तपाइको घरजग्गा त्रिभुवन विमानस्थलको अधिग्रहण क्षेत्रमा पर्छ ? यति पाइन्छ मुआब्जा




काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लामो समयदेखि विवादमा अल्झिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, विकास तथा सुरुक्षाका लागि भन्दै अधिग्रहण गरिएको जग्गाको मुआब्जा विवाद मिलाएका छन् ।

विमानस्थल विस्तारका लागि हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले पेप्सीकोला चोकदेखि जडीबुटी चोकसम्मको भित्री सहायक रोडमा रहेको एक सय ४० रोपनी जग्गा तथा घरको मुआब्जा वितरण सुरु गरेको छ ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका लागि अधिग्रहण गरिएका जग्गा तथा घर टहराको मुआब्जा वितरण सुरु भएको आयोजनाका प्रमुख बाबुराम पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले तोकेको दरअनुसार जग्गा र घरको मुआब्जा वितरण सुरु भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए ।

कस्तो जग्गाको कति मूल्य ?
– कच्ची सडक र सहायक पीच सडकमा पर्ने जग्गाको प्रतिआना ३४ लाख ६५ हजार रुपैयाँ

– गोरेटो बाटोसँगै जोडिएको जग्गाको प्रतिआना २७ लाख ८२ हजार रुपैयाँ

– बाटो नभएको ठाउँका जग्गाको प्रतिआना २४ लाख ५० हजार रुपैयाँ

कस्तो घर तथा टहरको कति ?
घर तथा टहराको मुआब्जा भने प्रतिवर्गमिटरका दरले १७ मोडालिटीमा वितरण हुने भएको छ ।
– काठ, बाँस पोस्ट राखी जस्तापाताको छेकबार लगाइको टहराको प्रतिवर्गमिटर १० हजार २८ रुपैयाँ

– भित्री काँचो र बाहिर पोकेको माटो प्रयोग गरिएको घरको प्रतिवर्गमिटर १४ हजार ९ सय ४० रुपैयाँ

– भित्री काँचो र बाहिर पोकको इटा भएको घरको प्रतिवर्गमिटर १९ हजार २ सय २ रुपैयाँ

– घरको भित्रि बाहिर सिमेन्ट प्लाष्ट गरिएको प्रतिवर्गमिटर २१ हजार ३ सय ५५ रुपैयाँ

– घरको छाना आरबीसी र आरसीसी भएको प्रतिवर्गमिटर २२ हजार ४ सय ६४ रुपैयाँ

– बज्रको जोडाइमा छाना जस्ता, झिंगटी ट्रायल प्रयोग गरिएको घरको प्रतिवर्गमिटर २१ हजार ९ सय १५ रुपैयाँ

– बज्रकै जोडाइमा सिमेन्ट प्लाष्टर गरिएको घरको प्रतिवर्गमिटर २१ हजार नौ सय १५ रुपैयाँ

– बज्रको जोडाइमा छाना आरबीसी रहेको प्रतिवर्गमिटर २४ हजार ८ सय १० रुपैयाँ

– सिमेन्टको जोडाइमा छाना जस्तापाता, ट्रायल तथा झिंगटी प्रयोग गरिएको घरको प्रतिवर्गमिटर २४ हजार २५ रुपैयाँ

– सिमेन्टको जोडाइमै छाना आरसीसी भएको प्रतिवर्गमिटर २४ हजार ८सय ७५ रुपैयाँ

– आरसीसी फ्रेम स्ट्रकचरको प्रतिवर्गमिटर २६ हजार २ सय ७४ रुपैयाँ

– काठ नै काठ प्रयोग गरी छाना जस्ता, ट्रायल र झिंगटी प्रयोगको प्रतिवर्गमिटर २२ हजार ९ सय ३१ रुपैयाँ

– सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्ल्कको पर्खाल, प्लाष्टर नगरिएको र जस्तापाताको छाना लगाइएको घरको प्रतिवर्गमिटर १६ हजार १ सय ५० रुपैयाँ

– सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्ल्कको पर्खाल, प्लाष्टर गरिएको र जस्तापाताको छाना लगाइएको घरको प्रतिवर्गमिटर १८ हजार २ सय ९१ रुपैयाँ

– सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्ल्कको पर्खाल, प्लाष्टर नगरिएको र आरसीसी र आरबीसी छाना ढलान गरिएको प्रतिवर्गमिटर १९ हजार ३ सय ८९ रुपैयाँ

– सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्ल्कको पर्खाल, प्लाष्टर गरेको आरसीसी र आरबीसी ढलान छाना भएको प्रतिवर्गमिटर २२ हजार २४ रुपैयाँ

– फलामे पोस्ट राखी जस्तापाताले छेकबार लगाएको टहराको प्रतिवर्गमिटर १२ हजार ९ सय ४१ रूपैयाँ


क्लिकमान्डु