अब काठमाडौंका सार्वजनिक स्थानमा खैनी-चुरोट खान नपाइने



काठमाडौं । अबदेखि काठमाडौंका सार्वजनिक स्थानमा खैनी–चुरोट खान नपाइने भएको छ । काठमाडौं महानगरपालिका र ब्लूम्बर्ग फिलानट्रोपिज, भाइटल स्ट्राटेजीजको संयुक्त आयोजनामा काठमाडौं शहरलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त गराउने अभियान नै सञ्चालन भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सन् २०१८ को अन्त्यसम्ममा महानगरपालिकाकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर बनाउने बताए ।

‘काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न पाइने छैन, सो कार्यका लागि महानगरपालिका सम्बन्धित नियकायसँग छलफल भइरहेको छ,’ शुक्रबार महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाक्यले भने ।

मेयर शाक्यका अनुसार गत मंसिरदेखि नै धुम्रपानमुक्त काठमाडौं अभियान सुरु भएपनि अब यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले सरकारले २०४९ देखि सार्वजिनक स्थानमा धुम्रमान निषेध गरेको थियो । तर, सरकारको यो नीति कार्यान्यवयनमा आउन नसक्दा अहिलेसम्म पनि सार्वजानिक स्थलहरुमा सूर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न सकिएको छैन ।

महानगरपालिकाले सरकारी नीति अनुरुप हेल्दी काठमाडौैं बनाउने उदेश्यले शहरलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त गर्न लागेको महानगरपालिका शहरी स्वास्थ्य प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

‘मंसिरदेखि नै यो अभियान संचालनमा छ, सरोकारवाल नियायहरुको सहकार्यमा अभियानलाई पूर्ण रुपमा कार्यान्वयनमा लगिने छ,’ श्रेष्ठले भने ।

ब्लूम्बर्ग फिलानट्रोपिज, भाइटल स्ट्राटेजीजको नसर्ने रोगहरु न्युनिकरण गर्ने योजना अनुसार महानगरपालिकाले धुम्रपान र सुर्तिजन्य पर्दाथ नियन्त्रका लागि काम गरेको काठमाडौं, जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यो अभियान सञ्चालन गर्न ब्लूम्बर्गले महानगरपालिकालाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै १८ बर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न रोक लगाउने नीति कार्यान्वयनमा ल्याइसकेको छ । बालबालिका र गर्भवतीले भेटिएमा १० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ ।

धुम्रपान तथा सूर्तिजन्य पर्दार्थ मुक्त शहर बनाउने गरिने कार्याक्रमहरु

१. प्राविधिक कार्यदलको गठन तथा काठमाडौं महानगरपालिकालाइ धुम्रपान रहित बनाउन फलोअप मिटिङ्गको आयोजना गर्ने ।
२. मेयर तथा अन्य जनप्रतिनिधिहरुलाइ धुम्रपानरहित का.म.पा. को नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने ।
३. पत्रकार सम्मेलनको आयोजना गरि धुम्रपानरहित काठमाडौं महानगरपाकिका घोषण गर्न समुदायको सहयोग जुटाउने ।
४. काठमाडौं जिल्लाका उत्प्रेरणादायी संस्थाहरु तथा सरोकारवाला संस्थाहरलाइ कार्यक्रम सम्बन्धी परिचयात्मक कार्यक्रम गरी काठमाडौं महानगरपालिकालाइ धुम्रपान रहित बनाउने अभियानमा सहयोग जुटाउने ।
५. धुम्रपान रहित का.म.पा.का निर्देशिकाको खाका तयार गरी कार्यान्वयन गर्ने ।
६. धुम्रपान रहित कार्यक्रमको कार्यान्वयनको पहुँच तथा उपभोगको लागी सर्वेक्षण गर्ने
७. उत्प्रेरणादायी संस्थाहरु तथा काठमाडौं महानगरीय प्रहरी वित्तलाइ धुम्रपान रहित का.म.पा. सम्बिन्धी तालिम दिने ।
८. धुम्रपानरहित वातावरण तथा सूर्ति नियन्त्रण सम्बन्धि जनमानसको धारणा बुभm्न सर्वेक्षण गर्ने ।
९. राष्ट्रिय निती निर्माताहरु संग बृहद सूर्ति नियन्त्रण नितीको लागी गोलमेच छलफल कार्यक्रमको आयोजना गर्ने ।
१०. १० हजार धुम्रपान सिगनेज छापी वितरण गर्ने तथा प्रभावकारी रुपमा सम्पूर्ण ठाउँहरुमा प्रदर्शन गर्ने ।
११. निरिक्षण तथा सुपरिवेक्षण गरी होटल , रेष्ट्रुडेन्ट , व्यापारीक भवन , सरकारी भवन तथा अन्य सार्वजनीक स्थानहरुमा अनुगमन गर्ने । यसको लागि नेपाल प्रहरी , जिल्ला प्रशासन कार्यालय काठमाडौं महानगरपालिकाको प्रहरी परिचालन गर्ने ।
१२. स्थानीय सरकारका वरिष्ठ अधिकारीहरु तथा सम्बन्धीत सरोकारवालाहरुसँग चौमासिक रुपमा समिक्षा बैठक गर्ने ।
१३. निती निर्माता , स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीहरु , पिडितहरुलाइ सहभागी गराइ रेडियो तथा टिभीमा छलफल कार्यक्रमहरु प्रसारण गर्ने ।
१४. जनचेतनामूलक तथा उत्प्रेरणा प्रदान गर्ने । पोष्टर , पम्पलेट , पुस्तिका , पर्चा , ब्रोसार , फेसिड तथा अन्य सम्बिन्धीत प्रचार सामाग्री निर्माण गर्ने ।
१५. धुम्रपान रहित का.म.पा.को लागि रेडियो,एफ एम, टिभी, पत्रपत्रिकाहरुमा उत्प्रेरणादायी सन्देशहरुकोे प्रवाह गर्ने ।
१६. विधुतिय प्रचार बोर्ड राखी वार्षिक कार्यक्रमको प्रदर्शनी गर्ने ।


पुष्प दुलाल