यी हुन् वैदेशिक रोजगारीमा जानुअघि तपाईंले ध्यान दिनै पर्ने ११ कुरा



काठमाडौं । देशमै रोजगारीको अवसर नहुँदा दैनिक २ हजारदेखि २२ युवा रोजगारीका लागि विश्वका विभिन्न देशमा गइरहेको छन् । रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैन ।

रोजगारीमा जाने तयारी गरेदेखि विदेशमा पुगेपछि पनि युवा ठगी बढ्दो छ । रोजगारीका लागि विदेस जाने तयारी गर्दै गर्दा युवा केही मात्रै सचेत भएको अवस्थामा पनि ठगीबाट जोगिन सकिन्छ ।

अहिले गाउँ गाउँमा रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने दलालको बिगबिगी छ ।

१, बैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा जाकारी लिनुपर्छ । दलालमार्फत वा त्यस्तै व्यक्तिबाट जाने तयारी गर्नुभएको छ भने आफु ठगिँदै छु भनेर सोच्नु पर्छ । दलालबाट जोगिनका लागि सिधै इजाजात प्राप्त कम्पनीको सम्पर्कमा आउनु पर्छ ।

कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी , मनी ट्रान्सफर चेन्जर ,दलाल , एजेन्ट , कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम दिनु हुँदैन् । इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु पर्छ ।

२, रोजगारमा जानका लागि कानुनी प्रक्रिया पु¥याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले बैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रुपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन रु उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन रु तथा खारेजीमा परेको छ छैन बुझ्नु पर्दछ ।

३, व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिनपर्छ ।

४, रोजगारमा जाँदा कुन काममा जाने ,सोको लागि कति खर्च लाग्छ ,काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घन्टा, ओभरटाइम काम भत्ता ,करार अवधि आदि बारेमा राम्ररी जानकारी लिएर मात्रै प्रक्रिया थालनी गर्ने ।

५, देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्ने र सम्झौता पत्रको एक कपी प्रमाण सुरक्षित रुपमा राख्ने ।

६, आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउने । रकम बुझाएको भर्पाई अनिवार्य रुपमा लिने ।

८, काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नंम्बर लिने ।

९, सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिने । १० सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार जीवन बीमा गराउने ।

११ कल्याणकारी कोषमा रकम बुझाई रसिद लिने ।


पुष्प दुलाल