यसरी हुन्छ तपाईको फेसबुक सुरक्षित, यी हुन् उपाय



विश्वमा अहिले फेसबुकबाट डाटा चोरी भएको विषय चर्चा छ । अमेरिका,बेलायत युरोपदेखि भारतको राजनीतिपनि डाटा चोरीको विषयमा केन्द्रीत छ ।

निर्वाचन जित्नको लागि ठूला आमसभासँगै अहिले बन्द कोठाबाट चलाइने मिडिया वाररुमहरु सक्रिय छन् । सामाजिक संजालको लोकप्रियतासँगै यसको प्रयोगले नै धेरै ठूलो परिवर्तन ल्याउन सक्ने अवस्था आएको छ ।

यो साता बेलायत कम्पनी क्याम्ब्रिज एनालिटिकालाई ५ करोड फेसबुक प्रयोगकर्ताको डाटा गलत तरिकाले प्रयोग गरेको आरोप लागेको छ । जसले फेसबुकको सेयर मुल्य घटेको छ भने फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति पछिल्ला ५ दिनमा ८ अर्ब डलरले घटेको छ ।

डाटा चोरीको विषय बाहिर आएपछि एक पटक फेरी सामाजिक संजालमा गोपनियताको विषय बहसमा आएको छ । तपाईले फेसबुक चलाउदा होस् या गुगलमा केही खोज्दा वा ट्वीइटरमा चलाउदा तपाईले जो खोज्नु भएको हुन्छ त्यसको जानकारी दिने विज्ञापनहरु आउँछन् ।

फेसबुको लागि डाटा इन्धन जस्तै हो । फेसबुकले विज्ञापतदातालाई एउटा प्लेटर्फम दिने गर्छ । जसबाट फेसबुकले पैसा कमाएको हुन्छ ।

यसमा कुनै शंका छैन फेसबुकसँग आफ्नो प्रयोगकर्ताको लाइक,डिसलाइक,लाइफस्टाइल र राजनीतिक आस्थाको विस्तृत प्रोफाइल तयार गर्ने क्षमता छ ।

सबैभन्दा ठूलो प्रश्न फेसबुक यो विषय अर्को कम्पनीलाई दिन्छ या आफुसँग सुरक्षित राख्छ भन्नेमा हो ।

‘तपाई कुन कलाकारजस्तो देखिनुहुन्छ यसको लागि क्लिक गर्नुहोस् ।’ जस्ता क्विजहरु हामीले फेसबुकमा देखिरहेका हुन्छौ । यसमा तपाईको आइक्यु टेस्ट गर्ने कुराहरु हुन्छन् । यसबाट तपाईको व्यक्तित्वको विषयमा जानकारी हासिल हुन्छ ।

भन्नको लागि यो एउटा फेसबुक क्विज हो यसको खास उद्देश्य भने व्यक्तिको गोपनियताको विषय हासिल गर्ने हो । यस्तै प्रयोगबाट क्याम्ब्रि एनालिटिकाले ५ करोड व्यक्तिको डाटा हासिल गरको थियो । यस्ता धेरै क्विजमा तपाईको डाटा सुरक्षित रहेको बताइएको हुन्छ ।

यस्तो गेम र क्विज फेसबुक प्रयोगकर्तालाई लोभाउनको लागि डिजाइन गरिएको हुन्छ । यसको खास उद्देश्य डाटालाई एकीकृत गर्नु हो । यी सबै गेम र क्विज फेसबुकको नियम र सर्तमा काम गर्छन् ।

गोपनियताको वकालत गर्ने संस्था इलेक्ट्रोनिक्स फ्रन्टियर फाउन्डेसनका अनुसार यस्तो क्विज व्यक्तिको डाटा लिनको लागि गरिएको हुन्छ ।

फेसबुकले आफ्नो नियम र सर्तमा केही परिवर्तन गरेको छ । जसले फेसबुक प्रयोगकर्ताको डाटा थर्ड पार्टीसँग सिमित पहुँच भएको छ ।

अहिलेसम्म कुन कम्पनीसँग कस्तो खालको डाटा छ त्यसको जानकारी मिलेको छैन । बेलायतको डाटा सुरक्षाको नियमनकारी निकाय यसको पत्ता लगाउने प्रयासमा रहेको छ ।

प्रयोगकर्ताले आफ्नो जानकारी सुरक्षित कसरी राख्ने यो नै मुख्य प्रश्न हो । यसको लागि विज्ञहरुले केही सुझाव दिएका छन् । सबैभन्दा पहिला फेसबुक खोल्नुहोस र एप सेटिङ पेजमा जानुहोस् । त्यसपछि एप्स वेवसाइट र प्लगिन को तल रहेको एडिट बटनमा क्लि गर्नुहोस् । त्यो प्लेटर्फमलाई डिसेबल गर्नुहोस् ।

माथि दिएको उपाय कार्यान्वयन गरेपछि फेसबुकमा कुनैपनि थर्ड पार्टीको साइटको प्रयोग गर्न सक्दैन । तपाईलाई यो जानकारी मन परेन भने अर्कोपनि जानकारी छ । फेसबुकको फेज सेटिङ लगइन गर्ने । त्यसपछि हरेक क्याटोगरीको अनक्लिक गर्ने जसबाट तपाईलाई एपको सूचना आउने छैन । यसमा तपाईको आफ्नो बायो,जन्मदिन,परिवार,धार्मिक विचारधारा,तपाई अनलाइनमा भएको नभएको तपाईको टाइमलाइनमा देखिने पोस्ट,तपाईको गतिविधि र रुचीहरु सामेल छन् ।

ईस्ट एंग्लिया स्कूल अफ ल विश्वविद्यालयमा बौद्धिक सम्पदा,मिडिया कानून पढाउने अध्यापक पल बरनल कुनैपनि उत्पादकको पेज लाइक नगर्न र कुर्नपनि गेम र क्विज खेल्नभन्दा अगाडि फेसबुकबाट लगइन गर्नुभन्दा सिधै त्यो साइटमा जान सुझाव दिन्छन् ।

‘फेसबुकबाट लगइन गर्न सजिलो हुन्छ । तर,यस्तो गर्दा डेभलपरलाई तपाईको फेसबुक प्रोफाइलमा भएको सबै जानकारी हासिल गर्न सजिलो हुन्छ।’ उनले भने ।

उनको यसबाहेक अर्कोपनि सुझाव दिएका छन् तपाईको डाटा सुरक्षित गर्ने उपाय भनेको फेसबुकको प्रयोग छाड्नु नै हो ।
उनले फेसबुकलाई डाटालाई सुरक्षित गर्नको लागि दवाव दिन फेसबुक छाड्नुको विकल्प नहुँने बताउँछन् । तर,क्याम्ब्रिजको डाटा लिक भएपछि फेसबुक छाड्न सुझाव आएपनि यसको प्रभाव भने फेसबुकलाई परेको छैन । बिबिसी हिन्दीबाट


क्लिकमान्डु