तपाइले किन भोट हाल्नुभयो ? केही मतदाताले त यसो भने




काठमाडौं । मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाब हुँदै थियो । त्यसअघि नै पहिलो चरणमा मंसिर १० गते चुनाब भइसकेको थियो । अर्थात मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिदै थियो ।

सोही दिन हामीले काठमाडौंका केही मतदानस्थलमा पुगेर मतदातालाई ‘किन भोट हाल्नुभयो ?’ भनेर प्रश्न गरेका थियौं । यो प्रश्न हामीले राजनीतिक दलका कार्यकर्तालाई सोधेका थिएनौं । किनकि काठमाडौंका राजनीतिक कार्यकर्तामध्ये कसैलाई आफ्नो ‘दाइलाई चुनाब जिताउनु’ थियो भने कसैलाई ‘आफ्ना कमरेडहरुलाई ।’

४५ जिल्लामा भएको दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको थियो ।

निर्वाचन सकिएसँगै जनता तथा मतदाताको विचार कस्तो छ भनी हामीले बुझने प्रयास गरेका थियौं ।

मतदाताहरुसँगको कुराकानीबाट केही मतदाताले विकास हुन्छ कि भन्ने आशा गरेको पाइयो भने कसैले नागरिक कर्तब्य पूरा गरेको जवाफ हामीलाई दिए ।

नागरिक कर्तब्य पूरा गरेको जवाफ दिने मतदातालाई सबै यस्तै हुन भन्ने लागेको हुन सक्छ । तर, विकासको आशले भोट दिने मतदाताले अबको सरकारबाट तिब्र विकासको अपेक्षा गर्नेछन् ।

यो प्रश्न हामीले राजनीतिक दलका कार्यकर्तालाई सोधेका थिएनौं । किनकि काठमाडौंका राजनीतिक कार्यकर्तामध्ये कसैलाई आफ्नो ‘दाइलाई चुनाब जिताउनु’ थियो भने कसैलाई ‘आफ्ना कमरेडहरुलाई ।’

चुनावका क्रममा केही जनता यो चुनावबाट आउने सरकारप्रति निकै आशावादी देखिएका छन् । यो चुनाव पछि नेपालमा केही विकास होला भन्ने अपेक्षामा उनीहरु छन् । कसैले आफ्नो घरको धारामा पानी आउने सपमा देखेका छन् भने कसैले ढल बन्ने । कसैले आफ्ना छोराछोरीले रोजगार पाउने आशा बोकेका पनि पाइयो ।

चुनावकै क्रममा केही मानिसहरुमा यो चुनावले केही विकास नगर्ने भए पनि आफ्नो कर्तव्य पूरा गर्नको लागि मात्र आएको पनि बताए । कतिपय मतदाताहरु धेरै पटक चुनाव भएको तर, अहिलेसम्म केही परिवर्तन आउन नसकेकाले आफ्नो कर्तव्य मात्र पूरा गर्नको लागि मतदानमा सामेल भएका रहेछन् । यसरी चुनाबमा भाग लिनेको भिड पनि कम थिएन यो चुनावमा ।

मैजुवाल निवासी गिता थापा सुब्बा यो निर्वाचन पछि भने आफ्नो टोलमा ढल र पानी व्यवस्थापन हुने आसमा छिन् । उनी भन्छिन् ‘यो चुनावपछि यहाँ औद्योगिक विकास भए विदेश जानु पर्ने थिएन, चुनावपछि त मेलम्चीको पानी पनि छिट्टै आउछ कि ।’

‘नेपालमा जति चुनाव आएपनि उस्तै हो, कहिले विकास हुन्न, रेल ल्याउछु भनेको न रेल आयो न मेलम्मेचीकाे पानी, कुरा मात्रै हो ।’

यस्तै सिफल निवासी गोविन्द अधिकारीको भने भनाइ फरक रहेको छ । उनी भन्छन् ‘यो चुनावबाट केही अपेक्षा छैन, कर्तव्य पुरा गर्नको लागि मात्र भोट खसाल्न आएको हुँ । पहिला पनि चुनाव आउँदा यस्तै भन्थे, केही भएको हैन । नेताहरुबाट केही आश छैन ।’

सिफल वडा नं ७ का सन्तोस कुमार पान्डे भने बाम गठबन्धनले जिते देशमा परिवर्तन आउने बताउछन् । उनी भन्छन् ‘अब सरकारले जे गर्छ त्यही हुन्छ, पहिला थोरै समयलाई सरकार बन्ने गथ्यो, अब ५ वर्षलाई सरकार बन्दा केही विकास गर्छन् कि भन्ने आश छ ।’

‘सबै पुरानै नेताहरु छन्, विकास होला भन्ने त खासै आश छैन, त्यही पनि यो चुनाव पछि बेरोजगारी हट्ला कि भन्ने थोरै आशा छ ।’

सिफलकै विन्दा पाठक भने सरकारमा जो आएपनि आफुलाई कुनै फरक नपर्ने बताउछिन् । उनले भनिन् ‘नेपालमा जति चुनाव आएपनि उस्तै हो, कहिले विकास हुन्न, रेल ल्याउछु भनेको न रेल आयो न मेलम्मेचीकाे पानी, कुरा मात्रै हो ।’

यस्तै चुनावका लागि मतदान गर्न आएका नारायण कार्की यो चुनाव पछि आफ्ना छोरा छोरीले नेपालमै रोजगार पाउलान कि भन्ने आशमा छन् । उनी भन्छन् ‘सबै पुरानै नेताहरु छन्, विकास होला भन्ने त खासै आश छैन, त्यही पनि यो चुनाव पछि बेरोजगारी हट्ला कि भन्ने थोरै आशा छ ।’


क्लिकमान्डु