भारतीय मुद्रास्फीति १७ महिनापछि ओरालोतर्फ, नेपालमा कस्तो असर पर्ला ?



काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति आरालोतर्फ लागेको छ । डेढवर्ष देखि उकालो लागेको मुद्रास्फीति जनवरीमा ओरालो लागेको अन्तर्राष्ट्रिय संचार माध्यम एएफपीले जनाएको छ ।

सन् २०१८ को जनवरीमा १७ महिना यताकै उच्च गतिले ओरालो लागेको हो । तर, यो रिजर्भ बैंक अफ इन्डियाको मध्य अवधीको लक्ष्य ४ प्रतिशत भन्दा थोरै माथि रहेकोसमेत जनाइएको छ ।

उपभोक्ता मूल्यको मुद्रास्फीतिको मापक सीपीआई सूचकमा अघिल्लो वर्षको समान अवधिको तुलनामा जनवरीमा ५.०७ प्रतिशतको वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

विश्लेषकहरू माझ गरिएको सर्वेक्षणले जनवरीको दरमा डिसेम्बरको ५.२१ प्रतिशतबाट ५.१४ प्रतिशतमा झर्ने देखाएको थियो ।

गत साता आरबीआईले आफ्नो प्रमुख रिपो अपरिवर्तनीय राखेको थियो । ‘आगामी ५ देखि ६ महिनाको अवधिसम्म दर वृद्धि हुने अपेक्षा मैले गरेको छैन,’ लाडेरप वेल्थ म्यानेजमेन्टका प्रबन्ध निर्देशक राधबेन्द्र नाथले भने ।
तेलको मूल्यबाहेक मनसुनी वर्षाले पनि मुद्रास्फीतिमा प्रभाव पार्न सक्ने उनले बताए । जनवरीमा उपभोक्ता खाद्यान्नको मूल्यमा ४.७० प्रतिशतको वृद्धि भएको थियो ।

यो डिसेम्बरको ४.९६ प्रतिशतको तुलनामा कम हो । दालको मूल्यमा अघिल्लो वर्षको तुलनामा २०.१९ प्रतिशतले गिरावट आएसँगै खाद्यान्नको मूल्य ओरालो लागेको छ । बजारमा ताजा बालीको उत्पादन भएसँगै खाद्यान्नको मूल्य ओरालो लागेको हो ।

इन्धनको मुद्रास्फीति डिसेम्बरको ७.९० प्रतिशतको तुलनामा ७.५८ प्रतिशत कायम भएको छ । हाउजिङको मुद्रास्फीति अघिल्लो महिनाको ८.२५ प्रतिशतको तुलनामा ८.३३ प्रतिशत कायम भएको छ ।

केन्द्रीय बैंकले मुद्रास्फीतिको प्रक्षेपणलाई अक्टुबरदेखि डिसेम्बरसम्मको ४.६ प्रतिशतबाट बढाएर जनवरीदेखि मार्चसम्मको अवधिका लागि ५.१ प्रतिशत कायम गरेको छ ।

बजेटमा घोषणा गरिएको उच्च आयात करका कारण मूल्य दबाबको अवस्था सिर्जना भएको र यसले खाद्यान्न तथा इन्धनको मूल्य पनि उकालो लागेको कारण देखाउँदै उक्त अवधिको मुद्रास्फीतिको प्रक्षेपण बढाइएको हो ।

भारतीय बजार पर्ने कुनैपनि असर नेपाली बजारमा प्रत्येक्ष पर्ने हुँदा त्यहाँको असरको फाइदा र बेफाइदा नेपालमा पर्नु स्वभाबिक हो ।


क्लिकमान्डु