रेडक्रस सोसाइटीमा रोजगारीको अबसर, ४ देखि ९ तहसम्मको आबेदन खुल्ला



काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले १७ जना कर्मचारी माग गरेको छ । सोसाइटीले ४ तहदेखि ९ तहसम्मका कर्मचारी माग गरेको हो ।

निर्देशक ९औं तहमा २ जना माग गरिएको छ भने, लेखा निर्देशक ९ औं तहमै १ जना माग गरिएको छ । त्यसको लागि २१ पुराभई ३५ बर्ष ननाघेको योग्यता पुगेका ब्यक्तिले आबेदन दिन सक्ने छन् ।

उपनिर्देशक ८ औं तहमा २ जना, बरिष्ठ अधिकृत ७ औं तहमा ३ जना, प्रशासकिय अधिकृत ६ औं तहमा २ जना, लेखा अधिकृत ६ औं तहमा १ जना, बरिष्ठ कार्यालय सहायक र लेखा ५ औं तहमा ३ जना, ४ तहमा ३ जना माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका ब्यक्तिले ३० दिन भित्र आबेदन दिन सक्ने छन् । सुचना आज मंगलबारको गोरखा पत्रमा प्रकाशन भएको छ ।


क्लिकमान्डु