अर्बपति बाबा रामदेव योगदेखि विवादसम्म



२३ वर्ष अगाडि रामदेव बाबा सामान्य योगा गुरु थिए । उत्तर भारतमा उनी मान्छे जम्मा गरेर योगा अभ्यास गराउने गर्थे । सांसारीक र भौतिक दुनियाबाट टाढा रहनेगरि उनले उनले सन्यासी जीवन रोजेका थिए ।

तर आज रामदेवलाई सांसारीक युगको दुत र भौतिक वस्तुको प्रचार गरिरहेको भेट्न सकिन्छ । भारतीय टेलिभिजन च्यानलमा उनलाइ योग प्रशिक्षण गराईरहेको पनि भेटिन्छ भने व्यापारिक उत्पादनको प्रचार गरिरहेको पनि भेटिन्छ ।

शहरका धेरै पसलमा बाबा रामदेवको होर्डिङ बोर्ड देख्न सकिन्छ । व्यापारिक उत्पादनको प्रचारमा बाबा रामदेवको सन्यासी मुद्रा देखिन्छ । स्याम्फु, साबुन, चामल, मसला, जुस, मह, घिउ जस्ता उत्पादनमा बाबा रामदेवको गेरु रंगको वस्त्र देखिन्छ ।

रामदेवका अनुसार प्राचिन आर्युवेदिक पद्धतीलाई आत्मसाथ गर्दै आधुनिक जीवनशैलि सुहाउँदो उत्पादन विक्री गर्नु उनको लक्ष्य हो । सन् २०१२ यता पतञ्जलीको आम्दानीमा निकै बृद्धी भएको छ । सन् २०१२ यताका केही वर्षमा मात्रै पतञ्जलीको व्यापार ६९ मिलियन अमेरिकी डलरबाट १.६ विलियन डलर पुगेको छ ।

यो भारतको सबैभन्दा धेरै छिटो विकसित भएको राष्ट्रिय स्तरको कम्पनी हो । एक अनुमान अनुसार यही गतिमा पतञ्जलीको व्यापार फस्टाउने हो भने अबका केहीवर्ष भित्रै पतञ्जलीले बहुराष्ट्रिय कम्पनी नेस्ले र युनिलिभरलाई पनि पछाडी पार्नेछन् । अहिले भारतीय कर्पोरेट बजारमा ‘स्याम्फुको बजारमा राज गर्ने प्यान्टीन पतञ्जलीको प्यान्टको पर्खाईमा रहने छ, युनिलिभरको लिभर बिग्रने छ र सानो नेस्ले कतै उडेर जाने छ ।’ भन्ने भनाई निकै प्रचलनमा रहेको छ ।

गरिबीको चरम रुप देखिने भारतमा संसारका धनि उद्य्मी पनि छन् । त्यस्तै एक उद्यमी बन्दैछन् बाबा रामदेव । भारतको सर्वव्यापी ब्राण्ड बन्दै गरेको पतञ्जलीमा बाबा रामदेको भने लगानी छैन् । उनले पतञ्जलीबाट तलब पनि नलिएको बताउँछन् । बाबा रामदेवका अनुसार उनी पतञ्जलीका अवैतानीक ब्रान्ड एम्बेस्डर हुन् ।

भारतका उत्कृष्ट पाँच असाधारण व्यत्ति छान्नुपरेपछि बाबा रामदेवको नाम पहिलो स्थानमा आउने बताईन्छ । बाबा रामदेवले भारतीय जनतामा रहेको सन्यासी र बाबा प्रतिको आम धारणा र बुझाईलाई व्यापक रुपमा परिवर्तन गरेका छन् । ठूलो संख्यामा रहेका आफ्ना अनुयायीमाझ बाबाले सन्यासीको परिचय मात्र बनाएका छैनन उनले आधुनिक युगमा बाबा पनि कर्पोरेट हुन सक्छन भन्ने उदाहरण दिएका छन् । सन्यासी पनि नाफा र घाटाको हिसाब किताब गर्न सक्छन भन्ने उदाहरण दिएका छन् ।

पवित्र मानिने आध्यात्म र पुँजीवादलाई एकैसाथ लिन सक्ने बाबाको खुबि नै उनको सफलताको मूख्य सुत्र बताउनेहरु पनि प्रसस्तै भेटिन्छन् । उनको यति सफलतका वावजुदका पनि उनको बारेमा निकै कम मान्छेलाई जानकरी छ । अनुमानको आधारमा उनको उमेर बताईन्छ ।

