पाटेबाघ हेर्न बर्दिया कसरी जाने ? यी हुन् चर्चित पर्यटकीय गन्तव्य



काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघ हेर्नका लागि चर्चित पर्यटकीय गन्तव्य हो । तर, यो राष्ट्रिय निकुञ्ज जाने पर्यटकको संख्या अति न्यून छ ।

काठमाडौंबाट सडक र हवाई मार्ग हुँदै बर्दिया पुग्न सकिन्छ । सार्वजनिक सवारीमा जाँदा भने सिधै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । तर, हवाई जहाजबाट जाँदा भने नेपालगञ्जबाट फेरि गाडी चढेर जानु पर्छ । काठमाडौंबाट ६ सय किलोमिटरको दुरीमा यो निकुन्ज पर्छ ।

तराई क्षेत्रकै सबैभन्दा ठूलो निकुञ्ज पनि हो बर्दिया राष्ट्रिय निकुन्ज । बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा सामान्य पर्यटकलाई मात्रै होइन, विश्वकै चर्चित व्यक्तिहरुलाई पनि स्वागत गरिसकेको छ ।

विषेश गरेर बाघ, माछा, गोहीको प्रत्यक्ष अवलोकनका लागि आकर्षक गन्तव्य मानिने बर्दियामा बेलायती राजकुमार प्रिन्स हृयारीदेखि टाइटानिकका हिरोसम्म पुगेका छन् । सम्भावना र पर्यटकीय गन्तव्यले भरिपूर्ण जिल्ला बर्दिया भौतिक पूर्वाधार र दुरीकै कारण भने ओझेलमा छ ।

याे निकुन्ज बर्दिया जिल्लाको करिब ४३ प्रतिशत भू–भागमा फैलिएको छ । तर, सरकारी उपेक्षाकै कारण यो निकुन्ज ओझेलमा छ ।

यो निकुन्ज ९ सय ६८ वर्ग किलोमिटर भू–भागमा फैलिएको छ । भौतिक पूर्वधारको अभावमा तराईको पर्यटकी गन्तव्य ओझलेका परेको त्यस क्षेत्रमा लामो समयदेखि पर्यटन प्रवद्र्धनमा लागेको व्यवसायीहरु बताउँछन् ।

जंगली हात्ती, गैंडा, डल्फीन लगायत ५४ प्रजातिका स्तनधारी वन्यजन्तु, ४५० भन्दा बढि प्रजातिका चरा, ४३ भन्दा बढि प्रजातिका घस्रीने जनावर र १२१ प्रजातिका माछाको बासस्थान हो याे निकुन्ज। यस बाहेक सरकारले अध्यावधिक नगर्ने हजाराैं प्रजातिका बन्यजन्तु तथा किटपतङ प्रजातिका किराहरुको वासस्थान हो बर्दिया निकुन्ज ।

योसँगै अर्को रमाइलो पक्ष भनेको मानिसलाई बढी आग्रमण गर्ने अन्धो गैंडा, ब्राखा बढी मार्नै चितुवा, गोही प्रजनन केन्द्रमा रहेको सयौं गोहीका बच्चाले समेत पर्यटकको मन लोभ्याउने गरेको छ ।

बर्दियालाई  देशका ठूला नदीहरु कर्णाली, भेरी, बबई र मान नदीबाट घेरिएको मनोरम जिल्लाको रुपमा लिन सकिन्छ । अझ बर्दिया राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण निकुञ्ज हो । बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुको लागि उपयुक्त वासस्थान सावित भएको छ । यो निकुन्जको प्रमुख विशेषता भनेकै एकै पटकमा जंगली हात्ती, बाघ र एक सिंगे गैडा हेर्न सकिन्छ । त्यसमा पनि १ सयभन्दा बढी जंगली हात्ती रहेको निकुन्ज हो ।

अन्य निकुन्जमा भन्दा यो विभिन्न खालको जैविक विविधता र सांस्कृतिक रुपले धनी छ । निकुन्ज वरिपरि रहेको थारु वस्तीको आफ्नै संस्कार छ । यो सँगै निकुन्ज पनि आफ्नै मौलिक विशेषताले भरिपूर्ण छ ।

यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले जंगल ड्राइभिङ, हात्ती सफारी, ¥याफटिङ र क्याम्प फायर समेत गर्न पाउने छन । त्यति मात्र नभइ एकै पटकमा बाघ, जंगली हात्ती समेत हर्ने पाउने छन् । अर्को प्रमुख विशेषता भनेको पहिलोपटक गैंडा स्थान्तरण भएको निकुन्ज समेत हो ।

त्यसमा पनि जंगली जनावरबाट सबै भन्दा पीडित जिल्लाका स्थानीय समेत निकुन्ज संरक्षणमा दिनरात खटिरहेको छन् । चोरी नियन्त्रणकै लागि २५ सय भन्दा बढी युवा समेत परिचालित भएका छन् ।

