दीर्घकालिन लगानीकर्ताले कति अवधिका लागि लगानी गर्ने ?



एउटा कारोबारीको लगानीको आयु कति होला ? सेकेन्डभन्दा पनि कम । उनीहरुको उद्देश्य नै लगानीको आयु घटाउने भन्ने हुन्छ । कारोबारी अर्थात ट्रेडर नाफा र घाटाको लक्ष्यमा कारोबार गर्ने भएकाले लक्ष्य पूरा भएमा सेकेन्डभन्दा कम समयमा सेयर विक्री गरिसकेका हुन्छन् ।

अर्कोतिर दीर्घकालिन लगानीकर्ता लगानीको आयु न्युनतम पनि यति समय हुन्छ भनेर तोकिरहेका हुन्छन् । त,र लगानी समय केलाई आधार बनाएर निर्धारण गर्ने भन्ने पश्न उठ्न सक्छ ।

लगानी समयको निर्धारण कतिपय अवस्थामा लगानीकर्ताका आवश्यकता वा लक्ष्य वा उद्देश्यले निर्धारण गर्छ भने कतिपय आवस्थामा बजारको अवस्थाले पनि निर्धारण गर्ने गर्छ । उदाहरणका लागि यति बर्ष पछि जग्गा किन्ने, वा घर बनाउने वा छोरा छोरीको विहे गर्ने वा रिटार्यड हुने वा छोरा छोरीको शिक्षा भन्ने जस्ता हुन सक्छन् । जसलाई आधार बनाएर त्यो समय आउन्जेलसम्म सेयरमा वा अन्य धितोपत्रमा लगानी गरिन्छ । त्यो बीचमा आउने सेयर बजारका उतार चढावले लगानीकर्ताको मानसिकतामा खासै प्रभाब पारिरहेको हुदैन ।

यस्तै बजारमा हुने घटबढ दीर्घकालिन लगानीको समयावधि निर्धारण गर्ने अर्को आधार हुन सक्छ । बजारमा हुने घटबढको विश्लेषण गरेर लगानीकर्ताले आफ्नो लगानीको आयु निर्धारण गर्न सक्छन्, जुन उनीहरुको वित्तीय आवश्यकतासँग पनि जोडिन सक्छ । यसरी घटबढलाई आधार बनाएर गरिने दीर्घकालिन लगानीको एउटा समय भनेको समग्र बजारको चक्र (साइकल) हो ।

जसरी अर्थतन्त्रमा मन्दी र समृद्धिको चक्र चलिरहेको हुन्छ, त्यसरी नै सेयर बजारमा पनि एउटा निश्चित समयावधिमा एक प्रकारको घटबढको चक्र चलिरहने गर्छ । जुन अलिक लामो समयसम्म रहन सक्छ । सेयर बजारको विगतको इतिहास हेर्दा नेपालको सेयर बजारमा पनि यस प्रकारको चक्र दोहोरिरहने गरेको पाइन्छ ।

हरेक देशको सेयर बजारको घटबढको आ आफ्नो दीर्घकालिन चक्र हुने गर्छ । जस्तो दीर्घकालिन लगानी गर्न चाहने क्यानेडियन लगानीकर्ताको लगानी उद्देश्य न्युनतम पनि दश बर्षको हुने गर्छ । किनकि क्यानडाको सेयर बजार दश बर्षको चक्रमा चल्ने गरेको इतिहास छ । यसैलाई आधार मानेर यहाँका बीमा कम्पनीले लगानीकर्ताको साँवा सुनिश्चितता प्रदान गरेर लगानी गरिदिने गरेको पाइन्छ । बीमा कम्पनीले साँवाको ग्यारेन्टी गरिदिने विकल्पमा लगानी गर्न कम्तिमा पनि दश बर्ष अवधिका लागि लगानी गर्नुपर्ने हुन्छ । योभन्दा कम समय अवधिको लागि लगानी गरेमा बीमा कम्पनीले साँवाको ग्यारेन्टी गर्दैनन् । यसैले वित्तीय योजनाकार तथा पोर्टफोलियो व्यवस्थापकले ग्राहकको फण्ड व्यवस्थापन गर्दा लगानीकर्ताको लगानी अवधिमा निकै ध्यान दिएको पाइन्छ ।

नेपालको सेयर बजार ५ बर्षसम्म बढेको वा बुलिस ट्रेण्डमा रहेको र अढाइदेखि तीन बर्षसम्म घटेको वा वियरिस ट्रेण्डमा रहेको पाइन्छ । उदाहरणका लागि २०६० यताको बजार हेरेमा २०६५ सम्म बढेको छ । त्यसपछि २०६८ सम्म घटेको छ । २०६८ पछि पुन २०७३ सम्म बढेको छ र त्यसपछि घटेको छ ।

दीर्घकालिन लगानीकर्ताले समाजिक सन्जाललाई लगानी सल्लाहकार मानेमा त्यो उनीहरुको लगानीका लागि त्यति फलदायी बन्न सक्दैन ।

बजारको चक्रको विश्लेषण गरेर बढ्ने र घट्ने अवधिलाई ख्याल गरी खरिद विक्रीको समय तोकिएमा बजारबाट राम्रो प्रतिफल लिन सकिन्छ । यसकारण पनि अल्पकालिन भन्दा दीर्घकालिन लगानीकर्ताले बढी नाफा कमाउने विभिन्न अध्ययनले देखाएका छन ।

नेपालको सेयर बजार ५ बर्षसम्म बढेको वा बुलिस ट्रेण्डमा रहेको र अढाइदेखि तीन बर्षसम्म घटेको वा वियरिस ट्रेण्डमा रहेको पाइन्छ । उदाहरणका लागि २०६० यताको बजार हेरेमा २०६५ सम्म बढेको छ । त्यसपछि २०६८ सम्म घटेको छ । २०६८ पछि पुन २०७३ सम्म बढेको छ र त्यसपछि घटेको छ । यी तथ्यांक धेरै नभए पनि यीनलाई अधार मान्ने हो भने दीर्घकालिन लगानीकर्ताले कम्तिमा पनि पाँच बर्ष होल्डिग अवधि राखेर लगानी गर्नु पर्ने हुन्छ । जसका आधारमा लगानीकर्ताको लगानी अवधिको उद्देश्य कम्तिमा पनि ५ बर्ष हुनु पर्ने देखिन्छ ।

विगतकोे इतिहासलाई आधार बनाएर लगानी गर्ने हो भने दीर्घकालिन लगानीकर्ताले लगानीको तयारी विस्तारै सुरु गर्दै जान सकिने देखिन्छ । जसमा कम्पनी छनौट, पोर्टफोलियो मिक्स, लगानीयोग्य पुँजीको व्यवस्थापन आदि पर्छन् ।
भट्टराई सेयर बजार विश्लेषक हुन ।


क्लिकमान्डु