सेनामा शिक्षकदेखि गेटपालेसम्म जागिर खुल्यो



काठमाडौं । सैनिक कल्याणकारी कोषमा २३ जनाको लागि जागिर खुलेको छ । प्रिन्सिपल ,वेटर, टिचर, खरिदार, हाउसपालेदेखि औषधी वितरक लगायत विभिन्न पदमा कोषले आवेदन खुल्ला गरेको हो ।

सैनिक आवासीय महाविद्यालय, चितवन र कैलालीमा प्रिन्सिपल पदमा २ जनाले जागीर खान सक्नेछन् । यस पदका लागि न्यूनतम योग्यता त्रि.वि.बाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्त्तीमा ५० प्रतिशत अंक ल्याएर स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्छ । यसरी नै प्लस टु वा सो भन्दा माथिल्लो तहमा १२ वर्ष अध्यापन अनुभव भएको हुनुपर्नेछ । साथै सैनिक आवासिय विद्यालय –महाविद्यालयहरुमा कार्यरत भाइस प्रिन्सिपल –विभागीय प्रमुख, संयोजक, हाउसमास्टर जस्ता जिम्मेवारी सफतापूर्वक सम्हालेको हुनुपर्छ । उमेरको हकमा प्स टु वा सो भन्दा माथिलो तहमा १० वर्ष अध्यापन अनुभव भएको हुनुपर्नेछ । उमेरको हकमा भने ३५ वर्ष उमेर पुगेर ५२ वर्ष उमेर नाघेको हुनुहुँदैन ।

वाञ्छनीय योग्यताका लागि प्रथम श्रेणीमा उत्र्तीण, योग्य, अनुभवी, अङग्रेजी भाषामा राम्रो ज्ञान भएको हुनुपर्छ । यस्तै प्रधानाध्यापक व्यवस्थापन, नेतृत्व तालिम गरेको, शिक्षाशास्त्रमा स्नातक वा स्नाकोत्तर तह उत्र्तीण गरेको हुनुपर्नेछ । यसरी नै शिक्षक अनुमति पत्र प्राप्त, प्रशासनिक कार्य दक्षता, व्यवस्थापन तथा कार्यालय संञ्चालन गर्ने क्षमता भएको परिपक्क, दुरदर्शी व्यक्तीलाइ विशेष ग्राहयता दिइने छ ।

यसरी नै सैनिक आवासीय महाविद्यालय पोखरामा ५ जनालाइ जागीर खुलेको छ । ५ जनामध्ये जीटी अङ्ग्रेजीमा १ जनाको र जीटी गणीतमा १ जनाको आवश्यकता परेको छ ।

अङ्ग्रेजी जीटी पदका लागि न्यूनतम योग्यताका रुपमा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहमा ऐछिक अङ्ग्रेजी विषय लिई औषतमा कम्त्तीमा ५० प्रतिशत अङ्क ल्याई उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै गणीत जीटी पदका लागि भने गणीत विषय नै लिएको हुनुपर्नेछ ।

जीटीका लागि वाञ्छनीय योग्यता शिक्षक पदमा लागि प्रथम श्रेणीमा उत्र्तीण भएको हुनुपर्छ । साथै बढी योग्य, अनुभवी अंग्रेजी भाषमा दखल भएको हुनुपर्नेछ । आवासीय बोडीङ्् स्कुलको अनुभव प्राप्त, बीएड उत्र्तीण तथा टिचिङ लाइसेन्स प्राप्त व्यक्तीले विशेष ग्राहयता पाउनेछन् ।

यस्तै वेटरमा २ जना र हाउसपालेमा १ जना माग गरिएको छ । यसको लागि न्युनतम योग्यताको रुपमा सामान्य लेखपढ गर्न जान्ने तथा सम्बन्धीत पदको कार्यअनुभव भएको हुनुपर्नेछ ।

वाञ्छनीय योग्यतको रुपमा योग्य, बढी अनुभवी, आवासीय महाविद्यायलयको आवश्यकता अनुसार कार्य गर्न सक्ने व्यक्तीलाई विशेष ग्राहयता दिइने छ ।
विजेश्जरी ज्ञान मन्दिर सैनिक महाविद्यालय विजेश्वरीमा टिचरमा २ र खरिदारमा १ जना गरी ३ जनालाइ जागिर खुलाएको छ । टीचरको लागि नेपाल सरकारको मान्यता प्रप्त शिक्षण संस्थाबाट प्स टु वा सो सरहको परिक्षामा औसतमा कम्तीमा ५० प्रतिशत अंक ल्याएर उत्र्तीण भएको हुनुपर्नेछ । साथै टिचिङ् लाइसेन्स प्राप्त भएको हुनुपर्नेछ ।

खरिदारको लागि भने नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसएलसी वा सो सरह उत्र्तीण भएको हुनुपर्नेछ । साथै योग्य, बढी अनुभवी, आवासीय महाविद्यालयहरुको आवश्यकता अनुसार कार्य गर्न सक्ने व्यक्तीलाइ विषेश ग्राहयता दिइने छ ।

यस्तै स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा छाउनीमा सहायक फर्माशिष्ट २ जना र औषधि वितरक ६ जना गरी ८ जनालाई जागिर खुलेको छ । सहायक फर्माशिष्टमा आवेदन दिन फार्मेशीमा डिप्लोमा गरेको हुनुपर्छ । कम्प्यूटर सम्बन्धी ज्ञान भएको हुनुपर्छ । सम्बन्धित विषयमा कम्तीमा १ वर्ष कार्य अनुभव भएको हुनुपर्छ । यसरी नै नेपाल फार्मेशी परिषदबाट लाइसेन्स प्राप्त भएको हुनुपर्छ । साथै ६ जना औषधी वितरको लागि भने माथिको विषेशता लागू भएपनि तालिमको हकमा भने ६ महिनाको तालिम भए पुग्नेछ ।

सहायक फर्माशिष्ट र औषधी वितरकलाइ वाञ्छनीय योग्यता स्वरुप योग्यता बढी अनुभवी र स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाको आवश्यकता अनुसार कार्य गर्न सक्ने हुनुपर्छ ।

क्षेत्रिय सैनिक अस्पताल नेपालगंजमा फर्माशिष्ट १, सहायक फर्माशिष्ट १ र औषधी वितरक ३ जना गरी ५ जनालाइ जागिर खुलेको हो । फर्माशिष्टमा जागिर खान चाहनेले फार्मेसीमा स्नातक तहसम्म अध्ययन गरेको हुनपर्छ । यसरी नै कम्प्यूटरको राम्रो ज्ञान भएको हुनुपर्छ । सम्बन्धित विषयमा १ वर्ष कार्य अनुभव भएको हुनुपर्छ । साथै नेपाल फार्मेसी परिषद्बाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । सहायक फर्माशिष्टले भने फार्मेसी मै डिप्लोमा गरेको हुनुपर्छ । यसरी नै औषधी वितरकले भने माथिकै विशेषता सहित फार्मेशीमा डिप्लोमा गरी ६ महिने कार्य अनुभव प्राप्त गरेको भए पनि मान्य हुनेछ ।

यसरी नै फर्माशिष्ट सहायक फर्माशिष्ट तथा औषधी वितरक ३ वटै पदमा जागिर खान चाहनेले सबैले वाञ्छनीय योग्यता स्वरुप योग्यता, बढी अनुभव र स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाको आवश्यकता अनुसार कार्य गर्न सक्ने हुनुपर्छ ।

योग्यता पुगेका नेपाली नगरिकले १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा मार्फत दरखास्त फारम भर्न सक्नेछन् ।


क्लिकमान्डु