स्मार्ट फोनबाट तपाईको मोबाइलको डाटा यसरी चोरी हुने गर्छ



काठमाडौं । स्मार्ट फोन सेन्सरको डाटामार्फत ह्याकर्सले पिन र पासवर्ड रिकभर गरेर मोबाइललाई अनलक गर्ने गर्छन् । यो जानकारी सिंगापुरको नान्याङ टेक्नोलोजीकल यूनिभर्सिटी (एनटियू) का रिर्सचरले दिएका हुन् ।

रिर्सच रिर्पोटका अनुसार ‘स्मार्ट फोनमा प्रयोग हुने इन्स्र्टुमेन्टहरु जस्तै गयरोस्कोप र प्रोक्सिमिटी सेन्सर फोनको सिक्यूरिटीको लागि जोखिमयुक्त रहेको छ ।’

रिसर्चले मेशिन लर्निङ एलोग्रिदम र स्मार्टफोनमा प्रयोग गरिने ६ प्रकारका सेन्सरबाट इन्र्फमेसन जम्मा गरी एन्ड्रोएड स्मार्ट फोन अनलक गर्ने प्रयास गरे । रिसर्चमा सहभागी ९९.५ प्रतिशतले अनलक गर्न सकेका थिए ।

एनटीयूका एक सिनियर रिसर्च साइन्टिस्टले भने ‘रिसर्चले स्मार्ट फोनमा सेन्सरको प्रयोगले सबैभन्दा धेरै प्रयोग गरेको नम्बर थाहा हुने गर्छ ।’

रिसर्चसका अनुसार स्मार्ट फोनमा सुरक्षाको नाममा कयौ कमजोरीहरु रहेका छन् । फोनमा सेन्सरको प्रयोग गर्नको लागि प्रयोगकर्ता सिमित छैन । यो रिर्सचमा रिसचर्सहरुले एक्सीलेरोमीटर, गयरोस्कोप, मैग्रेटोमीटर, पाक्सिमिटी सेन्सर, बैरोमीटर र एन्बिएन्ट सेन्सर एपको प्रयोग गरेका थिए ।

जसको माध्यमबाट उनीहरुले प्रयोगकर्ताले आफ्नो फोन हातमा राखेर पिन नम्बर थिच्ने गरेको पत्तालगाएका छन् । १, ५, ९ नम्बर प्रेसगर्दा फोनको मूभमेन्ट फरक हुने गर्छ ।

जस्तै ९ नम्बर थिच्नाले ब्लक हुने लाइटको तुलना सिधै हातको बुडिऔंला मार्फत फोनमा १ नम्बर थिच्नाले धेरै लाइट ब्लक हुने गर्छ ।

कसरी सुरक्षित राख्ने
रिसर्च मोबाइल डिभाइज सुरक्षित राख्नको लागि प्रयोगकर्ताले सधै आफ्नो पिन नम्बर ४ अंकभन्दा धेरै राख्न सल्लाह दिएका छन् । सकभर वान टाइम पासवार्ड इनेबल गर्ने गर्नुहोस् । फिंगर प्रिन्ट र फेशियल रिकग्लिशन जस्ता विकल्पहरु अपनाउनुहोस् ।


क्लिकमान्डु