बागदरबार भत्काउने तयारीमा काठमाडौं महानरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबार (महानगरपालिकाको कार्यालय) भत्काउने प्रक्रिया अगाडि बढाएको छ । बागदरबार भत्काउनका लागि कर्मचारी सार्न थालिसकेको महानगरपालिका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

‘भूकम्पबाट क्षति भएको पुरानो भवन भत्काउनु पर्ने देखिएको छ, भवन भत्काउनका लागि कर्मचारी तथा विभाग सार्ने काम सुरु गरिसकेको छ,’ ढकालले क्लिकमाण्डूसँग भने ।

महानगरले बागदरबारमा कार्यालय रहेका स्वस्थ्य विभाग, शिक्षा विभाग, सामाजिक विभागलगायतको कार्यायल तत्कालिन जिल्ला विकास समितीको कार्यालयमा सार्ने काम भईरहेको उनको भनाइ छ ।

महानगरपालिकाले गत कात्तिक मै बागदरबार भत्काउनका लागि टेण्डर आव्हान गरेको थियो ।

‘टेण्डरमा सहभागी कम्पनीहरुको आन्तरिक मूल्याङकन जारी छ, एक महिना भित्रमा बागदरबार भत्काउने कम्पनी छनोट हुन्छ,’ ढकालले भने ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट बागदरबारमा क्षति पुगेको थियो । भूकम्पबाट क्षति पुगेपनि भवनका अभावमा महानगरपालिकाका केहि विभाग बागदरबारबाटै संचालन गरिदै आएका थिए ।

बागदरबार भत्काउन सजिलो छैन

महानगरपालिकालाई बाघदरबार भत्काउन फलामको चिउरो चपाउनु जतिकै मुस्किल छ । बागदरबार भत्काउनका लागि महानगरको अगाडि पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागबाट स्वीकृती लिनु पर्ने हुन्छ ।

हालसम्म महानगरपालिकालाई बाघदरबार भत्काउनका लागि पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागबाट स्वीकृति प्राप्त नभईसकेको सह–प्रवक्ता ढकाल बताउँछन् ।

बाघदरबार पुरातत्वीक संरचना भएकाले पुरातत्व विभागले पुनःप्रवलीकरण (रेक्ट्रो फिटिङ) गर्नका लागि महानगरपालिकालाई निर्देशनसहितको पत्र पठाइसकेको छ ।

तर, महारनपालिका भने बाघदरबार भत्काउनका लागि अडिक रहेको देखिन्छ ।

बाघदरबार पुनःप्रवलीकारण गर्न ३८ प्रतिशतभन्दा धेरै खर्च लाग्ने भएकाले भत्काएर नयाँ संरचनामा बनाउन लागिएको ढकाल बताउँछन् ।

‘अन्तराष्ट्रिय मापदण्ड अनुसार ३० प्रतिशतभन्दा न्युन लगात देखिएमा पुन प्रवलीकरण गरिन्छ, बाघदरबार पुन प्रवलिकर गर्न ३८ प्रतिशत लाग्ने अध्ययनले देखाएको छ,’ ढकालले भने ।

बाघदरबार भत्काउनका लागि विभागसँग स्वीकृति लिने तयारीमा महानगरपालिका रहेको पनि उनी जानकारी दिन्छन् ।

महानगरपालिकार र विभागबीचको समन्वयको अभावमा बागदरबार पुनःनिर्माण प्रक्रियाको पनि रानीपोखरीको जस्तो नहोला भन्न सकिदैन ।

नयाँ भवनको डिजान तयार भइसक्यो

महानगरले ऐतिहासिक मौलिकता तथा लिच्छविकालिन परम्परागत शैलीलाई कायम राख्दै नयाँ भवन भन्दै डिजाइन सर्वाजनिक गरिसकेको छ । भवनको निर्माणमा १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २ लाख वर्गफुट क्षेत्र फलमा निर्माण हुने यो भवन ४२ महिनामा निर्माण सम्पन्न हुने महानगरले जानकारी दिएको छ ।

भवनको बाहिरी मोहडा ३ वटा मौलिकता झल्कने गरि डिजाइन गरिएको छ । भित्री डिजाइनहरु भने आ–आफ्नै मौलिकता झल्कने प्रकारका हुनेछन् । नयाँ बन्ने भवन ऐतिहासिक बागदरबारकै आकारमा ३ तल्लाको हुनेछ । ऐतिहासिक मौलिकता कायम गर्न खोजिएको र ब्लक भित्रि फिनिसिङ बागदरबारको पौराणिक शैलीमा हुनेछ ।

लिच्छवीकालिन परम्परागत शैलिको मोहडा डिजाइन गरि पूर्ण मल्लकालिन स्वरुपमा देखिन्छ । यो भबन साढे ६ तलाको हुन्छ ।

आधुनिक शैलिमा निर्माण गर्न खोजिको मोहडाले महानगरपालिकाको पहिचान दिने टावर स्वरुप निर्माण गरिन्छ ।

१५ तलाको यो टावरको माथिल्लो तलाबाट काठमाडौं उपत्यकालगायत विभिन्न हिमशृंखला दुश्याबलोकन र विपद ब्यवस्थापनको उद्देश्यले बाइनाकुलर मार्फत महानगरपालिका भित्र हुने घटनाक्रमहरु अबलोन गरि विपद न्यूनिकरण गरिनेछ ।

अन्य तलाहरु आईटी पार्क, अन्तराष्ट्रिय स्तरको कुटनैतिक बैठक सेमिनार तथा सभा सम्मेलन हलहरु निर्माण गरिने महानगरपालिकाको डिजाइनमा उल्लेख छ ।


पुष्प दुलाल