प्राधिकरणमा २ लाख ३७ हजार गुनासो, पीडित भन्छन्ः सुनुवाई भएन



काठमाडौं । भूकम्प पीडितले पुनः निर्माण प्राधिकरणमा दर्ता गराएका २ लाख ३७ हजार ८५ गुनासा मध्ये हालसम्म एकाध मात्रै गुनासो सम्बोधन गरेको पाइएको छ ।

तर प्राधिकरणले भने २ लाख ५ हजार ५८४ गुनासो पुनरावलोकन भएको दावी गरेको छ । तर पीडितले भने प्राधिकरणले आफूहरुको माग उपर कुनै सम्बोधन नगरेको आरोप लगाएका छन् । जिल्ला– जिल्लाबाट गुनासो आउने क्रम अझै रोकिएको छैन ।

प्राधिकरणले स्थलगत रुपमा पुनः अध्ययन गर्नुपर्ने भन्दै गुनासो सम्बोधनमा ध्यान नदिएको पीडितहरुको आरोप छ ।

भूकम्पले अति प्रभाव पारेकको १४ जिल्लामा मात्रै २ लाख ८ हजार ४७८ गुनासो रहेका छन् ।

कम प्रभावित ३१ जिल्लामा पनि २८ हजार ६०७ गुनासो रहेका छन् ।
लाभग्राही सूचीमा नपरेको, पीडितले पाउने कुनै सेवा सुविधा नपाएको तथा प्राधिकरणले हचुवाका आधारमा मात्रै तथ्यांक संकलन गरेको, लाभग्राही सूचीमा परेर पनि कुनै पनि सेवा तथा सुविधा नपाएको जस्ता गुनासो बढी रहेको पाइएको छ ।

प्राधिकरणले निर्माणका लागि जिम्मा दिएका सांस्कृतिक सम्पदाको हालत पनि उस्तै रहेको छ ।

कूल ७५३ सांस्कृतिक तथा पूरातात्विक महत्वका सम्पदा मध्ये हालसम्म १०० वटा मात्रै पुनः निर्माण भएका छन् ।

३२९ वटा सम्पदा निर्माणको क्रममा रहेको दावी गरेको छ । ३२४ सांस्कृतिक सम्पदाको कुनै पनि निर्माण प्रंंक्रिया अगाडि बढेको छैन ।

भोजपुर, पर्वत र संखुवासभामा सुरु भएन पुनः निर्माण

भूकम्पबाट कम प्रभावित भनि पुनः निर्माण प्राधिकरणले राखेको भोजपुर, पर्वत, संखुवासभामा कुनै पनि पुनः निर्माणको काम सुरु हुन सकेको छैन ।
भोजपुरमा ५ हजार ७४९ घर तथा आवास पुनः निर्माण गर्नुपर्ने प्राधिकरणको तथ्यांकमा रहेको छ ।

स्तै पर्वतमा ५ हजार २६९, संखुवासभामा १ हजार ९५३ घर तथा आवास पुनः निर्माण गर्नुपर्ने देखिएको छ ।

म्याग्दीमा कूल ८६८ घर पुनः निर्माण गर्नुपर्ने भएपनि हालसम्म १७ घर मात्रै पुनः निर्माण भएका छन् ।

कास्कीका ६ हजार २६ घर मध्ये हालसम्म १०० घर मात्रै पुनः निर्माण भएका छन् । खोटाङका्े ८ हजार ४४३ घर पुनः निर्माण गर्नुपर्नेमा हालसम्म १ हजार २३७ घर मात्रै निर्माण भएका छन् ।

यस्तै कम प्रभावित जिल्लामा राखिएको स्याङजाको ८ हजार ७६६ घर मध्ये हालसम्म २०७ घर मात्रै पुनः निर्माण भएका छन् ।


क्लिकमान्डु