बिदेशी लगानीको बाधक स्वदेशी लगानीकर्ता



काठमाडौं ।  अफ्रिकाको व्यवसायिक समुह डांगोटेले नेपालमा सिमेन्ट उद्योगमा ५५ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गर्यो ।

सो अनुसार लगानी बोर्डले पनि डांगोटेलाई लगानी गर्नको लागि अनुमतिपनि दियो । द्वन्द्वग्रस्त देश अफ्रिकाबाट उदाएको डांगोटे सिमेन्ट उद्योगमा अग्रणी नै मानिन्छ ।

डांगोटे नेपालमा पूर्ण विदेशी लगानीमा उद्योग खोल्ने लक्ष्य सहित आएको थियो ।

दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने र लगानी पनि ठूलो रकम गर्ने भनेपछि नेपाली सिमेन्ट उत्पादकहरु झस्केका थिए ।

डांगोटेले बिराट सिमेन्टको नाममा रहेको मकवानपुरको भिमफेदीमा रहेको खानी किनेको थियो । आफ्नो ल्याबमा लगेर परिक्षण गर्दा डांगोटेले गुणस्तरीय नदेखिएपनि डांगोटेले नयाँ खानी लिने निर्णय गर्यो ।

खानी विभागले गरेको बोलपत्रमा खानी संचालन गर्ने अनुमति डांगोटेले पाएन । पछिल्लो समय खानी विभागले धादिङ पानीखर्कको खानी चिनियाँ कम्पनी हवासिनले पायो भने पाल्पाको खानी दुगड ग्रुपले संचालन गर्ने कम्पनी युनाइटेडले पायो ।

नेपाली सिमेन्ट उद्योग शिवमले सिमेन्टमा चिनियाँ लगानी भित्रायो । हंसी ग्रुप नेपाली साझेदारसँग आएको हुँदा उसले खानीपनि सजिलोसँग पायो र उद्योग निर्माणको कामपनि अगाडि बढेको छ ।

नेपालमा डांगोटेले सिमेन्टमा उद्योग खोल्न नपाउनुको प्रमुख कारण नै नेपाली सिमेन्ट उद्योगका लगानीकर्ता हुन् ।

नेपाल चर्चित सिमेन्ट उद्योगका लगानीकर्ताले डांगोटेसँग साझेदारीमा सिमेन्ट उद्योग खोल्ने प्रस्ताव पठाएका थिए । डांगोटेले पूर्ण रुपमा आफ्नो लगानीमा मात्र आफ्नो उद्योग खोल्नेमा रहेको हुँदा उसलाई नेपालमा सहयोग गर्ने कोहीपनि भएनन् ।

नेपाली लगानीकर्ताको स्वार्थको कारण देशमा भित्रने लागेको ५५ अर्ब रुपैयाँ बिदेशी लगानी नआएको डांगोटेसँग काम गरेका एक नेपाली सहजकर्ताले बताए ।

डांगोटे नेपालमा ठूलो लगानी गर्न आएको हुँदा नेपालमा भूकम्प जादा दिल खोलेर सहयोग गरेको थियो । उसले १० करोड रुपैयाँ सहयोग दिएको थियो ।

‘नेपालीकर्तासँग सयुक्त लगानीमा काम गरेको भए उसलाई काम गर्न सहज हुने थियो’,उनले आफ्नो अनुभव सुनाउदै भने,‘आफुले मात्र पूर्ण लगानी ल्याउने भनेपनि स्वदेशी सिमेन्टका लगानीकर्ताले यसलाई असफल बनाउने तर्फ काम नै सफल पनि भए।’

सिमेन्ट क्षेत्र पछिल्लो समय नेपाली लगानीकर्ताले गरेको ठूलो लगानीको क्षेत्र हो । यसमा नेपालमा रहेका सबै व्यवसायिक घरानाले ठूलो रकम लगानी गरेका छन् ।
नेपालका संचालनमा रहेका उद्योगमा ठूलो सफलता पाएको उद्योग सिमेन्ट क्षेत्र हो ।

‘नेपाली उद्योगीले लगानी गरिरहेको र सफल भएको क्षेत्रमा ठूलो विदेशी लगानी आवश्यक हुँदैन’एक सिमेन्ट उद्योगीले भने,‘स्वदेशी लगानीकर्ताको संरक्षण गर्नु राज्यको कर्तव्यपनि हो।’

डांगोटे नेपालमा ठूलो लगानी गर्न आएको हुँदा नेपालमा भूकम्प जादा दिल खोलेर सहयोग गरेको थियो । उसले १० करोड रुपैयाँ सहयोग दिएको थियो ।

नेपालमा केही क्षेत्र बाहेक विदेशी लगानी स्वदेशी साझेदारसहित लगानी गर्न आएमा सफल भएको उदाहरण छ । विदेशी लगानी नीतिमा कतिपय क्षेत्रमा पूर्ण विदेशी लगानी र कतिपयमा निश्चित प्रतिशत मात्र लगानी गर्न दिने नीति लिएको छ ।

नेपालको उद्योगमा सर्वाधिक सफल मानिएको युनिलिभिरमा २० प्रतिशत लगानी स्वदेशी लगानीकर्ताको छ ।

सयुक्त लगानीमा आउँदा उद्योगले भोग्नुपर्ने कानुनी तथा प्रशासनको झन्झटलाई स्वदेशीले सहज बनाउने काम गर्छन् ।


क्लिकमान्डु