ओली नेतृत्वको सरकारसँग अब मोदीले कसरी डिल गर्लान् ?



२७५ सदस्यीय नेपालको प्रतिनिधिसभा मध्ये १६५ स्थानका लागि प्रत्यक्षतर्फ भएको निर्वाचनमा वामपन्थी गठबन्धनले दुईतिहाई स्थानमा जित निकालेको छ । कुल ११० सिट भए दुईतिहाई पुग्नेमा वाम गठबन्धनले हालसम्म ११६ स्थानमा जित निकालेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका दल आवद्ध गठबन्धनले दुईतिहाई स्थमान विजय हासिल गरेपछि भारतमा त्यसको सकारात्मक र नकारात्क खालका प्रतिक्रिया र टिप्पणी भइरहेको छ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना बाँकी छ, जसका कारण नेपाली काँग्रेसको केही बढी स्थान देखिन सक्नेछ । प्रत्यक्षतर्फ एमालेले ७९ स्थानमा जित निकालेको छ भने माओवादीले ३६ स्थानमा जित निकालेको छ । भारतको पुरानो दोस्तको रुपमा रहेको काँग्रेसले सर्मनाक हार व्योहोरेको छ । उसको हालसम्म २२ स्थानमा जित र एक स्थानमा अग्रता कायम रहेको छ ।

भारतीय समर्थक देखिएको काँग्रेसले १५३ स्थानमा आफ्ना उम्मेदवार उठाएको थियो । उसले कम्तीमा पनि ५० स्थानमा जित निकाल्ने प्रक्षेपण गरेको थियो । तर सार्वजनिक खपतका लागि भने ८० स्थानमा जित्ने प्रक्षेपण पनि गरेको थियो । सरकारको नेतृत्वमा समेत काँग्रेस नै थियो । तर निर्वाचनमा सर्मनाक हार व्योहोरेको छ । काँग्रेसका घघडान र स्थापित नेता समेत पराजित भएका छन् ।

काँग्रेसको यस्तो खराब अवस्था यसभन्दा पहिले भएको थिएन । राजतन्त्र तथा हिन्दुवादी पार्टीको रुपमा परिचित राप्रपालगायतका दलसँगको गठबन्धनले समेत सर्मनाक हार व्योहोर्नु परेको छ । राप्रपाले एक स्थानमा चित्त बुझाएको छ, त्यो पनि वाम गठबन्धनको साथमा । तर राजतन्त्रका प्रबल समर्थक देखिएको राप्रपाका अध्यक्ष कमल थापाले पनि हार्नु परेको छ । जनताले उनको दललाई नराम्ररी अस्वीकार गरिदिएका छन् ।

बिबिसि हिन्दीले नेपाल मामलाका जानकार भन्दै वाम विश्लेषक आनन्दस्वरुप बर्माको लेखमा अगाडि भनेको छ । नेपाल भयो रातो, वाम गठबन्धनको जीतका पछाडिका कारण भन्दै एक आलेख प्रकाशित गरेको छ । कुल सात प्रदेशमध्ये वामगठबन्धनले ६ प्रदेशमा दुईतिहाई बढी स्थानमा जित निकालेको छ । २ नम्बर प्रदेशसमा भने वामगठबन्धन अलिक कमजोर देखिउको छ । तर सो प्रदेशमा पनि वामगठबन्धनको सरकार बन्ने अवस्था भने बाँकी नै रहेको छ ।

निर्वाचन परिणामले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने अवस्थालाई सहजै रुपमा सतहमा देखाइदिएको छ । नेपालका लागि यो एक प्रकारको शुभसंकेत हो । सन् २००८ मा गणतन्त्र स्थापना भएपछि वामपन्थीका लागि फेरि एउटा शुभ अवसर प्राप्त भएको छ । यसले नेपालमा राजनीतिक स्थिरता पैदा गर्न सहयोग मिल्नेछ । यसअघि नेपालमा राजनीतिक स्थिरता हुन सकेको थिएन । जसकारण लामो समयसम्म राजनीतिक सक्रमणकाल कायम हुन पुगेको थियो ।

नेपालमा वामपन्थीको जीत यस्तो समयमा हुन पुगेको छ । दुनियाका विभिन्न तागतले दक्षिणपन्थी शक्तिलाई नै बढावा दिएको थियो । भारतले पनि सोही शक्तिलाई नै साथ दिएको थियो । नेपालको सत्तामा आफ्नो वफादार शक्तिलाई बलियो बनाएर नेपालमा पुनः एक खालको राजतन्त्र स्थापना गर्ने मनसायमा भारत थियो जुन उद्यपि पनि कायम छ । पछिल्लो मतपरिणामले भने त्यो भारतीय सम्भावनालाई नजरअन्दाज गरिदिएको छ । वाम गठबन्धनको जीत पनि भारतमा पनि नयाँ प्रकारको बहस तथा अदलबदललाई अगाडि सारिदिएको छ ।

अब भारतले नेपाल नीति परिवर्तन गर्ला वा नर्गला यतिखेर भारतको संस्थापनमा ठूलै बहस सिर्जना गरिदिएको छ । के नेपाल नीतिमा परिवर्तन गर्न नरेन्द्र मोदी तयार होलान वा नहोलान् त्यसको पनि खोज पड्ताल गर्नुपर्ने अवस्थामा भारत आइपुगेको छ । तर मोदी त्यसका लागि तयार छन् वा छैनन् त्यसको कुनै अड्ल पाउन सकिएको छैन । संविधान जारी गर्ने समयमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । जसकारण नेपालमा भारत विरोधी भावनाको विकासमात्रै भएन फैलने अवस्था समेत आयो ।

भारत नेपालमा दुई वटा ठूला कम्युनिस्ट पार्टीबीच मिलन नहोस् भन्ने चाहन्थ्यो । उसले त्यसका लागि भरपूर प्रयास समेत गरेको थियो । तर गत गएको अक्टोबरमा दुई कम्युनिस्ट पार्टीबीच पार्टी एकता र वाम मोर्चा बनाउने निर्णय नै भारतका लागि अप्रत्यासित बन्न गयो ।

उसले अब नेपालसँगको स्म्बन्ध सुधारमा लाग्नुपर्ने देखिन्छ । तर भारत त्यसका लागि तयार देखिएको छैन । भारतीय संस्थापन पक्ष निकटका मिडियाले नेपालमा चीन नजिकका शक्ति विजय भएको भन्दै प्रचार सुरु गरेका छन् । त्यसले नेपालमा अझै भारत विरोधी भावनाको विकास गराएर लैजानेछ । बिबिसि हिन्दीको सहयोगमा


पुष्प दुलाल