रामदेव विवाद र सत्ता

बाबा रामदेव व्यापार, धर्म र राजनीतिक गठबन्धनमा आफुलाई टिकाईरहेका छन् । पतञ्जलीको आयुर्वेदिक ब्रान्ड हिन्दु राष्ट्रवादमा झन मौलाएको छ । यसको फाईदा भारतीय सत्ताधारी पार्टीले पनि उठाएको छ । उदाहरणका लागि गौमुत्रको फर्श किल्नरको विज्ञापन जहाँ भनिन्छ ‘विदेशी कम्पनीको आर्थिक शोषणबाट देशलाई बचाउँ, हाम्रो पवित्र माता गाई बचाउनका लागि आन्दोलनमा सहभागि हुनुहोस ।’

त्यसो त रामदेव वैज्ञानिक धर्मनिरपेक्षतामा विश्वास गर्छु भन्छन् । तर उनी अर्कोतिर योगले समलैगिंकता ठिक गर्ने पनि बताउँछन् । रामवदेवमाथि पाठक नाराययले लेखेको पुस्तकमा उनका धेरे पक्षको चर्चा गरिएको छ । उनको विवादास्पद क्षविलाई यो पुस्तकले केही हदसम्म सार्वजनिक गरेको छ । पुस्तकको जवाफ स्वरुप रामदेवले भनेका थिए ‘पृथ्वी, सूर्य र प्रकृति बिना कुनै अपेक्षा आफ्नो दायीत्व निर्वाह गरिरहेका छन् त्यसरी नै म पनि आफ्नो दायीत्व निर्वाह गरिरहेको छु ।’

ब्लुमबर्गसँगको एक अन्र्तवार्तामा बाबा रामदेव भन्छन् ‘भारतीय संस्कृतिमा योगीको काम समाजलाई निर्देशित गर्नु हो । आफ्नो जीवन समाज र त्यसको समृद्धिका लागि सर्मपण गर्नु हो । त्यसकारण म योगी भएको हुँ । समाजलाई सहि दिशा निर्देशन गर्न सकियोस भनेर नै म व्यापारमा लागेको हु ।’

उनी पतञ्जली कर्पोरेट हाउसको रुपमा सञ्चाल नभएको पनि बताउँछन् । बाबा रामदेव पतञ्जलीलाई आध्यात्मीक संगठन भन्न रुचाउँछन् । अहिले पतञ्जलीको व्यवस्थापकीय निर्देशकको रुपमा आचार्य बालकृष्ण छन् । बालकृष्ण पतञ्जलीको सेयरको ९८.६ प्रतिशत हिस्सा ओगट्छन् । आचार्य बालकृष्ण भारतको १९ औँ धनि व्यक्ति पनि हुन् । सन् १९९० मा उत्तर भारतमा आचार्य र रामदेवको भेट भएको थियो । बाबा रामदेवले विभिन्न अन्र्तवार्तामा बताए अनुसार पतञ्जलीको सम्पूर्ण मुनाफा सामाजिक सेवामा खर्च हुने गर्छ ।

बाबा रामदेवले पहिलोपट व्यवसायीक रुपमा सन् २००२ मा टेलिभिजनमा योगा कार्यक्रम चालउन थालेका थिए । सन् २००१ देखि २००७ सम्मको अवधिमा उनी भारतमा मात्रै होइन विश्वभर प्रख्यात भईसकेका थिए । योग मार्फत नै राजनीतिक नारा लगाउन माहिर मानिने रामदेव स्वतन्त्रतालाई फरक तरिकाले परिभाषित गर्दै भन्छन् ‘स्वतन्त्रता भनेको बेलायतबाट मुक्ति पाउनु मात्रै होइन, अस्वस्थ शरीरबाट मुक्ति पाउनु पनि स्वतन्त्रता हो ।’

