ग्यास नपाइने हो कि भन्ने त्रासमा उपभोक्ता, उद्योगी भन्छन् ‘एनएस’ खर्च कस्ले ब्योहोर्ने ?



काठमाडौं । केही समयअघि ग्यासको मूल्य वृद्धि भएपछि मारमा परेका उपभोक्तालाई फेरी अर्को समस्याको सिकार बन्ने हुन् कि भन्ने चिन्ताले सताएको छ ।

त्यो बिषय हो ‘एनएस’ चिन्ह, त्यसैलाई देखाएर बजारमा खाना पकाउने ग्यासको हाहाकार त हुने होइन भन्ने चिन्ताले आम मानिसमा शंका उब्जेको छ ।

गुणस्तर तथा नाप तौल विभागले केही दिन अघि मात्र गरेको अनुगमनमा थुप्रै ग्यास डिलरहरुले एनएस चिन्ह नलिएको, गुणस्तरहिन ग्यास बेचिरहेको फेला पारेपछि ‘एनएस’ चिन्ह नलिएका उद्योगको ग्यास बिक्री बन्दगर्ने तयारी सुरु गरेको छ ।

सरकारले ‘एनएस’ चिन्ह नभएका उद्योगको ग्यास बिक्रीमा प्रतिबन्ध लगाउने भनेपछि यस बिषयमा उपभोक्तको भनाई कस्तो छ ? भन्ने विषयलाई लिएर हामीले ग्यास बिक्रेता र केही उपभोक्तासंग कुरा गर्यौ ।

कत्ति उद्योगको मेसिनसमेत परिवर्तन गर्नु पर्ने देखिएको छ । तर, पनि हामीले प्रक्रिया अघि बढाएका छौं ।’ भण्डारीले क्लिकमाण्डुसँग भने ।

घट्टेकुलो बस्ने मन्जु मिश्र ग्यास पसलमा ग्यासको अबस्था बुझन आएकी थिइन् । उनि कतै ग्यास नै नपाइने हो कि भन्ने चिन्तामा देखिन्थिन् ।

२ बर्ष अगाडी ग्यास नआएर ३ महिना दाउरामा खाना पकाएर खानुपर्यो अहिले आनन्द भएको थियो फेरी के चिन्हको बिवाद निकालेर उपभोक्तालाई ठग्न खोजेका होलान् – उनले आक्रोश पोखिन् ।

अनामनगरमा भेटिएकी कन्चन बस्नेत भन्छिन् ‘सरकारले कहिल्यै बुद्धि पुर्याएर काम गरेन । हिजो उद्योग स्थापना गर्ने बेलामा अनिर्वाय गर्नुपर्ने कुरा अहिले आएर बिबाद गर्दैछ । बिना गुणस्तर चिन्न अहिलेसम्म किन बेच्न दिएको’ उनले सकारी कार्यशैली प्रतिनै प्रश्न गरिन् ।

जय भगवती ग्यास सप्लायर्सका व्यापारी रमाकान्त पौडेल आफुले बेच्ने साइ बाबा ग्यासमा ‘एनएस’ चिन्ह भएको तर सुगम ग्यासमा नभएको बताए ।

उनी भन्छन् ‘जाडोमा ग्यासको खपत धेरै हुन्छ, सबैमा ‘एनएस’ चिन्ह लगाउनु पर्यो, नत्र बेच्न नदिने भनेर मात्र कहाँ हुन्छ । यो सब जनतालाई दुःख दिन मात्र गरेको हो । अरु ग्यास बन्द भयो भने उपभोक्तालाई बाँकी ग्यासले मात्र कहाँ पुग्छ ।’

कुरा थप्दै उनले भने ‘एनएस चिन्ह भएको मात्र ग्यास दिए त ढुक्क हुन्छ नी । बरु एनएस चिन्हसँगै पुरानो ग्यास सिलिन्डरको ठाउँमा नयाँ ग्यास सिलिन्डर पनि दिए झनै राम्रो ।’

त्यस्तै हेम ग्यास स्टोरका हेम अधिकारी भन्छन् ‘एनएस चिन्ह भनेको नै के हो थाहा छैन, ग्यास डिलरले जस्तो ग्यास पठाउछ हामीले त्यस्तै ग्यास बेच्ने हो । चिन्ह भएको आएछ भने त्यो पनि बेचौँला ।’

उता श्री सुन्दरी स्टोरका व्यापारी सुन्दर लाल श्रेष्ठ भने सरकारले ग्यास बेच्न दिएसम्म बेच्ने नदिए नबेच्ने सोचमा छन् ।

अनामनगर ग्यास स्टोरकी व्यापारी रबिता पौडेल भने आफ्नो पसलमा नेपाल ग्यास मात्र भएको र त्यसमा ‘एनएस’ चिन्ह लागेको हुनाले ढुक्क छिन् ।

यसै क्रममा ग्यास उत्पादन संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार ‘एनएस’ खर्च कसले बेहोर्ने भन्ने कुरा विवादित रहे पनि सबै ग्यासले ‘एनएस’ दर्ता गराउने भएका छन् ।

‘एनएस दर्ता गराउने कुरा सजिलो कुरा छैन, तोकिएको सबै क्राइटेरिया पुग्नु पर्छ । ति पुरा गर्न कत्ति उद्योगको मेसिनसमेत परिवर्तन गर्नु पर्ने देखिएको छ । तर, पनि हामीले प्रक्रिया अघि बढाएका छौं ।’ भण्डारीले क्लिकमाण्डुसँग भने ।

कहिलेसम्म सबै ग्यासमा ‘एनएस’ दर्ता हुन्छ भन्ने कुरा ठ्याक्कै भन्न सकिदैन । तर, ढिलो चाडो हुन्छ । एनएस दर्ताको खर्च कसले बेहोर्ने भन्ने विषयमा नयाँ सरकार आएपछि फेरी कुरा राखिने छ । अहिले हामी आफ्नै खर्चमा एनएस दर्ता गराउन लागि रहेका छौँ ’ भण्डारीको भनाई छ ।

यस्तै ग्यास उत्पादन संघका निवर्तमान अध्यक्ष शिव घिमिरे भन्छन् ‘एनएसमा लाग्ने लागत’ कसले बेहोर्ने भन्ने विषयमा विगत नै सरकारी निकायलाई हामीले निवेदन पठाएका थियौ । अहिलेसम्म जवाफ आएको छैन । हामी त्यही जवाफको प्रतिक्षामा छौँ ।’

हालसम्म नेपालमा ५३ वटा ग्यासहरु रहेका छन् ति मध्ये अहिले ४ वटा नेपाल, मनोज, श्री कृष्ण र साइबाबा ग्यासले मात्र एनएस दर्ता गराएका छन् ।


क्लिकमान्डु