तस्कर गर्नेले तस्करी गर्ने तर पछि स्थानीय नै बढी समस्यामा पर्न थालेपछि चोरी नियन्त्रणमा युवाहरु आफैँ लागि परेको छन् । अहिले यो निकुन्ज बन्यजन्तुको शान्त वासस्थानको रुपमा चिनिन्छ ।

त्यसमा पनि निकुन्ज घुम्न आउने विदेशी पर्यटकमा लाग्ने मंहगो शूल्क र हवाई भाडाले समेत पर्यटक आगमनमा कमी आएको हो । यसका लागि सरकारले अन्य क्षेत्रसँगै यस क्षेत्रको पर्यटन पर्वद्धनमा ख्याल गर्न आवश्यक रहेको छ । निकुन्ज घुम्न आउने पर्यटकको संख्या बढदा मात्रै राजस्व पनि बढी बड्ने हो ।

सतखलुवा ताल संरक्षणमा खैरेनीवासी
बर्दियाको अर्को पर्यटकीय गन्तव्य भनेको सतखलुवा ताल हो । यो ताल मानव निर्मत ताल होइन । प्राकृतिक ताल नै हो । ताल बनको ६० हेक्टर क्षेत्रमा फैलियोको छ । ताल भित्र बोटविरुवा समेत देख्न सकिन्छ । ताल संरक्षणमा सरकारले कुुनै चासो नदेखाएपछि स्थानीय आफै संरक्षण्मामा जुटेका छन् ।

तालको प्रमुख विशेषता भनेकै सातवटा खोलाको पानी जम्मा भएर बनेको ताल हो । तालमा सुख्खा समयमा चुर क्षेत्रका खोलानाला सुकेपनि पानी कहिले सुक्दैन । बर्दिया जिल्लाको अन्य खोला नालामा पानी सुकेसँगै ववई उपत्यकादेखि बर्दिया निकुन्जका बन्यजन्तुले पानी खान आउने ताल हो ।

सतखलुवा ताल वरिपरी पाटे बाघ, सालक, सुन गोहाेरो र अजिङर जस्ता धेरै प्रजातिका बन्यजन्तु हर्ने पाइन्छ । ताल संरक्षण र बन हेरालुकै लागि भन्दै प्रतिपर्यटक २० रुपैयाँ लिने गरिएको छ । यो सँगै ताल संरक्षण गर्दै पर्यटक आगमन बढाउन भन्दै खैरेनीका स्थानीयवासी लागिपरेका छन् । ताल घुम्न आउने पर्यटकलाई खुसी पार्नकै लागि स्थानीयले खैरेनी होमस्टे पनि सञ्चालनमा ल्याएका छन् ।

११ वटा घरमा सञ्चालन गरिएको होमस्टेमा एक दिनमा ५० जनाले सहजै रात विताउँन सक्छन् ।

सामान्य खर्च गर्दै १ हजार रुपैयाँमा एक रात विताउन सकिने होमस्टे सञ्चालक स्थानीय सुरेश आर्चायले बताए । खैरेनी होमस्टेमा शुद्ध लोकल परिकार कोदाको ढिडो, रोटीसमेत खान पाएइन्छ । साथै स्थानीयले पर्यटकलाई थारु नाच, भजन किर्तनबाट पनि भरपुर मनोरञ्जन दिने गर्छन् ।

कर्णालीको पुल
बर्दिया जिल्लाको अर्को पर्यटकीय गन्तव्य भनेको कर्णालीकाे पुल अर्थात ‘चिसापानी’ हो । यो ठाउँको पनि आफ्नै विशेषता छ । जहाँ विहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ वजेबाट साझ ५ बजेसम्म चल्ने तिब्र गतिको चिसो हावा हो । हावासँगै कैयौ स्वदेशी तथा विदेशी पर्यटकले आन्नद लिइरहेका छन ।

खैरापूरमा कृष्णसारको नाच
भनिन्छ- भगवान श्रीकृष्णले द्धापर युगमा मुरली बजाउँदै, गाई चराउँदै गर्दा मुरलीको धुन सुन्दै गाईसँगै चर्ने र मानिसको संगत मन पराउने बन्यजन्तु हो कृष्णसार । यो यही बर्दियामा पर्यटक रमाउने अर्को केन्द्र भनेको खैरापुरकको कृष्णसार संरक्षण क्षेत्र हो ।

समुद्री सतहबाट एक सय ५२ मिटरको उचाईमा रहेको खैरापुरमो करिब १७ वर्ग किलोमिटर क्षेत्र अन्तर्गतको कृष्णसार संरक्षण क्षेत्रको ५ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा कृष्णसारको बासस्थान छ ।

पर्यटक जानसाथ कृष्णसारले आफ्नो नाच देखाउन थालछ । जहा ३ सय भन्दा बढी कृष्णसार एकै स्थानमा बास बस्छन् । १ सयदेखि एक सय ५० सेन्टीमिटरसम्म लम्बाई हुने कृष्णसारको तौल ३५ किलोसम्म हुन्छ । अझै अर्को आर्कषण भनेको कृष्णसारको भालेको सिंगको लम्बाई मात्र ४५ सेन्टीमिटर हुन्छ ।


क्लिकमान्डु