गर्भनर नेपालले बै‌ंकर्सहरुलार्इ भने-तरलता व्यवस्थापन गर्न कडा कदम चाल्नुपर्ने हो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरन्जिवी नेपालले तरलतालाई व्यवस्थापन गर्न केन्द्रिय बैंकले ससक्त कदम चाल्ने चेतावनी दिएका छन् ।

गर्भनर नेपालले ग्लोबल आइएमइ बैंकको केन्द्रिय कर्पोरेट कार्यालयको उद्घाटन कार्यक्रममा संकलन गरिएको निक्षेप भन्दा कर्जा बढि प्रभाव गरेको भन्दै बैंकहरुलाई यस्तो चेतावनी दिएका हुन्।

‘बजारमा तरलता म्यानेज गर्न कडा कदम चाल्नुपर्ने हो ? किन निक्षेप संकलन भन्दा बढी कर्जा लगानी गर्नुभयो ?,’ उनले भने ।

अहिले देखिएको निक्षेप तानातानको अवस्थालाई समाधान गरिनुपर्ने भन्दै गर्भनर नेपालले त्यसको लागि बैंक संचालकहरु जिम्मेबार हुनुपर्ने बताए ।

हाल बैंकहरुबीच निक्षेप अाकर्षित गर्ने प्रतिस्पर्धाका कारण अहिले मुद्दति निक्षेपमा बैंकहरुले साढे १३ प्रतिशतसम्म व्याज दिन थालेका छन् ।

यसरी ब्याज बढेपछि बैंकहरुको लागत पनि ह्वात्तै बढेको छ ।

बैंकहरुले यसरी रातारात ब्याजदर बढाउन थालेपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा १२ प्रतिशतभन्दा बढी व्याज नदिने ‘भद्र सहमति’ गरेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले पनि बैंकिङ सिस्टममा ३०/३२ अर्ब रुपैयाँ अधिक तरलता छ । तर, त्यसको ९० प्रतिशतभन्दा बढी सरकारी बैंकको भएकोले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई तरलताको अभाब छ ।

यसअघि २०६६ सालमा पनि चरम तरलता अभाव भएको थियो । र, बैंकहरुले निक्षेपमा १२ प्रतिशतभन्दा बढी व्याज नदिने भद्र सहमति गरेका थिए ।

खुला बजार अर्थतन्त्रमा यसरी बैंकहरुले सहमति गरेर यति वा उति प्रतिशतभन्दा बढी नदिने भन्ने भद्र सहमति कार्टेलिङ वा सिन्डिकेट भएको आरोप लाग्दै आएको छ ।


क्लिकमान्डु