६ हजार किसानले लिए सहुलियत व्याजदरमा ऋण, अनुदान पाउन के के गर्नुपर्छ ?



काठमाडौं । सरकारले व्यावसायिक कृषि गर्ने किसानलाई सहुलित ब्याजदरमा ऋण उपलब्ध गराउने ब्यवस्था गरेपछि कृषि पेशामा आकर्षण बढेको छ ।

बजारमा चलेको भन्दा आधा सस्तो ब्याजदरमै बैंकबाट ऋण लिएर कृषि उद्यम गर्न पाइने भएपछि यसप्रति युवा किसानहरुको आकर्षण बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ५ हजार ९ सय ७४ जनाले ६ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ सहुलियत दरको ऋण लिइसकेका छन् । त्यसका लागि राष्ट्र बैंकले ३१ करोड रुपैयाँ ब्याज अनुदान पनि दिइसकेको छ ।

कुनै पनि युवा किसानले सरकारले तोकेको कृषि पेशा गर्न चाहेमा उसले बैंकबाट ५ प्रतिशत ब्याजदरमै ऋण पाउने व्यवस्था सरकारले मिलाएको छ ।

कृषि उत्पादन बढाउन, कृषिलाई आधुनिकिकरण तथा व्यावसायिकरण गर्न र युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को बजेटमा सस्तो ब्याजदरमै ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसका लागि व्याज अनुदानका दिन १ अर्ब रुपैयाँ बजेट छुट्याएका थिए ।

०७१ मा सरकारले बैंकको व्याजदरलाई १० प्रतिशत आधार बनाएर त्यसको ४ प्रतिशत सरकारले अनुदान दिने नीति लिएको थियो । जसअनुसार तोकिएको व्यावसायिक कृषि गर्ने किसानले ६ प्रतिश व्याजदरमै ऋण पाउँथे । ०७३ असोजदेखि व्याजदर १ प्रतिशतले घटाएर ५ प्रतिशत कायम गरिएको हो ।

०७१ चैतमा आफू गर्भनर भएर राष्ट्र बैंक आउँदा जम्मा ३ जनाले मात्रै यस्तो कर्जा लिएको तर अहिले यो संख्या ६ हजार पुगेकोमा आफू अत्यन्तै खुसी रहेको बताउँछन् राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल ।

‘किसानलाई अनुदानको ऋण उपलब्ध गराउन आफू सक्रिय भएर लागेकाले अहिले ६ हजार किसानले अनुदानको ऋण लिएका छन्,’ गभर्नर नेपालले क्लिकमाण्डूसँग भने, ‘‘यो आम किसान र देशको हित गर्ने अत्यन्तै राम्रो सरकारी नीति भएकाले म यसको कार्यान्वयनमा धेरै सक्रिय भएर लागेँ । अहिले ठूलो उपलब्धि त भएको छ ।’

गभर्नर नेपालले प्राय हरेक कार्यक्रममा सरकारले व्यावसायिक कृषि गर्नेलाई व्याज अनुदान दिइरहेको बताउँदै सर्वसाधारणहरुलाई यस्तो ऋणको लिन अपिल गर्दै आएका छन् ।

अनुदानका लागि योग्य कृषि व्यवसायहरू

१, तरकारी उत्सपादन,प्रशोधन तथा भन्डारण ।
२, विउ विजन उत्सपादन, प्रशोधन तथा भन्डारण ।
३, पुष्प व्यवसाय ।
४, पशुपंक्षीपालन ।
५, फलफूल उत्सपादन, उत्सपाडदत फलफुलको प्रशोधन तथा भन्डारण ।
६, दुग्ध उत्पादन, प्रशोधन र बिक्री वितरण तथा प्रशोधन र षविी षवतरण ।
७, मत्सस्यपालन उत्सपाडदत माछाको भन्डारण विक्री वितरण ।
८, च्याउ उत्सपादन प्रशोधन तथा भन्डारण ।
९, पशु बधशाला एवं मासुजन्य उत्पादन व्यवसाय ।
१०, जडिवुटी उत्सपादन प्रशोधन र भन्डारण ।
११, उखु खेती, अलैंची खेती, अदुवा खेती, त्यसको भन्डारण तथा प्रसोधन ।
१२, नेपाल सरकारले समय समयमा थप गरेका अन्त्य कृषि व्यवसायहरू ।

अनुदान पाउन के के गर्नुपर्छ ?

व्याज अनुदानस्वरुप प्रदान गरिने रकम उपलब्ध गराउने प्रयोजनका लागि सरकारले राष्ट्र बैंकमा ‘कृषि कर्जा व्याज अनुदान शोधभर्ना’ खाता खोलेको छ । सो खातामा अर्थ मन्त्रालयले आवश्यक रकम जम्मा गरिसकेको छ ।

उक्त रकमबाट राष्ट्र बैंकले व्याज अनुदान वितरण गरेको हो । सो रकमले नपुगेमा आवश्यक रकम थप गर्ने कार्यविधिमा उल्लेख छ । बैंकहरुले व्याज अनुदानका लागि राष्ट्र बैंकसमक्ष निवेदन लेख्नु पर्नेछ ।

कार्यर्विधि बमोजिम कर्जा प्रवाह गरी सरकारबाट पाउनुपर्ने व्याज अनुदान बापतको रकमलाई पुँजी कोष अनुपात गणना गर्ने प्रयोजनका लागि सरकारमाथिको दावीसरह शुन्य प्रतिशत जोखिम भार प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल