राजधानीमा धमाधम थपिँदै विद्युतीय सवारीका चार्जिङ स्टेशन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौंमा एक पछि अर्को गर्दै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन थप्दै लैजान थालेको छ ।
प्राधिकरणले गत पुसमा प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेशन निर्माण गरेको थियो । आम नागरिकलाई विद्युतीय सवारीमा बानी पार्ने र चार्जिङका लागि सहज व्यवस्था गर्ने लक्ष्यका साथ त्यस्ता स्टशेन थप गर्न थालिएको हो ।

संसारभर नै विद्युतीय सवारी साधानको निर्माण गर्ने क्रम बढ्दै गएको र छिमेकी चीन र भारत जस्ता उदयीमान अर्थतन्त्र भएका मुलुकले समेत विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर काम सुरु गरेपछि नेपालले पनि सोही मार्गमा जानुपर्छ भन्ने लग्यका साथ विद्युतीय सवारी साधनमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको हो ।

प्राधिकरणले यसअघि जडान गरेको रत्नपार्कको चार्जिङ स्टेशनमा हाल नियमित रुपमा विद्युतीय सवारीको चार्ज भइरहेको छ ।

प्राधिकरणले दोस्रो चरणमा थापाथलीमा अर्को त्यस्तै स्टेशन खडा गर्न लागेको हो । प्राधिकरणले भाडामा लिएको थापाथलीको टे«ड टावरमा त्यस्तो स्टेशन राखेर विद्युतीय सवारीका लागि सेवा दिन थालेको हो । प्राधिकरणले थापाथलीमा इन्जिनियरिङ कम्पनी राखेको छ ।

प्राधिकरणको इन्जिनियरिङ कम्पनीले टिओडी मिटर राखेर विद्युतीय सवारी चार्ज गर्न थालेको छ । उत्त,m टिओडी मिटरमा ४० किलोवाट विद्युत् उपलब्ध हुने गरेको छ ।

एउटा सवारीका लागि बढीमा तीन घन्टा

प्राधिकरणले सुरु गरेको उक्त चार्जिङ स्टेशनमा एउटा विद्युतीय सवारीका लागि चार्ज गर्न बढीमा ३ घन्टा लाग्ने गरेको छ । जोडेको ३ घन्टाम विद्युतीइ सवारी चार्ज भइसक्छ, चार्जिङ स्टेशनलाई हाल पाइलटका रुपमा सञ्चालन गरिएको छ, इन्ज्निियरिङ कम्पनकिा एक कर्मचारीले भने ।

कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यकाअनुसार विद्युतीइ सवारीलाई चार्जमा जोडेको अढाई देखि ३ घन्टामा पूर्ण चार्ज भइसक्छ ।

छैन नियम

प्राधिकरणले राजधानीमा नै दुई वटा चार्जिङ स्टेशन खडा गरेपनि आम सर्वसाधारणलाई चार्ज गर्न दिदा लाग्ने शुल्कको बारेमा हालसम्म कुनै नियम बन्न सकेको छैन । नियमावलीको अभावमा प्राधिकरणले आफ्ना कर्मचारीले प्रयोग गर्ने सवारी साधानको मात्रै चार्ज गरिरहेको छ । नियमावली बनाउने विषयमा प्राधिकरणले कुनै पनि पहल गरेको छैन । तर प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले छिट्टै विद्युतीय सवारीका लागि चार्जिङ तथा शुल्क नियमावली तयार पारिने बताए ।

महसुल नियमावली बनेपछि सवारी साधनले ब्याट्री चार्ज गर्दा आउने बिलका आधारमा सर्वसाधारणले चार्जिङ शुल्क तिर्नुपर्नेछ ।

साझाले ७ स्थानमा स्टेशन खडा गर्दै

राजधानीमा सुविधा सम्पन्न र आर्कषक सेवा प्रदान गर्दै आएको साझा यातायातले निकट भविस्यमा नै राजधानीका ७ स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्ने भएको छ । साझाले त्यसको लागि आवश्इक तयारी गरेको जनाएको छ । चार्जिङ स्टेशनका लागि अत्वायश्यक विद्युत् उपलब्ध गराउन साझाले प्राधिकरणले एकसरो छलफल समेत गरेको छ ।

साझा यातायातले निकट भविस्यमा नै चीनमा निर्माण भएका आर्कषक विद्युतीय सवारी ल्याउने तयारी गरेको छ । ती सवारीका लागि भएपनि चार्जिङ स्टशेन अत्यावश्यक भएको साझाको भनाइ छ । महसुल तथा बिलिङ प्रणालीको बारेमा समेत तत्काल नियमावली बनाएर आफूहरुलाई सहयोग गर्न साझाले प्राधिकरकणलाई आग्रह गरेको छ ।

यस्तो छ कुलमानको प्लान

विद्युतीय सवारी साधानको आयात र सञ्चालन नगरिकन सुखै नभएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आम नागरिकलाई बानी पार्नकै लागि भएपनि विद्युतीय सवारी चलाएर देखाउने बताएका छन् ।

आगामी वर्षको मंसिर मसान्तसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने र प्राधिकरणको केन्द्रीय पसारण प्रणालीमा ४५६ मेगावाट विद्युत् थप हुने भएपछि रातको समयमा विद्युत् खेर जाने अवस्था आउने छ । खेर जाने विद्युत्लाई विद्युतीय सवारी साधन चार्जमा समेत खपत गर्न सकिने घिसिङको भनाई छ ।

हिउँदको समयमा प्राधिकरणलाई केही विद्युत् अपुग हुने भएपनि बर्षा तथा रातीको समयमा उल्ल्ेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले विद्युतीय सवारी साधनको प्रवद्र्धन जरुरी रहेको उनको भनाइ छ । हामीले बानी पार्दै लग्यौ भने व्यसायीले पनि विद्युतीय सवारी साधानको आयात बढाउने र नेपालमो पेट्रोलियम पदार्थको परनिर्भरता घट्ने उनको भनाइ छ ।

प्रतिकिलोमिटर चार रुपैयाँ सस्तो

प्राधिकरणको पछिल्लो एक तथ्यांकअनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारी भन्दा विद्युतीय सवारीबाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर ४ रुपैयाँ सस्तो पर्ने देखिएको छ । ठूला बस तथा कार ल्याएर सञ्चालन गर्दा मुलुकको ठूलो धनराशी पेट्रोलियम पदार्थ खरिदका लागि समेत बाहिरिनबाट रोकिने भन्दै त्यसको तयारी गरिएको प्राधिकरणको भनाइ छ ।


पुष्प दुलाल