एयर एसियाले सरकारी निकायलाई झन्डै २८ करोड रुपैयाँ तिर्न बाँकी




काठमाडौं । मलेसियाको एयर एसियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलाई १९ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ ।

एयर एसियाले २१ करोड रुपैयाँ त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयलाई तिर्न बाँकी थियो । बक्यौता रकम धेरै भएपछि विमानस्थल कार्यालयले एयर एसियाको जहाज उड्नै नदिने भनेपछि सो एयरलाइन्सले १ करोड ३० लाख रुपैयाँ तिरेको छ । सो एयर लाइन्सले विमानस्थललाई अझै १९ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ ।

एयर एसियाले विमानस्थललाई मात्रै होइन, नेपाल पर्यटन बोर्डलाई पनि ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको बोर्डले जानकारी दिएको छ । पर्यटक सेवा शुल्क वापत जहाज चड्ने ब्यक्तिहरुबाट प्रतियात्रु १ हजार रुपैयाँका दरले बोर्डलाई बुझाउनु पर्ने सो रकम एयर एसियाले नबुझाएको हो । सो एयरलाइन्सले यात्रुबाट भने रकम लिइसकेको छ ।

एयर एसियाले बिमानस्थल कार्यालयलाई १९ करोड ७० लाख र पर्यटन बोर्डलाई ७ करोड रुपैयाँ तिर्न बाँकी छ ।

तीन वर्षदेखि एयर एसियाले रकम तिरेको छैन । एयर एसिया नाफामा भएपनि नेपालको टिकट बिक्री गर्ने आधिकारिक कम्पनी (जिएसए) इन्सेटिभ ग्रुप अफ कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको छ ।

एयर एसियाको नेपाली जिएसए इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष हरिमान लामाले एयर एसियाबाट पैसा आउन बाँकी रहेकोले बिमानस्थल कार्यालयलाई तिर्नु पर्ने बक्यौता रहेको बताए । यस्तै आफूले बैंकबाट ऋण लिएर कालोसूचीमा परेको नभइ ऋणीको साक्षी बसेका आधारमा आफू कालोसूचीमा परेको उनको भनाइ छ ।

‘हामी एयर एसियाको नेपाली जिएसए हौं, एयर एसियाबाट पैसा आउन बाँकी रहेकोले तिर्न बाँकी देखिएको हो, उसले पैसा दिने वित्तिकै बक्यौता तिर्छौं,’ लामाले क्लिकमाण्डूसँग कुरा गर्दै भने ।

कर्जा सूचना केन्द्रका अनुसार इन्सेन्टिभ ग्रुप मंसिर ३ गतेदेखि कालोसूचीमा परेको छ । केन्द्रको १०१०५ औं नम्बरमा कालोसूचीमा परेका व्यवसायीमा हरिमान र उनको कम्पनी तथा परिवारका सदस्य पर्छन् ।

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्दा तथा चेक बाउन्स हुँदा कर्जा सूचना केन्द्रको कालोसूचीमा परिन्छ । ऋण तिरेर तथा चेक वापतको रकम तिरेपछि कालोसूचीबाट हट्न सकिने व्यवस्था छ ।

एयर एसियाले बिमानस्थल कार्यालयलाई १९ करोड ७० लाख र पर्यटन बोर्डलाई ७ करोड रुपैयाँ तिर्न बाँकी छ ।

बैंकको ऋण नतिरेपछि एयर एसियाको नेपाल जिएसए कम्पनी सहित संचालकहरु कालोसूचीमा परेका केन्द्रले जानकारी दिएको छ ।

बजेट एयरलाइन्स एयर एसियालाई नेपालमा हरिमान लामाले भित्र्याएका हुन् । पर्यटन, होटल क्षेत्रमा लगानी गरेका लामा घरजग्गा व्यवसायको कारण समस्यामा छन् ।

एयर एसियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सबैभन्दा बढी रकम तिर्न बाँकी छ । अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार लामा व्यवसायिक रुपमा समस्या परेपछि बक्यौता रकम बढेको हो ।

विमानस्थलले उडान गर्न नदिने निर्णय गरेपछि गत आइतबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर, यसमध्ये विमानस्थल कार्यालयलाई १ करोड ३० लाख रुपैयाँ बुझाइएको छ ।

एयर एसियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई १९ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले एयर एसियाले तिर्नुपर्ने रकम बुझाउन सुरुमा लामालाई नै ताकेता पत्र पठाउने गरेको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले एयर एसियालाई तिनुपर्ने बक्यौता नबुझाएमा उडान रद्द गर्ने चेतावनी सहितको पत्र पठाएपछि एयर एशियाले १ करोड ३० लाख रुपैयाँ बुझाएको थियो ।

‘लामाको भरमा पर्दा बक्यौता रकम बढेको बढ्यौ भयो, अब एयर एसिया आफैले तिर्छु भनेको छ, उसले पनि तोकिएको समयमा रकम तिरेन भने उडान अनुमति रद्द गर्छौं,’ बिमानस्थल कार्यालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

एयर एसियाले आगामी बैशाखभित्रमा सबै बक्यौता तिर्ने प्रतिबद्धता जनाएको छ ।

जिएसएको जिम्मा लिएका हरिमान लामा कर्जा नतिरेर कालोसूचीमा परेपछि उनलाई व्यवसायिक रुपमा कारोबार गर्न भने कठिन हुने देखिएको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको व्यक्ति तथा फर्मलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीबाट नहट्दासम्म ऋण दिन पाउँदैनन् । कालोसूचीबाट हटेको निश्चित समयपछि मात्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने बाटो खुल्ने भएपनि विश्वास भने कम हुने गर्छ ।

एयर एसियाले अहिले काठमाडौं मलेसिया साताको चार दिन उडान गर्दै आएको छ । एयर एसिया नेपालमा आउनु अगाडि नेपालबाट मलेसियाको उडान नेपाल एयरलाइन्सले मात्रै गर्ने गरेको थियो ।

बैदेशिक रोजगारी तथा घुम्न जाने नेपाली बढेसँगै मलेसियाको उडानमा प्रतिस्पर्धा थपिदै गयो । एयर एशियाले मलेसिया काठमाडौं उडान गरेपछि मलेसियन कम्पनी मलेसियन एयरलाइन्स तथा मालिन्दो एयर पनि थपिए । चिनियाँ लगानीमा खुलेको हिमालयन एयरलाइन्सले पनि अहिले मलेसिया उडान गर्दै आएको छ ।

सुरुवातका केही वर्ष एयर एसियाले मलेसियाको उडानको बजारमा राम्रो हिस्सा लिएको थियो । बजेट एयरलाइन्स भएको हुँदा सस्तो पनि हुने भएकोले नेपाली जिएसए हरिमान लामाले यसको राम्रो फाइदा उठाएका थिए ।

लामाको पर्यटन व्यवसाय बाहेक घरजग्गामा पनि ठूलो रकम लगानी रहेको हुँदा उनी समस्यामा परेका हुन् । जसले गर्दा कर्जा नतिरेपछि उनी कालोसूचीमा परे ।


क्लिकमान्डु