बजारमा पाइन्छ १ सयदेखि ५ सयसम्मका तरुल, तपाईले कुन किन्नुभयो ?



काठमाडौं । माघे संक्रान्तिको दिन बिहानै उठी स्नान गरी पुजाआज गर्ने र अघिल्लो दिन राति उसिनेर राखेको तरुल बिहान पुजाआजा सकेपछि खाने प्रचलन रहेको पाईन्छ ।संक्रान्तिको दिन उसिनेको तरुल आए जाडो भाग्छ भन्ने भनाइसमेत रहेको पाइन्छ ।

माघे संक्रान्तिमा बिशेषगरी ८ थरीका तरुलहरु पकाएर खाने गरिन्छ । हाती पाइले तरुल, बन तरुल, देशी तरुल, पतले तरुल, रातो घरतरुल, सिमल तरुल, सेतो घरतरुल र स्कुसको जरा जस्ता तरुलहरुको प्रकार बनाइने चलन रहेको छ । यसैसँगै माघे संक्रान्तिको दिन सखर खण्डा र पिडालु पनि खाने गरिन्छ ।

यस दिन विषेश गरी जमिन मुनी फल्ने र कोदालोले खनेर निकालेको सामाग्री खानुपर्ने परम्परा रहि आएको छ ।

असनका बजारहरुमा तरुल १ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्ममा विक्री भैरहेको व्यापरी सरोज परियार बताउँछन् ।

असन बजारमा हाती पाइले तरुल प्रतिकेजी १ सय ५० रुपैयाँमा विक्री भैरहेको छ भने, बन तरुल प्रतिकेजी ५ सय रुपैयाँमा विक्री भैरहेको छ । देशी तरुल प्रतिकेजी १ सय रुपैयाँमा विक्री भैरहेको व्यवसायी बताउँछन् ।

पतले निलो तरुल प्रतिकेजी १ सय ५० रुपैयाँमा र रातो घरतरुल प्रतिकेजी १ सय रुपैयाँमा विक्री भैरहेको छ । सिमल तरुल प्रतिकेजी १ सय रुपैयाँमा विक्री भैरहेको छ भने, सेतो घर तरुल प्रतिकेजी १ सय रुपैयाँमा किन्न सकिन्छ ।

यस्तै स्कुसको जरा प्रतिकेजी १ सय ६० रुपैयाँमा विक्री भैरहेको छ । सखर खण्डा र पिडालु प्रतिकेजी १ सय रुपैयाँमा विक्री भैरहेको परियारले बताए । उनी संक्रान्तिको अघिल्लो दिन ४० हजार रुपपैयाँसम्मको व्यापार गर्ने बताउँछन् । तर, सामान्य समयमा उनको व्यापार १० हजारको हाराहारीमा मात्रै हुने गरेको उनले सुनाए ।

यसैगरी असनमै तरुल व्यापार गर्न बसेका श्याम कुमार धिताल आफुले व्यापार गर्न राखेका तरुलहरु कालिमाटीबाट ल्याएको बताउँछन् । हातीपाइले तरुल १ सय ५० देखि १ सय ६० रुपैयाँसम्ममा विक्री हुने गरेको उनले बताए ।

धिताल भन्छन् ‘चाडपर्वको समयमा राम्रै व्यापार हुने गर्छ । केही नभएनी २ लाख रुपैयाँसम्मको व्यापार हुने अनुमान छ ।’


क्लिकमान्डु