रसुवागढी र सान्जेन जलविद्युतको २ करोड ५१ लाख ८२ हजार कित्ता आईपीओ आउँदै



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन् । दुबै कम्पनीले एकै पटक आउँदो फागनु ११ गतेदेखि २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्दैछन् ।

दुबै कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्न लागेको नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । । दुबै कम्पनीले आइतबार आईपीओको निष्कासनका लागि आब्हनपत्र सार्वजनिक गर्ने भएका छन् ।

तर सो आईपीओमा अनलाइनको माध्यमबाट आवेदन दिन भने नपाइने भएको छ । दुबै कम्पनीका शेयर लगानीकर्ताले आईपीओ भर्न बैंकमै जानुपर्ने भएको छ ।

फागनु ११ गतेदेखि नै सीडीएस क्लियरिङ हाउस लिमिटेडले अनलाइनबाट सेयरको आवेदन दिन पाउने प्रणाली कार्यन्वयनमा ल्याउँदैछ ।सीडीएसले धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आश्वा) शुरु गरी अनलाइनबाट पनि शेयर भर्न पाउने व्यवस्था गरेको छ ।

आईपीओ भर्ने सबै कर्मचारी तथा संचयकर्ताहरु प्रमाणिकरणका लागि बैंकमै उपस्थित हुनुपर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले बताए । बैंकमा गएर कर्मचारीहरु तथा संचयकर्ताहरुले परिचयपत्र देखाएपछि मात्र आस्वा प्रणालीमार्फत शेयर भर्न पाउने उनले जानकारी दिए।

रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

फागुन ११ देखि ३० गतेसम्म कर्मचारी संचय कोषका संचयकर्ता, चैत ५ देखि १३ गतेसम्म नेपाल विद्युत प्राधिकरण, संचय कोष, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्न लागेका हुन् । रसुवागढी हाइड्रोपावर कम्पनीका सीईओ माधव कोइरालाले संचयकर्ताले १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आईपीओ पाउने बताए  पहिलो चरणमा २४ प्रतिशत शेयर निश्कासन गर्ने उनले जानकारी दिए ।

कम्पनीका संस्थापक संस्थाहरुका कर्मचारीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २३ लाख ९४ हजार ३५ कित्ता पाउने छन् ।

यस्तै सान्जेनको संचयकर्ताले ७१ करोड १७ लाख ५० हजार ७१ लाख १७ हजार ७१ कित्ता आईपीओ भर्न पाउनेछन् । न्युनतम ५० देखि ३ सय कित्तासम्म भर्न शेयर पाउनेछन् ।

यस्तै संस्थापक सेयरधनीलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ७७ हजार र संचय कोषका कर्मचारीलाई ३ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख ६५ हजार कित्ता आईपीओ पाउने छन् ।

रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना तथा सान्जेनले ४२५ मेगावाट क्षमताको तल्लो र १४८ मेगावाट क्षमताको माथिल्लो सान्जेन आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्षपछि र रसुवागढीले २०७६ पुस १५ गतेदेखि विद्युत उत्पादन गर्ने छन् ।


क्लिकमान्डु