सेमी अनलाइनको नाममा धितोपत्र बोर्डले लगानीकर्तालाई झुक्कायो



काठमाडौं । धितोपत्र बोर्डले चैत ३० गते सेयर ब्रोक्ररलाई सेमी अनलाइन प्रणाली लागु गर्न निर्देशिका जारी गर्यो ।

२०७४ साल लगानीकर्ताको लागि राम्रो नभएर बिदा हुँदै थियो । बोर्डले सो अनुसारको विज्ञप्ती संचारमाध्यमलाई पठाएको थियो । सो अनुसारको समाचार प्रकाशितपनि भयो ।

सेमी अनलाइन सुरुवात गर्नको लागि स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष प्रियराज रेग्मीको कार्यालय मार्फत सुरु गरियो । बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले यसको सुरुवात समेत गरेर २०७५ सालभित्र ७७ जिल्लाबाटै सेयर कारोबार गर्न सकिने जानकारी दिए ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन प्रणाली लागु गर्ने भनेको धेरै समय भइसक्यो । काठमाडौंमा उपत्यकामा मेलम्चीको पानी र नेप्सेको अनलाइन प्रणालीको कथा उस्तै भइसकेको छ । मिती परिवर्तन मात्र हुने कार्यान्वयन नहुँने ।

बोर्डले जारी गरेको निर्देशिका अनुसार धेरैले सेमी अनलाइन लागु भएको अनुमान गरे । तर,यो लागु भएको तीनपछि हेर्दा बोर्डले फोनमा हुने अर्डरलाई इमेल मार्फत मात्र गर्ने व्यवस्था गरेको छ ।

बोर्डले लागु गरेको व्यवस्था अनुसार सेयर ब्रोकरको कार्यालयमा गएर आफ्नो युजर नेम र पासवर्ड दिन अनुरोध गर्नुपर्छ । अनुरोध गरेपछि मात्रै ब्रोकर अफिसले तपाईलाई अनलाइन अर्डर गर्न मिल्ने र, त्यसको लिंक तपाईंको इमेलमा पठाइदिन्छ । ब्रोकरले पठाएको लिंक खोलेपछि लिंककमा युजर नेम र पासवर्ड हुन्छ । युजर नेम र पासवर्ड तपाईंको इमेल ठेगानामा इमेल गरिदिन्छ ।

त्यसपछि ब्रोकर अपिसले तपाईको इमेलमा पठाएको युजर नेम र पासवर्ड प्रयोग गरेर लग इन हुन्छ । यसरी लग इन गरेपछि तपाईं सेयर किनबेचको अर्डर दिनमिल्ने सिस्टममा प्रवेस गर्न सकिनछ ।

यसरी अर्डर म्यानेजमेन्ट सिस्टममा प्रवेस गरिसकेपछि तपाईंले अर्डरको अप्सन देख्नु देखिन्छ । उक्त अप्सनमा गएर कुन कम्पनीको, कति सेयर, कति मूल्यमा किन्न वा बेच्न चाहेको त्यो टाइप गर्नुहोस् । यसरी टाइप गरिसकेपछि अर्डर भन्ने अप्सनमा गएर क्लिक गर्नुहोस् । क्लिक गर्नासाथ तपाईंको अर्डर ब्रोकरको ब्याक अफिसमा इन्ट्री हुन्छ ।

यो तरिका खासमा इमेलबाट सेयर अर्डर पठाउने जस्तै हो । अहिले ३ वटा ब्रोक्ररले मात्र यो सेवा दिएका छन् ।

‘बोर्डले फोन मार्फत दिन सकिने अर्डरलाई इमेल मार्फत मात्र गराएको हो,यसलाई सेमी अनलाइन भन्ने वा इमेलबाट अर्डर दिने सेवा भन्ने तपाई आफु अनुमान गर्नुहोस्’,एक सेयर ब्रोक्ररले भने ।

बैशाख २ देखि लागु भएको भनिएपनि सेमी अनलाइन धेरै लगानीकर्ताले लिएका छैनन् । ‘पूर्ण अनलाइन भन्दै बोर्डले लगानीकर्तालाई झुक्वाउने काम गर्यो, पूर्ण अनलाइन कहिले आउने अत्तोपत्तो छैन,यसमा लगानीकर्ता झुक्किने मात्र मात्र भयो’,एक लगानीकर्ताले भने ।


क्लिकमान्डु