पर्यटनमन्त्री अधिकारीले गरे १०० दिनमा ११० काम गर्ने घोषणा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारीले पर्यटन विकास सँगै आर्थिक विकासकालागि भन्दै १ सय दिनमा ११० काम गर्ने प्रतिबद्धता घोषणा गरेको छन् ।

मन्त्री अधिकारीले शुक्रबार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै १८ क्षेत्रमा १ सय १० काम गर्ने एक सय दिनको कार्ययोजना घोषणा गरेका हुन् ।

अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारदेखि प्रदेश प्रदेशमा १–१ पर्यटकी गन्तव्यको पहिचान गर्ने महत्वकांक्षी योजना सार्वजनकि गरेका छन् ।

अधिकारीले विमानस्थलमा बढ्दो हवाई चाप र एयर ट्राफिक जान न्यूनिकरणका लागि २१ घन्टा विमानस्थल सञ्चालन गर्ने देखि उडान तालिका (स्लट) वितरणका वैज्ञानिक मापदन्ड लागू गर्ने घोषणा गरेको छन् ।

काभ्रेको ठूलीचोउरमा आन्तरिक उडानका लागि विमानस्थल निर्माणको सम्भावत अध्ययन गर्ने देखि तत्कालको अवस्थामा त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने अधिकारीको प्रतिबछता छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुको लग पूर्णसुरक्षित रुपमा एक घन्टामै उपलब्ध गराउने देखि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिन भवन सेन्टल एसी र आन्तरिक टर्मिनल भवनमा एसीको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ ।

निजगढ विमानस्थलको वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन पारित देखि कोरियन एलएमबब्लुले तयार गरेको निजगढ विमानस्थल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन खरिदमा रहेको विवाद मिलाउने अधिकारीको प्रतिवद्धता छ ।

यसैगरी गौतक बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ४० प्रतिशत सक्ने र पोखरा क्षेत्रीय विमानस्थलको डिजाइन रिभ्यु र सुपरिभिजन परामर्शदाता नियुक्ति गर्ने घोषणमा उल्लेख छ ।

पुशपतिनाथ मन्दिरको ऐतिहासिक, पुरातात्विक र पौराणिक झल्कको दिने वृतचित्र निर्माण देखि लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्टी गर्ने अधिकारीको प्रतिवद्धता छ ।

१९५८ देखि १९६८ सालसम्मका गोरखापत्रको डिजिटाइजेसन गर्ने देखि पर्यटकीय गन्तव्यको प्रचारमा आधुनिक प्रविधिको प्रयोग गर्ने अधिकारीको घोषणा छ ।

५९ वटा आदिवासी जनजातिहरुको वार्षिक चाडपर्वहरुको क्यालेन्डर बनाउन, राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाल पुस्कारm महाकवी देवकोटा पुरस्कार, भगत सर्वजित राष्ट्रिय मानव मर्यादा पुरस्कार वितरा गर्ने समेत अधिकारको प्रतिवद्धता छ ।

यसैगरी पाल्पाको रानी महल र भैरवस्थान सत्तल, पचलीस्थिती इन्द्र भक्तेश्वर सत्तल, सुनसरीको रामधुनी पोखरी, ललितपुरको रुद्रायणी पाटी लगायतको संरक्षण सम्पन्न गर्ने अधिकारीको घोषणा पत्रमा उल्लेख छ ।

अधिकारीकोले सय दिनमै पर्यटकीय तथ्यांक सेयरिङ सञ्जाल, स्थल मार्गबाट आउने पर्यटकको एकिन, टुरिजम स्याटलाइट एकाउन्ट प्रणालिको विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छन् ।

होटेल, रिर्साट, रेष्टुरा होमस्टे तथा आवासीय प्रबन्धहरुमा अनलाइन बुकिङ प्रणाली विकास गर्दै नयाँ मापदन्ड ल्याउने अधिकारीको भनाइ छ ।

सातै प्रदेशमा १–१ वटा नमुना पर्यटकीय गन्तव्य विकासका लागि डीपीआर तयार गर्ने अधिकारको योजना छ । जसमा इलामको सन्दकपुर, धनुषाधाम, मकवानपुर ईन्द्रसरोवर, प्रदेश चारको पंचासे, प्रदेश पााचको देवदह, रारा र कैलाली भादागाउँ रहेको छ ।

सैलुङ भ्यूटावर निर्माण, गुरिल्ला टे«ल र यार्सा टे«ल १०–१० किलोमिटर पदयात्रामार्गको निर्माण सम्पन्न गर्ने र ग्रेट हिमालय टे«ल निर्माण समेत अधिकारीको योजनाका उल्लेख छ ।

सातै प्रदेशको पर्यटन भल्कने भिडियो बनाउने, अपाङ पत्रमार्ग निर्माण, पर्यटन बोर्डको वेवसाइट चिनियाँ भाषामा समेत चलाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय गन्तव्य झल्कने पाँच वटा ठूलो विद्युतीय डिस्प्ले राख्ने, अन्तर्राष्ट्रिय सञ्चार माध्यम मार्फत पर्यटनको प्रवद्र्धन गर्ने अधिकारीको योजनामा उल्लेख छ ।

नेपाल एभिएस सेफटी प्लान तर्जुमा गर्ने र २०१० देखि २०१७ सम्म भएको जहाज दुर्घटना जाँच प्रतिवेदनको प्रभावकारी कार्यान्वयन गराउने अधिकारीको प्रतिवद्धता छ ।

ड्रोन प्रयोगमा सहजता गराउने, नेपाल वायु सेवा निगमले ल्याउ लागेको वाइडबडी जहाजका लागि योजना बनाउने, नेपाल वायु सेवा निगमसँग रहेको जहाजबाट जतिसक्दो बढी उडान गराउने अधिकारीको प्रतिबद्धता छ ।

यसैगरी आन्तरिक उडानको विस्तारका ६ वटा टिव्नटर विमान खरिद प्रक्रिया सुरु गर्दै सैदान्तिक सहमति को निर्णण गर्ने र वाइडबडीलाई सुहाउदो ह्याङ निर्माणको तयारी पुरा गर्ने लगायतका ११० प्रतिबद्धता अधिकारीले गरेका छन् । अधिकारीले प्रतिबद्धता अनुरुप काम गर्न नसक्ने सम्बन्धित विभागका कर्मचारीलाई कुनै छुट नहुने बताएका छन् ।


पुष्प दुलाल