विश्वबाट पेट्रोल युगको अन्त्य हुदैं, नेपालमा कहिले ?



काठमाडौं । संसारभर नै पछिल्लो समयमा विद्युतीय सवारी तथा विद्युतीय सामग्रीको प्रयोग बढाएर रासायनियक इन्धनको बिक्री वितरणलाई कम गर्दै जाने योजना अगाडि सारिएको छ ।

नर्वेले सन् २०२५ सम्म पूर्ण रुपमा नै पेट्रोलियम पदार्थ विस्थापन गर्ने योजना अगाडि सारिरहेको बेला भारत, चीन जस्ता नेपालका छिमेकी मुलुकले पनि विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्य लिएको हो । भारतले त चालु आर्थिक वर्षको बजेट मार्फत नै सन् २०३० सम्म विद्युतीय सवारी साधन सञ्चालन जोड दिने रणनीति लिएको छ ।

विश्वमा बढ्दो तापमान तथा जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यून गर्न पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै जाने ती मुलुकले रणनीति लिएका हुन् । चीनले त निकट भविस्यमा नै पेट्रोलियम पदार्थको विस्थापन गर्ने र सबै सवारी साधन विद्युतीइ चलाउने महत्वाकाक्षी रणनीति अगाडि सारेको छ । लनेदरल्याण्ड पनि सोही दिशामा केन्द्रीत भएको छ । सो मुलुकले पनि सन् २०३० सम्म आफ्नो मुलुकबाट पेट्रोलियम पदार्थ पूर्ण रुपमा नियन्त्रण गर्ने र खरिद तथा बिक्रीलाई समेत प्रतिबन्ध नै लगाउने घोषणा गरेको छ ।

बेलायतले पनि सन् २०४० सम्म विद्युतीय सवारीलाई बढावा दिदै गएर पूर्ण रुपमा पेट्रोलियम पदार्थ हटाउने लक्ष्य राखेको छ । जर्मनी पनि बेलायतको शैलीमा नै अगाडि बढेको छ । उसले बेलायत भन्दा १० वर्ष पहिले अर्थात् सन् २०३० सम्म विद्युतीय सवारी साधन पूर्ण रुपमा सञ्चालन ल्याउने तयारी गरेको छ । फ्रान्सले पनि सन् २०२५ मा नै विद्युतीय सवारी चलाउने तयारी गरेको छ ।

संसारभर नै पछिल्लो दिनमा विद्युतीय सवारीमा बढावा दिने र पेट्रोलियम पदार्थ हटाउने रणनीति अगाडि सारिएको छ । अमेरिका संसारका मुलुक मध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ प्रयोग गर्ने मुलुकको रुमपा चिनिन्छ । उक्त देशले समेत सन् २०४० सम्म क्यालिफोर्नियाबाट पेट्रोलियम पदार्थको प्रयोगमा प्रतिबन्ध लगाउने रणनीति लिएको छ ।

संसारभर नै विद्युतीय सवारी साधनको प्रयोगको क्रम बढ्दै गएपनि नेपालमा भने हालसम्म सो बारेमा कुनै पनि नीतिगत तथा व्यवहारिक तयारी गरिएको छैन । सरकारले गत आवमा विद्युतीय सवारीका लागि २० करोड मात्रै बजेट उपलब्ध गराएको थियो । तर सो रकम प्रयोग विहिन जस्तै भएको सरकारी अधिकारी नै स्वीकार गर्छन ।

नेपाल विद्युत् प्राधिरकणले केन्द्रीय कार्यालयमा परिक्षणको रुपमा विद्युतीय सवारीको चार्जिङ स्टेशन खडा गरेको छ । यस्तै साझा यातायातले राजधानीका विभिन्न ७ स्थानमा त्यस्ता स्टेशन खडा गर्ने तयारी गरेको जनाएको छ ।


क्लिकमान्डु