमेरिकाको दबाब थेग्न सक्ने र अमेरीकी धम्कीलाई चुनौति दिनसक्ने दुनियाभरका थोरै देश मध्ये सिगांपुर पनि एक हो । यस अर्थमा पनि सिगांपुरलाई भेट थलोको रुपमा छानिएको हो ।

विश्वको ध्यान आर्कषित गर्ने यो सम्मेलन आयोजना गरेसंगै सिगांपुरको पनि प्रसंशा गर्न थालिएको छ । यो सम्मेलनले सिगांपुरलाई विश्व समुदायमा थप परिचित बनाएको छ ।

के फाईदा हुन्छ सिगांपुरलाई ?

अमेरीकी राष्ट्रपती डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शाषक किम जगं उगंको ऐतिहासीक शिखरवार्ता सम्पन्न भएको छ । शिखरवार्त सम्मेलको आयोजक भनिएको सिगांपुरले उक्त वार्ताका लागि मात्रै २० मिलियन सिगांपुर डलर खर्च गरेको छ ।

यति ठूलो रकम खर्च गरेर आखिर सिगांपुरले के पायो ?

यो प्रश्नको उत्तरमा आईरहेका जवाफ सन्तोषजनक छैनन् ।
सिगांपुर उत्तर कोरिया र अमेरीका दुवैसंग राम्रो कुटनीतिक सम्बन्ध भएको देश हो तसर्थ उसले यो सम्मेलन आयोजना गर्यो भन्ने तर्क पनि सुनिएको छ ।

सिगांपुरको सुरक्षा व्यवस्था अन्य देशको भन्दा राम्रो रहेकाले सिगांपुरमा यो सम्मेलन गरियो भन्ने तर्क पनि सुनिएको छ । यस अघि पनि चिनियाँ राष्ट्रपती र ताईवानका राष्ट्रपती भेट वार्ता गराएको सिगांपुर ठूला कार्यक्रम आयोजना गर्न माहिर छ भन्ने तर्क पनि सुुनिएका छन् ।

कतिपय मानिस सिगांपुर ठूला सम्मेलनको लागि ब्राण्ड बनिसकेको पनि बताउँछन् । यी सबै जवाफ र तर्क त्यति सन्तोषजनक नभए पनि आखिर सिगांपुरले आफ्नो कुनै पनि चासो नभएका दुई देशका नेताको सम्मेलनमा किन

यति ठूलो धनराशी खर्च गर्यो ?

अंग्रेजीमा एउटा चर्चित भनाई छ ‘देयर इज नो सच थिगं एज अ फ्रि लन्च ।’ अर्थात यहाँ निशूल्क खाना भन्ने चिज छैन् ।

सम्मेलनबाट सिगांपुरले अन्तर्राष्ट्रिय मिडियामा नाम पायो ? गुडविल कमायो ? यसका अलावा अरु के पायो ?

ट्रम्प किम वार्ताको समाचार बनाउन विश्वभरका २ हजार ५ सय भन्दा धेरै मिडिया सिगांपुर पुगेका थिए । त्यहाँ आएका धेरै पत्रकार सिगांपुरसंग खुसि पनि देखिएका थिए ।

कार्यक्रम पश्चात ट्रम्प र किम दुवैजनाले कार्यक्रम आयोजना गरेकोमा सिगांपुरलाई धन्यवाद पनि दिएका थिए ।

यसका अलावा सिगांपुरलाई यो सम्मेलनले लगं टर्म बेनिफिट अर्थात दिर्घकालमा फाईदा पुर्याउने बताईएको छ ।

इन्डियन च्याम्बर अफ कमर्श सिगांपुरका चेयरम्यान टि चन्द्रुका अनुसार यो सम्मेलनले सिगांपुरको अर्थव्यवस्थामा दिर्घकालमा फाईदा पुग्ने देखिएको छ । ‘सम्मेलनको सफलतापछि यसका परिणाम देखिन थालछन् । एसिया क्षेत्रमा शान्ती र स्थिर राजनीति छाउने छ । उत्तर कोरियन अर्थतन्त्र पनि मजबुत हुनेज । यी सबैको लाभ सिगांपुरलाई हुने छ ।’ उनले भने ।

सिगांपुर विश्वभरका ठूला व्यापारिक केन्द्रमा पर्छ । यो क्षेत्रमा सिगांपुर सबैभन्दा ठूलो व्यापारीक थलो हो । सिगांपुर आफ्नै उत्पादन निर्यातमा अगाडी नदेखिएपनि सेवा उद्योगमा भने सिगांपुर अग्रस्थानमा छ । बहुराष्ट्रिय कम्पनीले एसिया प्रसान्त क्षेत्र हेर्ने आफ्ना धेरैजसो कार्यालय पनि यहीँ स्थापना गरेका छन् । यस बाहेक सिगांपुरको अर्थतन्त्र विचौलिया अर्थतन्त्र पनि हो ।

सिगांपुरको प्रति व्यत्ति आय वार्षिक ८० हजार अमेरीकी डलर रहेको छ । करिब ५५ लाख जनसंख्या रहेको यो देश ठूला देशको एउटा सानो सहरको आकार जत्रो छ ।

उत्तर कोरियाको अर्थव्यवस्था खुला र उदार भएमा सिगांपुरका कम्पनी नै सबैभन्दा पहिला त्याहाँ लगानी गर्न पुग्ने छन् । यही फाईदा देखेर पनि सिगांपुरले यो सम्मेलन आयोजना गरेको हो भन्ने आशंका अहिले बढ्न थालेको छ ।

यस बाहेक पनि सिगांपुरको अहिले पनि उत्तर कोरियासंग व्यापार रहेको छ ।
दक्षिण एसिया र एसिया हेर्ने कतिपय ठूला बहुराष्ट्रिय कम्पनीको कार्यालय पनि सिगांपुरमै छ । भोली उत्तर कोरियामा विदेशी लगानी र विदेशी कम्पनी जान थालेपछि, ति कम्पनी पनि सिगांपुरबाटै आफ्नो कार्यालय सञ्चालन गरुन भन्ने सिगांपुरको चाहाना रहेको छ ।


क्लिकमान्डु