८ तथ्यमा भारतको जलविद्युत् विकास, एक हजार मेगावाटबाट १ लाख ७० हजार मेगावाट



काठमाडौँ । भारत विश्वका धेरै जनसंख्या भएको र अत्याधिक मात्रामा शहरीकरण बढ्दै गएको देशको रुपमा परिचित छ । वर्षेनी विद्युत्को माग बढ्दै गएको सन्दर्भमा भारतको ऊर्जा विशेष गरी विद्युत् प्रणालीका केही तथ्यहरु प्रस्तुत गर्न लागेका छौ ।

१. भारतमा कुल १ लाख ७० हजार मेगावाट विद्युत् उत्पादन भइरहेको छ । वर्षेनी ५ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन थपिइरहेको छ । जब की १९४७ मा भारत स्वतन्त्र हुँदा ऊ सँग मात्रै १ हजार ३६२ मेगावाट मात्रै विद्युत् उत्पादन हुन्थ्यो ।

२. विद्युत् उत्पादनमा अधिकाशं रुपमा कोइलाको प्रयोग हुन्थ्यो । तर पछिल्लो दिनमा कोइलाबाट विद्युत् उत्पादन गर्न कम गरिएको छ । कोइला घटाएर वैकल्पिक ऊर्जा वा जलविद्युत्मा नै जोड दिइएको छ ।

३. भारतमा प्रतिव्यक्ति विद्युत् खपत दर ७४३ युनिट रहेको छ । जबकी विकसित देशमा प्रतिव्यक्ति खपत दर २ हजार ४२९ युनिट रहेको छ । क्यानडामा १८ हजार ३४७ प्रतिव्यक्ति खपत दर रहेको छ भने अमेरिकामा १३ हजार ६४७ छ ।

४. भारतमा विद्युत् खपत दर कम भएपनि प्रत्येक वर्ष ७ प्रतिशतको दरले विद्युत् माग बढीरहेको छ । बढ्दो शहरीकरणका कारण माग बढेको हो ।

५. उद्योग तथा व्यापारको तुलनामा बिजुलीको खपत घरेलु तथा कृषि उत्पादन ज्यादा रहेको छ ।

६. भारत स्वतन्त्र हुने समयमा बिजुलीको भयंकर कमी थियो । प्रत्येक वर्ष ८ प्रतिशतको दरले माग बढेपनि चरम ऊर्जा संकटको अवस्थामा रहेको भारतले छिट्टै प्रगति गर्यो ।

भारत स्वतन्त्र भएको ६५ वर्षसम्म पनि भारतको ३० मध्ये नौ राज्यमा मात्रै पूर्ण रुपमा विद्युतीकरण गरिएको थियो । आन्ध्र प्रदेश, गोवा, दिल्ली, हरियाणा, केरला, पञ्जाव, कर्नाटक र तालिमनाडुमा मात्रै विद्युतीकरण भएको थियो । पछिल्लो १० वर्षमा मात्रै बाँकी राज्यमा विद्युत् पुगेको हो । हाल पनि भारतको विहारमा पूर्ण रुपमा विद्युतीकरण हुन सकेको छैन ।

७. भारतमा हाल १ लाख ५० हजार मेगावाट क्षमताका वैकिल्कप ऊर्जा प्रणाली जडान भइरहेको छ । त्यसमा २५ हजार मेगावाट सौर्य परियोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ५ हजार मेगावाट वायु ऊर्जा जडान हुँदैछ भने आणकिव भट्टीबाट पनि ऊर्जा उत्पादन गरिएको छ ।

८. भारत र पाकिस्तानको विवादित काश्मिरमा मात्रै ७ हजार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।


क्लिकमान्डु