बजारमा उपलब्ध खाद्यान्न नै अस्वस्थ बनाउने पहिलो कारक भएको ठान्ने रामवदेवले अस्वस्थता हटाउनकै लागि पतञ्जलीले व्यापार सुरु गरेको अन्र्तवार्तामा बताएका छन् । भारतीय टिभी पत्रकार भत्ती मेहताका अनुसार बाबा रामदेव हरेक काम पैसाका लागि गर्छन् । सन् २००६ मा बाबा रामदेवसंग बेलायत यात्रामा रहेकी मेहताका अनुसार उनले बेलायतम योगा प्रशिक्षणको लागि ११ हजार पाउण्ड मागेका थिए ।
पाठक नारायणको पुस्तकमा उल्लेख गरिए अनुसार बाबा रामदेवले आफ्ना एक अहम शिष्य कर्मविरलाई पनि पैसाकै विवादमा हटाएका थिए ।

आचार्य बालकृष्ण र बाबा रामदेवले सञ्चालन गरेको पतञ्जली फार्मेसिको लाईसेन्स वाहक कुनै समय पतञ्जली आर्युवेदका पार्टनर पनि थिए । जसको अहिले हत्या भईसकेको छ । उनको हत्याको भेद आजसम्म खुलेको छैन् ।

पतञ्जली आश्रमका एक प्रमुख गुरु थिए शंकर देव । सन् २००७ मा बाबा रामदेव विदेश भ्रमणमा रहेको समयमा उनी अचानक गायब भएका थिए । आश्रमबाट गायब हुनु अगाडि उनले लेखेको एउटा नोट भेटिएको थियो जसमा लेखिएको थियो ‘मैले यो आ्रश्रमबाट लिएको ऋण तिर्न सकिन मलाई माफ गर्नुहोला ।’

सन २००५ मा पतञ्जली फार्मेसिमा काम गर्ने ४ सय जना मजदुरले तलब थोरै दिएको र समयमा तलब नदिएको भन्दै आन्दोलन गरेका थिए । ति आन्दोलनकारीलाई पतञ्जलीले कामबाट निकाला गरेको थियो । पतञ्जलीबाट हटाईएका ती कर्मचारीका अनुसार पतञ्जली फार्मेसिमा औषधी तयार गर्न मानव अस्थीपञ्जरको प्रयोग गर्ने गरिन्थ्यो । प्रयोगशालामा गरिएको परिक्षणमा पनि पतञ्जलीको औषधीमा मानव डिएनए देखा परेको थियो । सन् २००६ सम्म पतञ्जली ट्रष्टको रुपमा सञ्चालित हुने गरेको थियो । तर २००७ यता यो कर्पोरेसन हाउसको रुपमा सञ्चालित छ ।

पतञ्जली र रामदेवका विवादास्पद घटना बाहिर आउन थालेपछि रामदेवले आफुमाथि आक्रमण हुनु भनेको भारतको संस्कृती र पहिचानमाथि आक्रमण हुनु हो भन्ने अभिव्यक्ति दिएका थिए । यतिखेरसम्म रामदेव र योगा एउटै नामजस्तो भईसकेको थिए ।
सत्ता बहिर बसेर पनि मुलधारको राजनीतिमा प्रभाव देखाउन सक्ने संगठनको रुपमा पतञ्जलीलाई लिने गरिन्छ । सन् २००१ मा उनले भारतमा बढीरहेको भ्रष्टाचारको विरोध गर्दै भोक हड्ताल गरेका थिए ।

उत्त हड्तालमा ४० हजार भन्दा धेरै मानिस सहभागि भएको बताईन्छ । उक्त भोक हड्तालमा एक जानको मृत्यु भएपछि प्रहरी परिचालन हुँदा रामदेव बाबा महिलाको पहिरनमा भागेको बताईन्छ ।

बाबा रामदेवको कम्पनीले सन् २०११ देखि २०१४ को अवधिमा आफ्ना उत्पादनसंख्या ५० देखि ५०० पुर्याएको थियो । रामदेवले आफ्ना उत्पादन उच्च गुणस्तरिय भएको बताईरहँदा गत अप्रिलमा भारतीय सेनालाई पतञ्जली जुस प्रयोगमा प्रतिबन्ध लगाएको थियो । पतञ्जली जुस विभिन्न ल्याब टेस्टमा कमजोर देखिएको थियो । त्यस्तै गत जुनमा मात्रै नेपालले पनि पतञ्जलीका उत्पादनमा माईक्रोबायल समस्या देखिएपछि उत्पादन रिकल गर्न निर्देशन दिएको थियो ।


क्लिकमान्डु