१० बैंकको वित्तीय विवरण आयो, कुन बैंकको अवस्था कस्तो ?



काठमाडौं । सञ्चालनमा रहेको २८ वाणिज्य बैंकहरुमध्ये १० बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छन् । वित्तीय विवरण सार्वजानिक गर्ने अधिकांस बैंकहरुले गत वर्ष यसै अवधिको तुलनामा नाफा बढाएका छन् । यद्यपि पुँजी वृद्धिको अनुपातमा नाफाको वृद्धिदर भने कम नै देखिन्छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले चैत मसान्तसम्ममा ८० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्षको यसै अवधिको तुलनामा बैंकले २३ करोड ३५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको हो ।

बैंकको आम्दानीको मूख्य स्रोत ब्याज आम्दानी नै हो । गत बर्ष बैंकले ब्याजबाट १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ब्याजबाट १ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको मंगलबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले ६३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.१६ प्रतिशत छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा बैंकले खराब कर्जा ०.६३ प्रतिशतले घटाएको छ ।

बैंकको कर्जा पूजी निक्षेप अनुपाद ७७.७९ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो ।

बैंकको आधार दर ११.३५ प्रतिशत छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा १.४७ प्रतिशतले आधार दर बढेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले चैतमसान्तसम्ममा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष सोही अवधिमा बैंकले १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकले ९६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा निक्षेप अनुपात ७८.७४ प्रतिशत पुगेको बैंकको निष्कृय कर्जा अनुपात ०।९० बाट १.१९ प्रतिशतमा बढेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंक ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष सोही अवधिमा बैकले ३१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकले ५२ अर्ब ७३ करोड निक्षेप संकलन तथा ५० अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.७६, पूँजी कोष अनुपात १६.३६, कर्जा निक्षेप अनुपात ७८.१८, निक्षेप लागत ८.८८ र आधार ब्याजदर १२.०६ प्रतिशत रहेको छ ।

प्राइम बैंक

प्राइम कमर्शियल बैंकले तेस्रो त्रैमासमा १ अर्ब २५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष सोही अवधिमा बैंकले बर्ष ८८ करोड २९ लाख खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकले ७४ अर्ब २० करोड निक्षेप संकलन गरि ६६ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७७.६४, निक्षेप लागत ८.५३, आधार ब्याजदर ११.१०, र पूँजी कोष अनुपात १२.५१ प्रतिशत रहेको छ । बैंकले खराब कर्जा १.३७ बाट घटाएर १.०६ मा झारेको छ ।

एसबिआई बैंक

नेपाल एसबिआई बैंकले चैत मसान्तसम्ममा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो बर्ष सोही अवधिमा २ अर्ब १९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले ८३ अर्ब ८४ करोड निक्षेप संकलनगरी ७४ अर्ब ५ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.१ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष खराब कर्जा ०.१२ प्रतिशत थियो । बैंकको कर्जा पूजी निक्षेप अनुपाद ७०.२५ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंक

एभरेष्टले चैत मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा एभरेष्टको नाफा १ अर्ब ५२ करोड थियो । १ खर्ब ६ करोड निक्षेप रहेको एभरेष्टले चैत मसान्तसम्ममा ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा दिएको छ ।

सिदार्थ बैंकले चैत मसान्तसम्ममा १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष नाफा ९५ करोड ७० लाख रुपैयाँ थियो ।
९० अर्ब ४० करोड निक्षेप रहेको सिदार्थले चैत मसान्तसम्ममा ७९ अर्ब ८८ करोड कर्जा दिएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले चैत मसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष नाफा ८८ करोड २८ लाख रुपैयाँ थियो ।

६० अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेको बैंकले चैत मसान्तसम्ममा ५५ अर्ब ८१ करोड रुपैयाँ कर्जा दिएको छ ।

एनआइसी एशिया

एनआईसि एसिया बैंकले चैत मसान्तसम्ममा ९२ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा नाफा १ अर्ब १३ करोड थियो । बैंकमा चैत मसान्तसम्मा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप छ । भने कर्जा १ खर्ब ९ अर्ब रुपैयाँ छ ।

ग्लोबल बैंक

ग्लोबल बैंकले ३ महिनामै ५० करोड रुपैयाँले नाफा बढाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ग्लोब बैंकले १ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको छ । गत पुस मसान्तसम्ममा बैंकले ९५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षको चैत मसान्तको भन्दा ग्लोबलको नाफा केही करोडले घटेको देखिएको छ । गत आर्थिक वर्षको चैतमा बैंकले १ करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्रीय विवरण अनुसार कूल कर्जामा बैंकको खराब कर्जा १.२९ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा छ । यस अवधिमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सनराइज

एक वर्षको अवधिमा सनराइज बैंकले भने ९ करोड रुपैयाँले नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तमा ८५ करोड कमाएको बैंकले यो आर्थिक वर्षको चैतमा ९४ करोड रुपैयाँ नाफा कमाएको छ ।

कूल कर्जामा सनराइजको खराब कर्जा १.४५ प्रतिशत छ भने प्रतिसेयर आम्दानी १५.५१ रुपैंयाँ छ । बैंकले ६५ अर्ब निक्षेप संकलन गरी ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।


पुष्प दुलाल